प्राधिकरणको कार्यकारी निर्देशक बनेका सुवेदीलाई जीवन बीमक संघको बधाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा सिफारिस भएका सुशिलदेव सुवदीलाई जीवन बीमक संघ नेपालको तर्फबाट बधाई ज्ञापन गरिएको छ । नेपाल बीमा प्राधिकरणमा पुगेर जीवन बीमक संघमा आबद्ध बीमा कम्पनीका सिईओहरुले बधाई ज्ञापन गरेका छन् ।
संघका अध्यक्ष पोषकराज पौडेलको नेतृत्वमा प्राधिकरणमा पुगेको टोलीले सुवेदीलाई बधाई दिएको हो । बीमा प्राधिकरणमा लोकसेवामार्फत आन्तरिक बढुवा बिधिमार्फत निर्देशकहरु मध्येबाट सुवेदीलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने सम्बन्धमा गत साता पदपूर्ति समितिले निर्णय गर्दै सिफारिस गरेको थियो ।
टोलीमा सिटिजन लाइफका सिईओ पौडेल, नेपाल लाइफका सिईओ प्रविन रमण पराजुली, एलआईसी नेपालका सिइओ प्रणय कुमार, एशियन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ दिनेशलाल श्रेष्ठ, सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्री, सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीका सिईओ शिवनाथ पाण्डे, रिलायबल नेपाल लाइफका सिईओ नारायणबाबु लोहनीको उपस्थित थिए ।