वैवाहिक वर्षगाँठको अवसरमा श्रीमानलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

२७ माघ २०८१, आईतवार १०:१५

काठमाडौँ । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढेको हो। होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसैक्रममा धनगढी उपमहानगरपालिका –०३ बस्ने एक दम्पतिले वैवाहिक वर्षघाटको अवसरमा आफ्ना श्रीमानलाई अवसर पारेर बीमा पोलिसी उपहार दिए कि छिन् । श्रीमती नन्द बिष्टले आफ्ना श्रीमान दीपक कुमार रोकाया रोजगारीको सिलसिलामा भारतलगायतका नेपालको विभिन्न ठाउँमा यात्रा गर्ने पारिवारिक सुरक्षाको लागि र श्रीमानको जिम्मेवारीका लागि उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय अत्तरियाबाट  १० लाख रुपैयाँ बीमाङ्क रिलायबल शुलभ जिवन बिमा उपहार दिए कि हुन् ।

दम्पतिले आफ्ना श्रीमान को जिम्मेवारी, जोखिम हेरि पारिवारिक भविष्यका लागि लागि भन्दै उनले बीमा पोलिसि उपहार स्वरुप दिएकी हुन्। शाखा प्रमुख मोहन बहादुर बोहराले प्रशंसनीय प्रेरणादायी कार्य गरेकोमा दम्पतीलाई वैवाहिक वर्षघाटको बधाइ दिनुका साथ–साथै पोलिसी हस्तान्तरण गरेका छन् । उक्त पोलिसी अत्तरिया शाखाका कुशल एजेन्सी म्यानेजर रमेश ढाँटको सहकार्यमा हस्तान्तरण गरेका हुन् ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बीमा कम्पनी हो । नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैक , ग्लोबल आइएमई बैंक लगायत उच्च ख्याती प्राप्त ब्यक्तीहरु मुख्य प्रवद्र्धक रहेको कम्पनीको बोनसदर पनि उल्लेखनीय रहेको छ पछिल्लो समय रिलायबल हरेक क्षेत्रमा आम नेपालीको पहिलो रोजाईको पहिलो बीमा कम्पनी बनिरहेको छ विश्वसनीयता सरलता र अतिरिक्त सुविधासहितका जनप्रिय बीमा योजना एकदमै उत्कृष्ट रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*