नेपाल लाइफको नाफासँगै बढ्यो ईपीएस, जीवन बीमाकोष २ खर्ब १७ अर्बमाथि

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आवमा ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ४६ करोड ८१ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको कुल आम्दानी सहित खुद बीमाशुल्क आर्जन बढेकाले नाफा बढ्न टेवा पुगेको हो।
कम्पनीको कुल आम्दानी गत आवमा २९ अर्ब २० करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै खुद बीमाशुल्क आर्जन गत आवमा १९ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर २२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको जीवन बीमाकोष गत आवमा १ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा १० रुपैयाँ ४२ पैसा रहेकोमा चालू आवमा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको छ।
कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ। कम्पनीले रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड रुपैयाँ र महाविपत्ति कोषमा १ अर्ब ३० करोड रुपैयाँ सञ्चित गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा छ।
भुत्रोको नाफा ? प्रती शेर १२२५/ मा १०/१५ बर्ष अघि किनेको अहिले ७३०/७४५/ भन्दा माथी गएको होइन ,के को फुर्ती हाकेर प्रचार गर्छ ?