दुबै छोरीलाई पास्नीको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौँ । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ,अन्नप्रासन तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ ।
यसैक्रममा धनगढी उपमहानगरपालीका –०५ बस्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय धनगढी का एमडीआरटी सुमना भण्डारीले सुभ–अन्नप्राशनको अवसरमा छोरी कृषिका र कनिष्का खड्कालाई बीमा पोलिसी उपहार दिएकि छिन् ।
उनले दुबै छोरीहरु प्रतीको जिम्मेवारी,सुरक्षा,उच्च शिक्षा लगायत भबिष्यमा अन्य कार्य गर्न समेत सहज हुने हेतुले बीमा पोलीसी उपहार स्वरुप दिएको बताइन् । प्रदेश प्रमुख चन्द्र बहादुर बिष्ट र शाखा प्रमुख बिक्रम सिंह बोगटीले प्रशंसनीय प्रेरणादायी कार्य गरेकोमा भण्डारी दम्पती सहित दुबै नवजात शिशुलाइ बधाइ दिनु का साथ–साथै धनगढी शाखाका कुशल बरीष्ठ एजेन्सी म्यानेजर थानेश्वर प्रसाद भट्ट र मोनिका बोहराको सहकार्यमा बीमालेख हस्तान्तरण गरेका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बीमा कम्पनी हो । नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैक , ग्लोबल आइएमई बैंक लगायत उच्च ख्याती प्राप्त ब्यक्तीहरु मुख्य प्रवर्द्धक रहेको कम्पनीको बोनसदर पनि उल्लेखनीय रहेको छ पछिल्लो समय रिलायबल हरेक क्षेत्रमा आम नेपालीको पहिलो रोजाईको पहिलो बीमा कम्पनी बनिरहेको छ विश्वसनीयता सरलता र अतिरिक्त सुविधासहितका जनप्रिय बीमा योजना एकदमै उत्कृष्ट रहेका छन्