हिमालयन रि इन्स्योरेन्सको मुनाफा ६१ करोड ६९ लाख, अधिकांश सूचक उल्लेख्य प्रगति

३० माघ २०८१, बुधबार ०८:४९

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासँगै अधिकांश सूचक उकालो यात्रा तिर लागेको हो ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफा ६१ करोड ६९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६० करोड २७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब २४ करोड २१ लाख रुपैयाँबाट बढेर २ अर्ब ५० करोड ६७ लाख रुपैयाँ पुगेको छ । यता, कम्पनीको खुद बीमा शुल्क आर्जन समेत उल्लेख्य बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

यसअवधिमा कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ र रिटन्र्ड अर्निङ ४५ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

चालु आवको पुष मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११.७४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६१.५७ रुपैयाँ र पिई रेसियो ६७.२८ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*