शेयर बजारमा कुन जीवन बीमा कम्पनीको कति छ लगानी ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा जीवन बीमा कम्पनीहरुले शेयर बजारमा २५ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका छन् । हाल संचालनमा रहेका १४ मध्ये १३ वटा जीवन बीमा कम्पनीहरुले २४ अर्ब ८६ करोड रुपैयाँ रकम शेयर बजारमा लगानी गरेका हुन् ।
यस अवधिसम्मा हिमालयन लाइफले शेयर बजारमा लगानी गरेको छ। चालु आवको पुस मसान्तसम्म हिमालयन लाइफले शेयर बजारमा ७ अर्ब ३३ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ ।
हिमालयनपछि दोस्रो धेरै रकम शेयर बजारमा लगानी गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म शेयर बजारमा ३ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ । असोज मसान्तसम्म नेपाल लाइफले शेयर बजारमा ३ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ लगानी गरेको थियो।
त्यसैगरी चालु आवको दोस्रो त्रैमाससम्म सूर्यज्योति लाइफले २ अर्ब ३१ करोड, एलआईसीले २ अर्ब २५ करोड, राष्ट्रिय बीमा संस्थानले २ अर्ब २१ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन्। आईएमई लाइफले १ अर्ब ४२ करोड, रिलायवल नेपाल लाइफले १ अर्ब ३४ करोड, सन नेपाल लाइफले १ अर्ब ८ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन्।
सिटिजन लाइफ, नेसनल लाइफ, एसियन लाइफ र सानिमा रिलायन्स लाइफको शेयर बजारमा लगानी १ अर्बभन्दा मुनि नै रहेको तथ्यांक छ। सिटिजन लाइफले ८६ करोड १३ लाख, नेसनल लाइफले ७७ करोड ९२ लाख, एसियन लाइफले ६९ करोड २४ लाख र सानिमा रिलायन्स लाइफले ६७ करोड २४ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेका छन्। रकमका हिसाबले सबैभन्दा कम शेयर बजारमा लगानी सानिमा रिलायन्स इन्स्योरन्सको ६७ करोड ३ लाख रुपैयाँ रहेको छ।