प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरणमा प्रगतिः नाफा बढ्यो, जीवन बीमाकोष १२ अर्ब नजिक

२७ माघ २०८१, आईतवार ०७:३७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले गत आवमा १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर १८ करोड २५ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको कुल आम्दानीसँगै खुद बीमाशुल्क आर्जन वृद्धि भएकाले नाफा समेत बढेको हो।

कम्पनीको कुल आम्दानी गत आवमा २ अर्ब ६० करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमाशूल्क आर्जन गत आवमा १ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

 

त्यसैगरी कम्पनीको जीवन बीमाकोष गत आवको पुस मसान्तसम्म ८ अर्ब १८ करोड रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा बढेर ११ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। कम्पनीको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६८ करोड ९८ लाख रुपैयाँ र महाविपत्ति कोषमा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ६४ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*