विवाहमा श्रीमतीलाई प्रभु महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार
२ फाल्गुन २०८१, शुक्रबार ११:४४

काठमाडौँ । पछिल्लो समय सहरदेखि गाउँ घर तिर समेत जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाठ, अन्नप्रासन तथा विभिन्न अवसरमा बीमा पोलिसी दिने चलन बढीरहेको छ ।
यसैक्रममा भोजपुर नगरपालिका १२ निवासी पब राजन श्रेष्ठले बिबाहको अवसरमा श्रीमती मिरा श्रेष्ठलाइ बीमा पोलिसी उपहार दिएका छन् । उनले प्रभु लाइफ इन्स्योरेन्सको समृद्ध जीबन बीमा पोलिसी उपहार दिएका हुन् ।
उक्त बीमा पोलिसी प्रभु लाइफ इन्स्योेरेन्स भोजपुर शाखा प्रमुख सुमन श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।