आइएमई लाइफ इन्स्योरेन्सद्वारा २१ प्रतिशत बम्पर लाभांश दिने निर्णय

२९ माघ २०८१, मंगलवार २०:१०

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आफ्ना शेयरधनीहरुलाई गत आबमा आर्जित मुनाफाबाट २१.०५२६४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले उक्त लाभांश नगदमा दिने निर्णय गरेको छ । सो रकम कर सहितको हो । उक्त निर्णय नियामक बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

गत वर्ष कम्पनीले सबैभन्दा धेरै मुनाफा कमाउने कम्पनीको रुपमा आफ्नो नेपाली बीमा क्षेत्रमा उभ्याउन सफल भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*