बीमा नियमावली राजपत्रमा प्रकाशित हुन बाँकी, कानुन मन्त्रालयमा हुँदा यस्तो थियो मस्यौदा

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकले स्वीकृत गरेको बीमा नियामावली औपचारिक रुपमा राजपत्रमा प्रकाशित भइसकेको छैन । मन्त्रिपरिषदबाट पारित भएको बीमा नियमावली अहिले अन्तिम भाषिक शुद्धता लगायतका परिक्षण भइरहेको छ ।
राजपत्रमा प्रकाशित हुनुअघिसम्म अन्तिम सम्पादन भएको बीमा नियमावली अहिलेसम्म प्रकाशित भइसकेको छैन । कानुन मन्त्रालयपछि अर्थमन्त्रालय र मन्त्रिपरिषदमै समेत अन्तिम सम्पादन भएपछि मात्रै गत माघ २९ गते स्वीकृत भएको हो । अर्थ मन्त्रालय र मन्त्रिपरिषदमा पुगेर सम्पादन भएका बिषय यस मस्यौदामा समावेश गरिएको छैन ।
उक्त नियमावली गत वर्ष कानुन मन्त्रालयमा हुँदा बाहिर आएको थियो । गत बर्ष कानुन मन्त्रालयमा हुँदा यस्तो थियो बीमा नियमावलीको मस्यौदा । नियमावलीको मस्यौता जस्ताको तस्तैः–
बीमा नियमावली, २०8१
बीमा ऐन, २०७९ को दफा १६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद-१
प्रारम्भिक
- संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “बीमा नियमावली, २०8१” रहेको छ।
(२) यो नियमावली तुरून्त प्रारम्भ हुनेछ।
- परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
- “अन्डरराइटर” भन्नाले बीमायोग्य व्यक्ति र सम्पत्तिमा निहित जोखिमको विश्लेषण गरी बीमाशुल्क तथा बीमाका शर्त निर्धारण गर्न बीमा मध्यस्थकर्ताको रुपमा नियम ७४ बमोजिम इजाजतपत्रप्राप्त व्यक्ति सम्झनु पर्छ।
- “ऐन” भन्नाले बीमा ऐन, २०७९ सम्झनु पर्छ।
- “दाबी अन्वेषक” भन्नाले बीमालेख अनुरूप बीमा दाबी भए वा नभएको वा बीमामा छलकपट वा जालसाजी भए वा नभएको छानबिन गर्नको लागि बीमा मध्यस्थकर्ताको रुपमा नियम ७३ बमोजिम नियुक्त व्यक्ति सम्झनु पर्छ।
- “बीमा एग्रिगेटर” भन्नाले बीमकले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्क समेतको तुलनात्मक विश्लेषण गरी उपयुक्त बीमालेख छनोट गर्न सहयोग गर्ने उद्देश्यले बीमा मध्यस्थकर्ताको रुपमा कार्य गर्न नियम ७५ बमोजिम इजाजतपत्रप्राप्त सङ्गठित संस्था सम्झनु पर्छ।
- “बीमालेख निर्माता (प्रोडक्ट डेभलपर)” भन्नाले बीमालेखको विकास (प्रोडक्ट डेभलप) गर्न आवश्यक अनुसन्धान तथा तथ्याङ्कको विश्लेषण गरी बीमालेख तयार गर्न नियम ७६ बमोजिम इजाजतपत्रप्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ।
परिच्छेद-२
प्राधिकरणको सञ्चालन तथा व्यवस्थापन
- अध्यक्षको अधिकारः ऐनको दफा १३ र यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त अध्यक्षलाई समितिको निर्णय कार्यान्वयन गर्ने वा गराउने अधिकार हुनेछ।
- व्यवस्थापन समूहः (१) प्राधिकरणले गर्ने काम प्रभावकारी रूपमा सञ्चालन गर्न र नीतिगत विषयमा समितिलाई सिफारिस गर्न अध्यक्षको संयोजकत्वमा कार्यकारी निर्देशक तथा विभागीय प्रमुखहरू सदस्य रहने गरी एक व्यवस्थापन समूह रहनेछ।
(२) उपनियम (१) बमोजिमको व्यवस्थापन समूहको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
- प्राधिकरणको नीति, रणनीति र कार्यक्रम तयार गरी समितिलाई सिफारिस गर्ने,
- प्राधिकरणको नीति, रणनीति र कार्यक्रमको त्रैमासिक रूपमा मूल्याङ्कन तथा समीक्षा गरी समितिलाई सिफारिस गर्ने,
- प्राधिकरणको काम कारबाहीको प्रभावकारिताको अध्ययन तथा मूल्याङ्कन गरी समितिलाई सिफारिस गर्ने,
- बीमित हित संरक्षण सम्बन्धमा प्राधिकरणबाट गर्नु पर्ने कार्य सम्बन्धमा अध्ययन गरी समितिलाई सिफारिस गर्ने,
- बीमकको वित्तीय स्वस्थता तथा सोल्भेन्सी कायम राख्ने सम्बन्धमा बीमकको सञ्चालन र काम कारबाहीको अध्ययन तथा मूल्याङ्कन गरी समितिलाई सिफारिस गर्ने,
- बीमा क्षेत्रको समग्र स्थितिको अध्ययन र मूल्याङ्कन गरी बीमाप्रतिको विश्वसनीयता कायम गर्न आवश्यक नीतिगत विषयमा समितिलाई सिफारिस गर्ने,
- प्राधिकरणबाट गरिने नियमन र सुपरिवेक्षणको प्रभावकारिताको सम्बन्धमा अध्ययन तथा मूल्याङ्कन गरी समितिलाई सिफारिस गर्ने।
(३) व्यवस्थापन समूहको बैठक महिनाको कम्तीमा एक पटक बस्नेछ।
(४) अध्यक्षले तोकेको अधिकृतले व्यवस्थापन समूहको सचिव भई कार्य गर्नेछ।
- जोखिम व्यवस्थापन समितिः (१) प्राधिकरण र समग्र बीमा क्षेत्रको जोखिमको पहिचान, मूल्याङ्कन र व्यवस्थापन सम्बन्धमा समिति समक्ष सिफारिस गर्न प्राधिकरणमा देहाय बमोजिमको जोखिम व्यवस्थापन समिति रहनेछः-
- समितिले तोकेको एक जना सञ्चालक – संयोजक
- प्राधिकरणको कार्यकारी निर्देशक – सदस्य
- प्राधिकरणको जोखिम व्यवस्थापन क्षेत्र हेर्ने विभागको
विभागीय प्रमुख – सदस्य
(2) उपनियम (१) बमोजिमको समितिको बैठक महिनाको कम्तीमा एक पटक बस्नेछ।
(३) जोखिम व्यवस्थापन समितिले बैठकमा आवश्यकता अनुसार सम्बन्धित विषयको विज्ञ आमन्त्रण गर्न सक्नेछ।
(४) जोखिम व्यवस्थापन समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि सो समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
(५) अध्यक्षले तोकेको अधिकृतले जोखिम व्यवस्थापन समितिको सचिव भई कार्य गर्नेछ।
परिच्छेद-३
प्राधिकरणको कोष, लेखा तथा लेखापरीक्षण
- प्राधिकरणको कोष सञ्चालन सम्बन्धी व्यवस्थाः (१) प्राधिकरणले ऐनको दफा २० को उपदफा (४) बमोजिमको बैङ्क वा वित्तीय संस्थामा छुट्टाछुट्टै खाता खोली आफ्नो आम्दानी तथा खर्चको कारोबार सञ्चालन गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको खाताबाट खर्च गर्दा स्वीकृत बजेटको सीमाभित्र रही अधिकारप्राप्त अधिकारीबाट अख्तियारी लिई खर्च गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम प्राधिकरणको नाममा खोलिने खाताको सञ्चालन अध्यक्ष वा निजले तोकेको प्राधिकरणको एक जना कर्मचारी र आर्थिक प्रशासन शाखाको प्रमुख वा अध्यक्षले तोकेको लेखा समूहको अधिकृतस्तरको अर्को एक जना कर्मचारीको संयुक्त दस्तखतबाट गर्नु पर्नेछ।
तर त्यसरी कर्मचारी तोक्दा आन्तरिक लेखापरीक्षणको लागि तोकिएको कर्मचारीबाट खाता सञ्चालन गर्ने गरी तोक्नु हुँदैन।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणको नाममा खोलिएको खाता सञ्चालनको लागि लेखा समूहको दरबन्दी नरहेको वा दरबन्दी रहे तापनि पद रिक्त भएको अवस्थामा अध्यक्ष वा निजले तोकेको कर्मचारी र प्राधिकरणका कर्मचारीमध्ये अध्यक्षले तोकेको अर्को एक जना अधिकृतस्तरको कर्मचारीको संयुक्त दस्तखतबाट त्यस्तो खाताको सञ्चालन गर्न सकिनेछ।
(५) नेपालभित्र वा बाहिर प्राधिकरणको शाखा वा सम्पर्क कार्यालयको लागि बैङ्क खाता खोल्ने स्वीकृति ऐनको दफा २० को अधीनमा रही अध्यक्षले दिनेछ।
- प्राधिकरणको आन्तरिक नियन्त्रण प्रणालीः (१) प्राधिकरणले ऐनको दफा २१ बमोजिम आफ्नो र मातहत कार्यालयबाट सम्पादन गरिने कार्य, प्रदान गरिने सेवा तथा स्वीकृत कार्यक्रम बमोजिमको क्रियाकलाप मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र जोखिम रहित ढङ्गबाट सम्पादन गर्न, वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बनाउन तथा प्रचलित कानून बमोजिम कार्यसम्पादन गर्न कामको प्रकृति अनुसारको आन्तरिक नियन्त्रण प्रणाली तयार गरी यो नियमावली प्रारम्भ भएको मितिले एक वर्षभित्र लागू गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको आन्तरिक नियन्त्रण प्रणाली तयार गर्दा प्राधिकरणको कामको प्रकृति अनुसार नियन्त्रणको वातावरण, सम्भावित जोखिम, नियन्त्रणको उपाय, सूचना र सञ्चार, अनुगमन गर्ने संयन्त्र र विधि लगायतका विषय समेट्नु पर्नेछ।
(३) आन्तरिक नियन्त्रण प्रणालीको अनुगमन गर्न अध्यक्षले जिम्मेवार अधिकारी तोकी अनुगमन गर्ने र सोको प्रतिवेदन दिने व्यवस्था मिलाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्राप्त प्रतिवेदन अध्यक्षले लेखापरीक्षण समितिमार्फत समितिमा पेश गर्न लगाउनु पर्नेछ।
(५) यस नियमावली बमोजिम प्राधिकरणको शाखा वा सम्पर्क कार्यालयबाट सम्पादन गरिने कार्य, प्रदान गरिने सेवा तथा स्वीकृत कार्यक्रम बमोजिमको क्रियाकलाप मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र जोखिम रहित ढङ्गबाट सम्पादन गरे वा नगरेको विषयमा प्राधिकरणले त्रैमासिक रुपमा अनुगमन गर्नु पर्नेछ।
(६) उपनियम (५) बमोजिम अनुगमन गर्दा कुनै कैफियत देखिएमा प्राधिकरणले त्यस्तो कैफियत सुधारको लागि सम्बन्धित कार्यालयको प्रमुखलाई आवश्यक निर्देशन दिनेछ।
- लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकारः (१) ऐनको दफा २३ बमोजिमको लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
- प्राधिकरणको आवधिक वित्तीय विवरण तथा अन्य कागजातको लेखापरीक्षण र त्यस्ता कागजात ठीकसँग तयार भए वा नभएको यकिन गर्ने,
- प्राधिकरणले अवलम्बन गरेको जोखिम व्यवस्थापन नीति कार्यान्वयन भए वा नभएको यकिन गर्ने,
- प्राधिकरणले अपनाएको नीति, नियमको कार्यान्वयनको प्रभावकारिता परीक्षण गर्ने,
- प्राधिकरणसँग सम्बन्धित ऐन, नियम, विनियम, निर्देशिका तथा अन्य प्रचलित कानून पालना भए वा नभएको सम्बन्धमा कार्यसम्पादन लेखापरीक्षण गर्ने, गराउने,
- प्राधिकरणको लेखा, बजेट तथा कार्यक्रम, लेखापरीक्षण कार्यविधि र नियन्त्रण व्यवस्थाका सम्बन्धमा सुझाव सहितको प्रतिवेदन समिति समक्ष पेश गर्ने,
- समितिबाट माग गरिएको विषयमा राय दिने।
(२) लेखापरीक्षण समितिले प्रत्येक त्रैमास समाप्त भएको साठी दिनभित्र प्राधिकरणको कारोबारको आन्तरिक लेखापरीक्षण गराई सोको प्रतिवेदन समिति समक्ष पेश गर्नु पर्नेछ।
(३) लेखापरीक्षण समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्र लेखापरीक्षण गराई सोको प्रतिवेदन समिति समक्ष पेश गर्नु पर्नेछ।
(४) उपनियम (२) र (३) बमोजिम पेश हुन आएको प्रतिवेदनको सम्बन्धमा समितिले आवश्यक निर्देशन दिन सक्नेछ।
(5) लेखापरीक्षण समितिको बैठक महिनाको कम्तीमा एक पटक बस्नेछ।
(6) लेखापरीक्षण समितिले बैठकमा आवश्यकता अनुसार सम्बन्धित विषयको विज्ञलाई आमन्त्रण गर्न सक्नेछ।
परिच्छेद-४
इजाजतपत्र
- पूर्वस्वीकृतिको लागि निवेदन दिनु पर्नेः (१) ऐनको दफा २६ को उपदफा (१) बमोजिम बीमा कम्पनी संस्थापना गर्न चाहने व्यक्ति वा उपदफा (३) बमोजिम संयुक्त लगानीमा बीमा कम्पनी संस्थापना गर्न वा शाखा कार्यालय खोल्न चाहने विदेशी बीमा कम्पनीले पूर्वस्वीकृतिको लागि अनुसूची-१ बमोजिमको ढाँचामा प्राधिकरणमा निवेदन दिनु पर्नेछ।
(२) सङ्गठित संस्थाले उपनियम (१) बमोजिम पूर्वस्वीकृतिको लागि निवेदन दिँदा ऐनको दफा २६ मा उल्लिखित कागजातका अतिरिक्त कम्पनीको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन वा प्रस्तावित बीमा कम्पनीमा लगानी गर्न सक्षम रहेको भन्ने पुष्टि गर्ने लेखापरीक्षकले प्रमाणित गरेको कागजात समेत पेश गर्नु पर्नेछ।
(३) उपनियम (1) बमोजिम निवेदन दिँदा प्राधिकरणले तोकेको बैङ्क खातामा अनुसूची-2 बमोजिमको शुल्क जम्मा गरेको भौचर पेश गर्नु पर्नेछ।
(४) यस नियम बमोजिम पूर्वस्वीकृतिको लागि पेश भएका कागजातको जाँचबुझ गर्दा उपयुक्त देखेमा प्राधिकरणले निवेदकलाई अनुसूची-3 बमोजिमको ढाँचामा पूर्वस्वीकृति प्रदान गर्नेछ।
(५) यस नियम बमोजिम निवेदकले पूर्वस्वीकृति नपाएको अवस्थामा निजले बुझाएको शुल्क प्राधिकरणले सात कार्य दिनभित्र फिर्ता गर्नु पर्नेछ।
- बीमकको इजाजत: (१) बीमा व्यवसाय गर्न प्रचलित कानून बमोजिम संस्थापना भएको कम्पनीले ऐनको दफा २८ को उपदफा (१) बमोजिम प्राधिकरणमा निवेदन दिँदा अनुसूची-४ बमोजिमको ढाँचामा दिनु पर्नेछ।
(२) प्राधिकरणले ऐनको दफा २९ बमोजिम इजाजतपत्र प्रदान गर्दा अनुसूची-2 बमोजिमको इजाजत शुल्क लिई अनुसूची-5 बमोजिमको ढाँचामा इजाजतपत्र दिनु पर्नेछ।
- शाखा कार्यालय खोल्नेः (१) ऐनको दफा ३२ बमोजिम बीमकले शाखा कार्यालय खोल्नको लागि देहायका विवरण तथा कागजात सहित प्राधिकरणमा निवेदन दिनु पर्नेछ:-
- सञ्चालक समितिको निर्णय,
- कार्यालय स्थापना गर्ने प्रस्तावित स्थान,
- वित्तीय रूपले सम्भाव्य रहेको स्थलगत अध्ययन प्रतिवेदन,
- जनशक्ति र पूर्वाधारको व्यवस्थापन।
(२) बीमकले विदेशमा शाखा वा सम्पर्क कार्यालय खोल्नको लागि उपनियम (१) मा उल्लिखित विवरण तथा कागजातका अतिरिक्त देहायका विवरण तथा कागजात समेत पेश गर्नु पर्नेछ:-
- व्यावसायिक योजना, लाभ-लागत तथा जोखिम विश्लेषण सहितको सम्भाव्यता अध्ययन प्रतिवेदन,
- कार्यालय स्थापनाको लागि आवश्यक अनुमानित लागत,
- प्राधिकरणले तोकेको न्यूनतम सोल्भेन्सी मार्जिन कायम गरेको प्रमाण,
- कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको देशबाट लाभांश, मुनाफा, पुँजी नेपालमा भित्र्याउन वा फिर्ता गर्न सकिने नीतिगत व्यवस्था उक्त देशमा रहेको सुनिश्चितता गर्ने विवरण,
- कार्यालय खोल्न प्रस्ताव गरिएको देशसँग नेपालको दौत्य सम्बन्ध रहेको देखिने कागजात।
(३) उपनियम (१) र (२) बमोजिमको निवेदन उपर जाँचबुझ गरी कार्यालय खोल्न दिने वा नदिने सम्बन्धमा प्राधिकरणले निवेदन प्राप्त भएको मितिले साठी दिनभित्र निर्णय गर्नु पर्नेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले बीमाको पहुँच विस्तार गर्न आवश्यकता अनुसार बीमकलाई शाखा कार्यालय खोल्न निर्देशन दिन सक्नेछ।
- सम्पर्क कार्यालय खोल्नेः (१) ऐनको दफा ३३ बमोजिम विदेशी बीमकले नेपालमा सम्पर्क कार्यालय खोल्न सम्बन्धित देशको नियमनकारी निकायले नेपालमा सम्पर्क कार्यालय खोल्न प्रदान गरेको सहमति र अन्य सम्बद्ध कागजात सहित प्राधिकरणमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा विदेशी बीमकलाई नेपालमा सम्पर्क कार्यालय खोल्न दिन उपयुक्त देखिएमा प्राधिकरणले त्यस्तो कार्यालय खोल्न अनुमति प्रदान गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम प्राधिकरणले अनुमति दिने वा नदिने सम्बन्धी निर्णय निवेदन प्राप्त भएको मितिले साठी दिनभित्र गर्नु पर्नेछ।
- बीमा व्यवसायको प्रकार (पोर्टफोलियो) को इजाजत खारेजीः (१) ऐनको दफा ३४ बमोजिम बीमकले बीमा व्यवसायको प्रकार (पोर्टफोलियो) खारेज गर्न निवेदन दिँदा देहायका विवरण तथा कागजात पेश गर्नु पर्नेछः-
- व्यवसायको प्रकार (पोर्टफोलियो) खारेज गर्नु पर्ने मनासिब कारण,
- व्यवसायको प्रकार (पोर्टफोलियो) खारेजीको कारणले बीमितको हक, हितमा प्रतिकूल असर नपर्ने कुराको प्रत्याभूति।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले समस्याग्रस्त बीमक भनी घोषणा गरेकोमा त्यस्तो बीमकको अवस्थामा सुधार नआएसम्म बीमकले व्यवसायको प्रकार (पोर्टफोलियो) खारेजीको लागि निवेदन दिन पाउने छैन।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बीमित हित संरक्षणमा प्रतिकूल असर पर्ने भएमा वा समस्याग्रस्त बीमकको सुधारात्मक उपाय अवलम्बन गर्न आवश्यक भएमा प्राधिकरणले बीमकको बीमा व्यवसायको कुनै वा सबै प्रकार (पोर्टफोलियो) खारेज गर्न सक्नेछ।
परिच्छेद-५
बीमकको पुँजी कोष तथा शेयर बाँडफाँड
- चुक्ता पुँजी कायम गर्नु पर्ने अवधिः (१) ऐनको दफा ३६ बमोजिम प्राधिकरणले आदेश दिएको मितिले एक वर्षभित्र बीमकले चुक्ता पुँजी कायमगरी सक्नु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले निरीक्षण वा नियमन गर्दा तत्काल पुँजी वृद्धि गर्नु पर्ने देखिएको बीमक वा समस्याग्रस्त घोषणा गरेको बीमकलाई मनासिब समय तोकी पुँजी कायम गर्न आदेश दिन सक्नेछ।
- बीमकको पुँजी सम्बन्धी अन्य व्यवस्था: ऐनको दफा ३६ बमोजिम प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्ता पुँजीको अतिरिक्त बीमकले जोखिममा आधारित पुँजी कायम गर्नु पर्नेछ।
- जोखिमको व्ययभारः ऐनको दफा ३८ बमोजिम बीमकले गर्ने प्रत्येक बीमा प्रकार (पोर्टफोलियो) को जोखिमको व्ययभार व्यहोर्नको लागि बीमाङ्कीले निर्धारण गरे बमोजिमको रकम छुट्टाछुट्टै बीमाकोषमा राख्नु पर्नेछ।
- अनिवार्य जगेडा कोषः (१) ऐनको दफा ३९ को उपदफा (२) को खण्ड (क) बमोजिम जीवन बीमा व्यवसाय गर्ने बीमकले अनिवार्य जगेडा कोषमा कायम गर्नु पर्ने रकम जीवन बीमा कोष खडा गरी सोही कोषमा राख्नु पर्नेछ।
(२) कुनै एक प्रकारको बीमा (पोर्टफोलियो) को जीवन बीमा कोषबाट अर्को प्रकारको बीमा (पोर्टफोलियो) को जीवन बीमा कोषमा रकम सार्न वा सो कोषबाट दायित्व व्यहोर्न पाइने छैन।
(३) बीमकले ऐनको दफा ३९ को उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम छुट्टै खडा गरिएको विशेष जगेडा कोषमा राख्नु पर्नेछ।
- दाबी भुक्तानी हुन नसकेको अवधिको दायित्वः (१) बीमितले दाबी गरे पश्चात ऐनको दफा ४१ को उपदफा (१) को खण्ड (क) बमोजिम दाबी भुक्तानी हुन नसकेको अवधिसम्मको लागि बीमाको प्रकार वा प्रकृति बमोजिम दाबी बापत हुन आउने दायित्व (आउटस्ट्याण्डिङ्ग क्लेम) दाबी भुक्तानी कोषमा देखाउनु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकको समाप्त नभएको जोखिम (अनएक्स्पायर्ड रिक्स रिजर्भ) बापतको रकम ऐनको दफा ३९ बमोजिमको अनिवार्य जगेडा कोषमा समावेश भइसकेको भए त्यस्तो दायित्व बापतको रकम दाबी भुक्तानी कोषमा देखाउनु पर्ने छैन।
- बीमकको कुल सम्पत्ति तथा दायित्वको मूल्याङ्कनः (१) ऐनको दफा ४२ बमोजिम बीमकले आफ्नो सम्पत्ति र दायित्वको मूल्याङ्कन गर्दा प्रचलित कानून बमोजिम गर्नु पर्नेछ।
(२) बीमकले वर्षमा कम्तीमा एक पटक बीमा सम्बन्धी दायित्वको बीमाङ्कीय मूल्याङ्कन गराई सोको प्रतिवेदन स्वीकृतिको लागि प्राधिकरणमा पेश गर्नु पर्नेछ।
(3) उपनियम (२) बमोजिम पेश हुन आएको प्रतिवेदन अध्ययन गरी प्राधिकरणले तीस दिनभित्र निर्णय गर्नु पर्नेछ।
- लाभांश घोषणाः (१) बीमकले ऐनको दफा ४३ बमोजिम लाभांश घोषणा गर्नुअघि देहायका विवरण तथा कागजात सहित प्राधिकरणमा निवेदन दिनु पर्नेछः-
- ऐनको दफा ३६, ३८, ३९, ४०, ४१ र ४२ को व्यवस्था पूर्ण रूपमा पालना गरेको,
- ऐनको दफा ४३ को उपदफा (१) को अवस्था विद्यमान नरहेको,
- ऐनको दफा १०१ बमोजिम बीमक समस्याग्रस्त घोषणा नभएको,
- प्राधिकरणले बीमकको व्यवसाय आंशिक वा पूर्ण रूपमा रोक नलगाएको,
- बीमकको व्यवस्थापनबाट प्रमाणित गरिएको वित्तीय विवरण,
- बाह्य लेखापरीक्षकको व्यवस्थापन प्रतिवेदन र सो सम्बन्धमा बीमकले पेश गरेको जवाफ।
(२) उपनियम (१) बमोजिमको निवेदनको सम्बन्धमा छलफल गर्न आवश्यक परेमा प्राधिकरणले बीमकको सञ्चालक, कार्यकारी प्रमुख, कर्मचारी, लेखापरीक्षक वा सम्बन्धित कुनै व्यक्ति वा संस्थालाई बोलाउन सक्नेछ र त्यसरी बोलाएको बखत प्राधिकरणमा उपस्थित हुनु निजको कर्तव्य हुनेछ।
(३) उपनियम (१) बमोजिमको निवेदनका साथ पेश गरेका विवरण तथा कागजात जाँच गरी प्राधिकरणले लाभांश घोषणा नगर्न निर्देशन दिन वा शर्त सहित लाभांश घोषणा गर्न स्वीकृति दिन सक्नेछ।
- विदेशी बीमकले व्यवस्थापन समूह गठन गर्नु पर्ने: (१) ऐनको दफा ५४ को उपदफा (१) बमोजिम प्राधिकरणले दिएको निर्देशनको अधीनमा रही नेपालमा सञ्चालित विदेशी बीमकको शाखा कार्यालयले ऐन तथा यस नियमावली बमोजिम आफूले गर्नु पर्ने कुनै खास कार्य गर्न वा त्यस्तो बीमक र प्राधिकरण बीच पुलको काम गर्न कार्यकारी प्रमुखको संयोजकत्वमा कम्तीमा एक जना नेपाली कर्मचारी रहने गरी वरिष्ठ कर्मचारीमध्येबाट तीन सदस्यीय व्यवस्थापन समूह गठन गर्नु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकको सञ्चालक समितिले गर्ने भनी प्राधिकरणले तोकेकोमा त्यस्तो विषय बीमकको सञ्चालक समितिले नै गर्नु पर्नेछ।
परिच्छेद-६
उपयुक्तताको परीक्षण र व्यवस्थापन वा प्राविधिक सेवा
- उपयुक्तताको परीक्षणः (१) बीमकले ऐनको दफा ५७ को उपदफा (१) बमोजिम कार्यकारी प्रमुखको नियुक्ति गर्नुअघि निज सोही दफाको उपदफा (४) र (५) बमोजिम योग्य भए वा नभएको विषयमा यकिन गर्न प्राधिकरणमा लेखी पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम यकिन गर्न लेखिआएमा प्राधिकरणले सात कार्य दिनभित्र उम्मेदवारको उपयुक्तताको परीक्षण गरी निज नियुक्तिको लागि योग्य भएमा ऐनको दफा ५७ को उपदफा (८) बमोजिम निजको सेवाको शर्त तथा सुविधा समेत निर्धारण गरी सम्बन्धित बीमकलाई जानकारी दिनु पर्नेछ।
- व्यवस्थापन वा प्राविधिक सेवा सम्झौताः ऐनको दफा ५९ को उपदफा (2) बमोजिम बीमकले व्यवस्थापन वा प्राविधिक सेवा सम्झौताको मस्यौदा स्वीकृतिको लागि प्राधिकरणमा पेश गर्दा देहायका विवरण खुलाउनु पर्नेछः-
- सम्झौता अन्तर्गत सेवा लिने विषय, योजना र औचित्य,
- सम्झौताको अवधि र शुल्क,
- जनशक्तिको पारिश्रमिक, सुविधा लगायतको अन्य लागत,
- सम्झौता उल्लङ्घन भएमा क्षतिपूर्तिको व्यवस्था,
- सम्झौताबाट बीमकलाई प्राप्त हुने लाभ,
- सम्झौतामा राख्न उपयुक्त अन्य विषय।
- विशेषज्ञ सेवाः ऐनको दफा ५९ बमोजिम बीमकले कुनै व्यक्ति वा संस्थासँग देहाय बमोजिमको विशेषज्ञ सेवा लिँदा प्राधिकरणको स्वीकृति लिनु पर्नेछः-
(क) बीमाङ्कीय सेवा,
(ख) विस्तृत लेखापरीक्षण सेवा,
(ग) बीमा मध्यस्थकर्ता, पुनर्बीमक र अन्य बीमा सेवा प्रदायक बाहेक अन्य सङ्गठित संस्थासँग लिने कुनै सेवा।
परिच्छेद-७
बीमा व्यवसाय सञ्चालन
- बीमा व्यवसायको प्रकारः (१) ऐनको दफा ६१ को उपदफा (२) बमोजिम जीवन बीमा व्यवसायको प्रकार देहाय बमोजिम हुनेछः-
- आजीवन जीवन बीमा,
- सावधिक जीवन बीमा,
- म्यादी जीवन बीमा,
- लघु जीवन बीमा,
- विविध जीवन बीमा।
(२) ऐनको दफा ६१ को उपदफा (३) बमोजिम निर्जीवन बीमा व्यवसायको प्रकार देहाय बमोजिम हुनेछः-
- घर, सम्पत्ति तथा व्यवसाय बीमा,
- मोटर बीमा,
- परिवहन बीमा,
- इञ्जिनियरिङ्ग बीमा,
- हवाई बीमा,
- दायित्व बीमा,
- स्वास्थ्य बीमा,
- कृषि, पशुपन्छी तथा जडीबुटी बीमा,
- लघु निर्जीवन बीमा,
- विविध निर्जीवन बीमा।
(३) बीमा सर्भेयरको इजाजतपत्र दिने प्रयोजनको लागि निर्जीवन बीमाको प्रकार देहाय बमोजिम हुनेछ:-
- घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनियरिङ्ग बीमा,
- मोटर बीमा,
- परिवहन बीमा,
- हवाई बीमा
- विविध निर्जीवन बीमा।
(४) प्राधिकरणले वित्तीय विवरण तयार गर्ने र तथ्याङ्क व्यवस्थापन गर्ने प्रयोजनको लागि उपनियम (१), (२) र (३) मा गरिएको वर्गीकरणको अतिरिक्त बीमा व्यवसायलाई थप प्रकार वा उपप्रकारमा वर्गीकरण गर्न सक्नेछ।
- बीमा करार सम्बन्धी अन्य व्यवस्थाः (१) ऐनको दफा ६२ बमोजिम बीमा करार गर्दा अवधि खोली करार गर्नु पर्नेछ।
(२) बीमकले बीमित वा बीमालेख धारकसँग बीमा करार गर्नु पर्नेछ।
(३) बीमित असक्षम भएको अवस्थामा निजको बीमायोग्य हित कायम भएको व्यक्तिले बीमितको तर्फबाट बीमा करार गर्न सक्नेछ।
(४) बीमाको मूल करारसँग पूरक करार (राइडर वा सम्पुष्टि) थप गर्न सकिनेछ।
- बीमालेखको स्वीकृति: (१) बीमकले ऐनको दफा ६३ बमोजिम बीमालेख तयार गरी स्वीकृतिको लागि प्राधिकरणमा पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पेश भएको बीमालेख उपर साठी दिनभित्र निर्णय गर्नु पर्नेछ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरण आफैँले स्तरीकृत (स्टाण्डर्ड) बीमालेख तयार गरी लागू गर्न सक्नेछ।
- बीमालेखको हक हस्तान्तरणः (१) ऐनको दफा ६३ को उपदफा (५) बमोजिम बीमितले बीमालेख परिपक्व हुँदा वा परिपक्व हुनुअगावै निजको मृत्यु भएको अवस्थामा बीमालेखबाट प्राप्त हुने सुविधा अन्य कुनै व्यक्ति वा संस्थाले पूर्ण वा आंशिक रूपमा प्राप्त गर्ने गरी हक हस्तान्तरण गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम बीमितले बीमालेखको हक हस्तान्तरण गर्नुअघि हस्तान्तरण गर्नुको उचित कारण सहित बीमकलाई अनुरोध गर्नु पर्नेछ र त्यस्तो कारण उपयुक्त देखिएमा बीमकले त्यस्तो बीमितले माग गरे बमोजिम बीमालेखको हक हस्तान्तरण गरी दिन सक्नेछ।
(३) बीमालेखको हक हस्तान्तरण बीमा बहाल रहेको अवधिभित्र जुनसुकै बखत गर्न सकिनेछ।
(४) सम्पत्तिको स्वामित्व हस्तान्तरण वा बिक्री भएको मितिले नब्बे दिनसम्मको बीमालेख बीमकले नि:शुल्क नामसारी गरिदिनु पर्नेछ र सो अवधिसम्म नामसारी नभएको अवस्थामा त्यस्तो बीमालेख स्वत: निष्क्रिय भएको मानिनेछ।
- बीमाशुल्कः (१) ऐनको दफा ६४ को प्रयोजनको लागि चेकमार्फत बीमाशुल्क प्राप्त गरेकोमा बीमकको बैङ्क खातामा त्यस्तो रकम जम्मा भएपछि मात्र बीमकले बीमाशुल्क प्राप्त गरेको मानिनेछ।
(२) हवाई बीमा वा इञ्जिनियरिङ्ग बीमा अन्तर्गत एक वर्षभन्दा बढी अवधि रहेको परियोजनाको बीमा गर्दा बीमालेख जारी भएको एक वर्षभित्र बीमाशुल्क प्राप्त गर्ने गरी किस्ताबन्दीमा बीमाशुल्क लिन सकिनेछ।
- बीमाङ्कीय मूल्याङ्कन गराउनु पर्नेः बीमकले ऐनको दफा ७० बमोजिम प्रत्येक आर्थिक वर्षमा कम्तीमा एक पटक बीमाङ्कीय मूल्याङ्कन गराउनु पर्नेछ।
- जीवन बीमा व्यवसायबाट भएको बचत बाँडफाँड तथा व्यवस्था (प्रोभिजन): (१) ऐनको दफा ७१ बमोजिम बीमकले गणना गरेको बचत रकम ऋणात्मक भएमा वा सो बचत रकमबाट बीमितलार्इ प्रदान गर्ने बोनस रकम वा अन्य व्यहोर्नु पर्ने दायित्व रकम अपुग भएमा प्राधिकरणको स्वीकृति लिर्इ त्यस्तो रकम शेयरधनी कोषबाट व्यहोर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राधिकरणले स्वीकृति प्रदान गर्दा बीमकको सोल्भेन्सी तथा वित्तीय अवस्थामा दीर्घकालीन रूपमा असर नपर्ने कुराको यकिन गर्नु पर्नेछ।
(३) जीवन बीमा व्यवसाय गर्ने बीमकको बचत गणना र सोको बाँडफाँड सम्बन्धी विधि छुट्टाछुट्टै रुपमा गरिनेछ।
- बीमकले स्वीकार गर्ने जोखिम सम्बन्धी अन्य व्यवस्थाः ऐनको दफा ७२ बमोजिम बीमकले स्वीकार गर्ने जोखिम बीमकको व्यवसायको आकार, जोखिम बहन गर्ने क्षमता, जोखिमको अवस्था (रिस्क प्रोफाइल) र व्यवसायको प्रकृति तथा जटिलताका आधारमा गरिनेछ।
- चल सम्पत्ति बेचबिखन गर्ने वा धितोबन्धक राख्न पाउने रकमको सीमाः ऐनको दफा ७४ को उपदफा (१) बमोजिम विदेशी बीमा कम्पनीले नेपालमा रहेको अचल सम्पत्ति वा दश लाख रूपैयाँ वा सोभन्दा बढीको चल सम्पत्ति बेचबिखन वा धितोबन्धक गरिदिँदा वा विदेशी मुलुकमा फिर्ता लैजाँदा प्रचलित कानून बमोजिम स्वीकृति लिनु पर्ने निकायको अतिरिक्त प्राधिकरणको स्वीकृति लिनु पर्नेछ।
- बीमादर सल्लाहकार समितिः (१) बीमादर निर्धारण, बीमालेख निर्माण र सोको पुनरावलोकन सम्बन्धमा प्राधिकरणलाई सिफारिस गर्नको लागि देहाय बमोजिम बीमादर सल्लाहकार समिति रहनेछः-
- समितिले तोकेको विज्ञ सञ्चालक – संयोजक
- प्राधिकरणको कार्यकारी निर्देशक – सदस्य
- जीवन, निर्जीवन, लघुजीवन र लघु निर्जीवन
बीमाको बीमादरको लागि सम्बन्धित बीमा व्यवसाय
गर्ने बीमकमध्ये प्राधिकरणले तोकेको दुई जना प्रतिनिधि – सदस्य - पुनर्बीमकमध्येबाट प्राधिकरणले तोकेको एक जना प्रतिनिधि – सदस्य
- बीमादर सम्बन्धी अनुभव भएका व्यक्तिहरुमध्येबाट
प्राधिकरणले तोकेको एक जना – सदस्य - प्राधिकरणको सम्बन्धित विभागको प्रमुख – सदस्य-सचिव
(२) बीमादर सल्लाहकार समितिले बैठकमा आवश्यकता अनुसार सम्बन्धित विषयको विज्ञ आमन्त्रण गर्न सक्नेछ।
(३) बीमादर सल्लाहकार समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि सो समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
- बीमकको जोखिम व्यवस्थापन समितिः (१) बीमकले बीमा वा पुनर्बीमा व्यवसाय प्रारम्भ गरेको तीस दिनभित्र स्वतन्त्र सञ्चालकको संयोजकत्वमा तीन सदस्यीय जोखिम व्यवस्थापन समिति गठन गर्नु पर्नेछ।
(२) यो नियमावली प्रारम्भ हुँदाका बखत बीमा वा पुनर्बीमा व्यवसाय गरिरहेको बीमकले उपनियम (१) बमोजिम जोखिम व्यवस्थापन समिति गठन गरेको नभएमा यो नियमावली प्रारम्भ भएको मितिले तीस दिनभित्र त्यस्तो समिति गठन गर्नु पर्नेछ।
(३) बीमकको सञ्चालक समितिको अध्यक्ष, कार्यकारी प्रमुख वा लेखा प्रमुख र अध्यक्ष, कार्यकारी प्रमुख वा लेखा प्रमुखको नजिकको नातेदार जोखिम व्यवस्थापन समितिको सदस्य हुन सक्ने छैन।
(4) उपनियम (१) बमोजिम गठन भएको जोखिम व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) बीमकको जोखिम व्यवस्थापन सम्बन्धी नीति तयार गर्ने,
(ख) बीमकको जोखिम पहिचान, मूल्याङ्कन, हस्तान्तरण तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने,
(ग) जोखिम व्यवस्थापन सम्बन्धमा सञ्चालक समितिलार्इ सल्लाह दिने,
(घ) बीमकमा जोखिम व्यवस्थापन संस्कृति विकास गर्ने।
परिच्छेद-८
लघुबीमा व्यवसाय
- लघुबीमकको पुँजीः (१) ऐनको दफा ७६ बमोजिम संस्थापना हुने लघुबीमा व्यवसाय गर्ने बीमकको न्यूनतम पुँजी पचास करोड रूपैयाँ हुनेछ।
(२) प्राधिकरणले उपनियम (१) बमोजिमको न्यूनतम पुँजी समय-समयमा बढाउन सक्नेछ।
- लघुबीमा अभिकर्ता करार सम्बन्धी व्यवस्था: ऐनको दफा ७७ बमोजिम बीमकले संस्थागत लघुबीमा अभिकर्तासँग सम्झौता गर्दा देहाय बमोजिमको अधिकार सुम्पिन सक्नेछ:-
- जोखिमाङ्कन सम्बन्धी अधिकार,
- दाबी सम्बन्धी अधिकार।
- लघुबीमाको दाबी सम्बन्धी अन्य व्यवस्था: (१) ऐनको दफा ७८ बमोजिम रीतपूर्वक पेश हुन आएको लघुबीमा दाबीको बीमकले तत्काल छानबिन गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको दाबी भुक्तानी प्रक्रियाको लागि बीमित वा बीमालेख धारकले बीमक वा संस्थागत अभिकर्ता समक्ष देहाय बमोजिमका कागजात पेश गर्नु पर्नेछः-
(क) बीमा दाबी फाराम,
(ख) सम्पत्ति क्षति भएको वा दायित्व सिर्जना भएको प्रमाण,
(ग) आपराधिक घटना घटेको भए प्रहरी प्रतिवेदन,
(घ) घटनासँग सम्बन्धित अन्य कागजात।
(३) बीमकले लघुबीमाको दाबी भुक्तानी गर्दा प्राधिकरणले निर्धारण गरेको सीमासम्मको रकमको हकमा सामूहिक जमानीलार्इ आधार मानी दाबी भुक्तानी गर्न सक्नेछ।
(४) यस नियम बमोजिम बीमकले दाबी भुक्तानी गर्दा प्राधिकरणले निर्धारण गरेको बीमाङ्क रकमसम्मको दाबी भुक्तानी संस्थागत लघुबीमा अभिकर्तामार्फत भुक्तानी गर्न सक्नेछ।
परिच्छेद-९
पुनर्बीमा व्यवसाय
- पुनर्बीमा सम्बन्धी अन्य व्यवस्थाः (१) ऐनको दफा ८१ बमोजिम बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको वा आफूले धारण गर्न नसक्ने अंशको पुनर्बीमा गराउनु पर्नेछ।
(2) बीमकले पुनर्बीमा गर्दा ऐनमा उल्लिखित शर्तको अतिरिक्त देहाय बमोजिम हुने गरी गर्नु पर्नेछ:-
- उचित तथा पर्याप्त,
- जोखिमको विविधीकरण,
- पुनर्बीमकको प्राविधिक तथा वित्तीय क्षमताको पर्याप्त मात्रामा विश्लेषण,
- बीमितको हक हितको संरक्षणको सुनिश्चितता।
(3) बीमकले जारी गर्ने प्रत्येक बीमालेखले रक्षावरण गरेको जोखिम आफूले धारण नगरी शतप्रतिशत पुनर्बीमा गराउनु हुँदैन।
(४) पुनर्बीमा व्यवसाय गर्ने बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको अंशको पुनः पुनर्बीमा (रेट्रोशेसन) गराउनु पर्नेछ।
- पुनर्बीमक छनोट गर्नेः बीमकले पुनर्बीमा गर्ने प्रयोजनको लागि प्राधिकरणले निर्धारण गरेको मापदण्ड पूरा गरेको पुनर्बीमक छनोट गर्नु पर्नेछ।
- पुनर्बीमा करार तथा दाबी फर्स्यौट सम्बन्धी अन्य व्यवस्थाः (१) ऐनको दफा ८२ बमोजिम पुनर्बीमाको दाबी फर्स्यौट पुनर्बीमा करारको आधारमा गर्नु पर्नेछ।
(२) पुनर्बीमकले आवश्यक ठानेमा पुनर्बीमा करारमा उल्लेख गरी क्षति मूल्याङ्कन गर्न सर्भेयर खटाउन सक्नेछ।
परिच्छेद-१०
बीमकको लेखा, आन्तरिक नियन्त्रण तथा लेखापरीक्षण
- बीमकको लेखा तथा हिसाब किताब सम्बन्धी अन्य व्यवस्थाः ऐनको दफा ८३ बमोजिम बीमकले नेपाल लेखामान तथा नेपाल वित्तीय प्रतिवेदनमान अनुरूप हुने गरी आफ्नो हिसाब किताब, बहीखाता, स्रेस्ता र लेखाको अभिलेख यथार्थ र दुरुस्त राख्नु पर्नेछ।
- वासलात र नाफा नोक्सानको विवरण पेश गर्नु पर्नेः ऐनको दफा ८४ को उपदफा (२) बमोजिम बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण प्राधिकरणले समय-समयमा निर्धारण गरे बमोजिमको ढाँचामा तयार गरी अर्को आर्थिक वर्षको छ महिनाभित्र प्राधिकरणमा पेश गर्नु पर्नेछ।
- वित्तीय विवरण सम्बन्धी अन्य व्यवस्थाः (१) प्राधिकरणले लेखामान तथा नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम वित्तीय विवरणमा खुलाउनु पर्ने भनी उल्लेख भएका विषयका अतिरिक्त आवश्यक विषयहरू खुलाई वित्तीय विवरण तयार गर्न बीमकलार्इ निर्देशन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निर्देशन प्राप्त भएमा बीमकले आफ्नो वार्षिक तथा त्रैमासिक वित्तीय विवरण प्राधिकरणले निर्धारण गरे बमोजिमको ढाँचामा तयार गरी प्राधिकरणमा पेश गर्नु पर्नेछ।
- बीमकको आन्तरिक नियन्त्रणः (१) बीमकले आफ्नो सङ्गठन संरचना तयार गरी लागू गर्नु पर्नेछ।
(२) बीमकले आफ्नो उत्तराधिकार योजना (सक्सेसन प्लान) बनाउनु पर्नेछ।
(३) बीमकले जोखिम व्यवस्थापन, लेखापरीक्षण, खरिद, आर्थिक, मानव संसाधन, सूचना प्रविधि, जोखिमाङ्कन, दाबी, पुनर्बीमा, बजारीकरण, सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण लगायत प्राधिकरणले निर्धारण गरे बमोजिमका विषयमा छुट्टाछुट्टै दिग्दर्शन (म्यानुअल) वा कार्यविधि तयार गर्नु पर्नेछ।
(४) बीमकले आफ्नो कार्यसञ्चालनका लागि वास्तविक समयमा परिणाम दिने (रियल टाइम) सफ्टवेयरको प्रयोग गर्नु पर्नेछ।
(५) बीमकले आफ्नो बीमा सम्बन्धी कारोबार सोही दिन बन्द (डे-इन्ड) हुने व्यवस्था गर्नु पर्नेछ।
(६) बीमकले यस नियममा उल्लिखित व्यवस्थाका अतिरिक्त बीमकको व्यवसायको आकार, प्रकृति, जोखिम तथा सञ्चालनको जटिलताका आधारमा पर्याप्त र प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था गर्नु पर्नेछ।
- बीमकको लेखापरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने कुराः ऐनको दफा ८७ बमोजिम लेखापरीक्षकले बीमकको लेखापरीक्षण प्रतिवेदन तयार गर्दा प्रचलित कानूनले तोकेको व्यवस्थाका अतिरिक्त देहायका कुरा खुलाउनु पर्नेछ:-
- बीमकको बीमा कोष, अनिवार्य जगेडा कोष तथा त्यस्तै प्रकृतिका अन्य कोष वा सम्पत्ति दायित्वको अनुपातमा प्राधिकरणले निर्धारण गरे बमोजिम भए वा नभएको,
- बीमकले इजाजतप्राप्त बीमा व्यवसाय बाहेक अन्य बीमा व्यवसाय वा कारोबार गरे वा नगरेको,
- बीमकले बीमितको हित प्रतिकूल कुनै कार्य गरे वा नगरेको,
- बीमकले प्राधिकरणको निर्देशन अनुरूप कार्य गरे वा नगरेको,
- स्वीकृत बीमालेख बाहेकका अन्य बीमालेख जारी गरे वा नगरेको,
- शेयरधनीलाई जानकारी गराउनु पर्ने वित्तीय वा अन्य विषयमा शेयरधनीलाई जानकारी गराए वा नगराएको,
- बीमकले लिएको दीर्घकालीन दायित्वको अनुपातमा त्यस्तो जायजेथाबाट दायित्व निर्वाह गर्न बीमक सक्षम रहेको वा नरहेको,
- बीमकको आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी भए वा नभएको,
- ऐन, नियम, अन्य प्रचलित कानून, प्राधिकरणले समय-समयमा जारी गरेको बीमा सम्बन्धी विनियम, निर्देशन र मार्गदर्शन पालना गरे वा नगरेको।
- बीमकको लेखापरीक्षण सम्बन्धी अन्य व्यवस्थाः बीमकले प्रत्येक त्रैमास समाप्त भएको साठी दिनभित्र आन्तरिक लेखापरीक्षण गरी सोको प्रतिवेदन प्राधिकरणमा पेश गर्नु पर्नेछ।
परिच्छेद-११
बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायक सम्बन्धी व्यवस्था
- बीमा अभिकर्ताको प्रकार: बीमा अभिकर्ताको प्रकार देहाय बमोजिम हुनेछ:-
- जीवन बीमा अभिकर्ता,
- निर्जीवन बीमा अभिकर्ता,
- लघुबीमा अभिकर्ता,
- अन्य बीमा अभिकर्ता।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “अन्य बीमा अभिकर्ता” भन्नाले कुनै खास बीमाको प्रकारको लागि अभिकर्ता भई कार्य गर्न प्राधिकरणबाट इजाजतपत्रप्राप्त अभिकर्ता सम्झनु पर्छ।
- बीमा अभिकर्ताको इजाजतपत्र: (१) ऐनको दफा ९१ बमोजिम बीमा अभिकर्ताको इजाजतपत्र प्राप्त गर्न नियम ५० बमोजिमको योग्यता भएको व्यक्ति वा संस्थाले देहायका कागजातको प्रतिलिपि संलग्न गरी अनुसूची-6 को ढाँचामा प्राधिकरणमा निवेदन दिनु पर्नेछ:-
- नेपाली नागरिकताको प्रमाणपत्र,
- स्थायी लेखा नम्बर,
- शैक्षिक योग्यता खुल्ने प्रमाणपत्र,
- सम्बन्धित बीमकको सिफारिस,
- बीमा अभिकर्ताको तालिम लिएको प्रमाणपत्र,
- बीमा अभिकर्ताको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र।
(२) संस्थागत अभिकर्ताको रूपमा कार्य गर्न चाहने संस्थाको हकमा त्यस्तो संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा कुनै एक जना उच्च व्यवस्थापकको उपनियम (१) बमोजिमको कागजातका अतिरिक्त देहायका कागजातको प्रतिलिपि समेत पेश गर्नु पर्नेछः-
- संस्था दर्ता प्रमाण,
- बीमा अभिकर्ताको कार्य गर्ने भनी उद्देश्य उल्लेख भएको प्रबन्धपत्र र नियमावली,
- पछिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता भएको प्रमाण,
- प्रचलित कानून बमोजिम कालोसूचीमा नरहेको प्रमाण।
(३) उपनियम (१) वा (२) बमोजिम प्राप्त निवेदन उपर प्राधिकरणले जाँचबुझ गर्दा निजलाई बीमा अभिकर्ताको इजाजतपत्र दिन उपयुक्त देखेमा अनुसूची-7 बमोजिमको शुल्क लिई अनुसूची-8 बमोजिमको ढाँचामा इजाजतपत्र दिनेछ।
- बीमा अभिकर्ताको योग्यताः (१) देहायको व्यक्ति बीमा अभिकर्ताको लागि योग्य हुनेछः-
- नेपाली नागरिक,
- मान्यताप्राप्त संस्था वा बोर्डबाट दश जोड दुई वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको,
- प्राधिकरण, बीमक वा प्राधिकरणबाट मान्यताप्राप्त संस्थाबाट बीमा सम्बन्धी तालिम प्राप्त गरेको,
- नियम ७१ बमोजिम बीमा अभिकर्ताको परीक्षा उत्तीर्ण गरेको,
- प्राधिकरण वा बीमकले कालोसूचीमा नराखेको, र
- प्रचलित कानून बमोजिम करार गर्न योग्य रहेको।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले ऐन तथा यस नियमावली बमोजिम कारबाही गरेको व्यक्ति त्यसरी कारबाही गर्ने निर्णय भएको मितिले तीन वर्षको अवधि पूरा नहुँदै बीमा अभिकर्ता हुन योग्य मानिने छैन।
(३) संस्थागत अभिकर्ताको हकमा सम्बन्धित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा कुनै एक जना उच्च व्यवस्थापकको योग्यता उपनियम (१) मा उल्लेख भए बमोजिमको योग्यता भएको हुनु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको योग्यता कायम नभएमा संस्थागत अभिकर्ताको इजाजतपत्र स्वतः रद्ध हुनेछ।
- बीमा अभिकर्ताको इजाजतपत्र नवीकरणः (१) बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्नको लागि इजाजतपत्रको अवधि समाप्त हुनुअगावै बीमा अभिकर्ताले सम्बन्धित बीमकको सिफारिस सहित देहायका विवरण तथा कागजात संलग्न गरी प्राधिकरणमा पेश गर्नु पर्नेछः-
- बीमा अभिकर्ता भई कार्य गरेको विवरण,
- प्राधिकरणले निर्धारण गरे बमोजिमको प्रतिशतमा बीमालेख नवीकरण भएको प्रमाण।
(2) संस्थागत बीमा अभिकर्ताले इजाजतपत्र नवीकरणको लागि निवेदन पेश गर्दा कर चुक्ता भएको प्रमाण र नियम ७१ बमोजिम परीक्षा उत्तीर्ण गरेको व्यक्ति सम्बन्धित संस्थामा कार्यरत रहेको प्रमाण पेश गर्नु पर्नेछ।
(३) उपनियम (1) बमोजिम नवीकरणको लागि निवेदन दिँदा बीमा अभिकर्ताले अनुसूची-7 बमोजिमको शुल्क बुझाएको निस्सा समेत पेश गर्नु पर्नेछ।
(४) ऐनको दफा ९४ को उपदफा (२) बमोजिम म्याद थपको लागि निवेदन दिएमा निवेदन दिने अवधि समाप्त भएको मितिले अनुसूची-7 मा उल्लेख भए बमोजिमको विलम्ब शुल्क तिरी नवीकरण गर्न सकिनेछ।
- बीमा अभिकर्ताको कमिशन तथा प्रोत्साहन (इन्सेन्टिभ): (१) बीमा अभिकर्तालाई बीमाशुल्क रकममा देहाय बमोजिम कमिशन प्रदान गरिनेछ:-
- जीवन बीमामा अनुसूची-9 बमोजिम,
- निर्जीवन बीमामा बीमाशुल्कको पाँच प्रतिशत,
- लघुबीमा र स्वास्थ्य बीमामा प्राधिकरणले निर्धारण गरे बमोजिम।
(२) उपनियम (१) बमोजिमको कमिशन रकमको अतिरिक्त जीवन बीमाको प्रथम बीमाशुल्कमा प्रतिअभिकर्ता प्राधिकरणले निर्धारण गरेको सीमाभन्दा बढी नहुने गरी प्रोत्साहन (इन्सेन्टिभ) रकम प्रदान गर्न सकिनेछ।
तर एकल बीमाशुल्क जीवन बीमा, संस्थागत बीमा अभिकर्तामार्फत हुने बीमा र नेपाल सरकारले अनिवार्य गरेको बीमामा बीमा अभिकर्तालाई प्रोत्साहन (इन्सेन्टिभ) दिन पाइने छैन।
(३) उपनियम (२) बमोजिमको प्रोत्साहन (इन्सेन्टिभ) रकम प्रदान गर्दा प्रत्येक अभिकर्तामार्फत जारी भएको बीमालेखको नवीकरण अनुपातको आधारमा अनुसूची-10 मा उल्लेख भए बमोजिमको रकम कट्टा गरेर मात्र भुक्तानी गर्नु पर्नेछ।
(४) बीमित आफैँ प्रत्यक्ष रुपमा बीमा गर्न आएमा बीमकले उपनियम (१) बमोजिमको कमिशनमा नबढ्ने गरी प्राधिकरणले निर्धारण गरे बमोजिम बीमा शुल्कमा छुट दिन सक्नेछ।
(५) एकै बीमकमा निरन्तर सेवा प्रवाह गरेको व्यक्तिलार्इ जीवन बीमकले लोयल्टी इन्सेन्टिभका रूपमा बीमा सुविधा प्रदान गर्न सक्नेछ।
(६) बीमा अभिकर्ताको इजाजतपत्र बहाल रहेको अवधिमा आर्जन गरेको कमिशन तथा इन्सेन्टिभ बीमकले निजलार्इ प्रदान गर्नु पर्नेछ।
- बीमा सर्भेयरको इजाजत: (१) नियम ५० बमोजिम योग्यता पुगेको इच्छुक व्यक्तिले आफ्नो विशेषज्ञतासँग सम्बन्धित बीमाको कुनै एक प्रकार (पोर्टफोलियो) को बीमा सर्भेयरको रूपमा कार्य गर्न सर्भे इजाजतपत्रको लागि देहायका कागजातको प्रतिलिपि संलग्न गरी प्राधिकरणमा अनुसूची-6 को ढाँचामा निवेदन दिनु पर्नेछ:-
- नेपाली नागरिकताको प्रमाणपत्र,
- शैक्षिक योग्यता खुल्ने कागजात,
- नियम ७१ बमोजिमको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र,
- संस्थागत सर्भेयरको हकमा देहायका कागजात पेश गर्नु पर्नेः-
- कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- बीमा सर्भेयर भई कार्य गर्ने उद्देश्य उल्लेख भएको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,
- पछिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता भएको प्रमाण,
- प्रचलित कानून बमोजिम कालोसूचीमा नरहेको प्रमाण,
- सर्भे गर्ने इजाजतपत्र लिन चाहेको बीमाको विषयसँग सम्बन्धित सर्भेयर सो संस्थामा कार्यरत रहेको प्रमाण।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा निजलाई बीमा सर्भेयरको इजाजतपत्र दिन उपयुक्त देखिएमा अनुसूची-7 बमोजिमको शुल्क लिई अनुसूची-11 बमोजिमको ढाँचामा इजाजतपत्र प्रदान गरिनेछ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले कृषि, पशुपन्छी, जडीबुटी, स्वास्थ्य बीमा, लघुबीमा तथा प्राधिकरणले निर्धारण गरेको अन्य कुनै विशेष प्रकृतिको बीमाको लागि क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न सक्नेछ।
- बीमा सर्भेयरको योग्यताः (१) बीमा सर्भेयर हुन देहायको कुनै एक योग्यता हासिल गरी प्राधिकरण वा मान्यताप्राप्त संस्थाबाट बीमा सर्भेयरको तालिम प्राप्त गरेको हुनु पर्नेछ:-
- इञ्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातक उपाधि,
- चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण,
- स्नातक उपाधि हासिल गरेको र कुनै निर्जीवन, लघु निर्जीवन वा पुनर्बीमक वा प्राधिकरणमा कम्तीमा दश वर्ष अधिकृतस्तरको पदमा काम गरेको, वा
- स्नातक गरेको र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त बीमा सम्बन्धी इन्स्टिच्युटबाट निर्जीवन बीमामा एशोसियटसीप वा सो सरहको उपाधि हासिल गरेको।
(२) संस्थागत सर्भेयरको रूपमा इजाजतपत्रप्राप्त गर्नको लागि सो कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख वा उच्च व्यवस्थापकमध्ये कम्तीमा एक जनाले बीमा सर्भेयरको सम्बन्धित विषयको तालिम लिई परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ।
(३) संस्थागत सर्भेयरले आफूले गर्ने सर्भेसँग सम्बन्धित विषयमा सर्भेयरको इजाजतपत्रप्राप्त गरेको व्यक्तिलाई काममा लगाउनु पर्नेछ।
- इन्टर्नसीप गर्नु पर्ने: बीमा सर्भेयरको इजाजतपत्र प्राप्त गर्नुअघि निवेदकले कम्तीमा तीन महिना सम्बन्धित विषयको सर्भेयर वा बीमकमा इन्टर्नसीप गर्नु पर्नेछ।
- बीमा सर्भेयरको इजाजतपत्र नवीकरणः (१) बीमा सर्भेयरको इजाजतपत्र नवीकरण गर्नको लागि बीमा सर्भेयरले इजाजतपत्रको अवधि समाप्त हुनुअगावै बीमा सर्भेयर भई कार्य गरेको विवरण तथा कागजात संलग्न गरी प्राधिकरणमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको निवेदन साथ अनुसूची-7 बमोजिमको नवीकरण शुल्क प्राधिकरणले तोकेको खातामा जम्मा गरेको निस्सा समेत संलग्न गर्नु पर्नेछ।
(३) बीमा सर्भेयरले ऐनको दफा ९४ को उपदफा (१) बमोजिमको अवधिभित्र नवीकरणको लागि निवेदन नदिएमा अनुसूची-7 मा उल्लेख भए बमोजिम विलम्ब शुल्क तिरी नवीकरणको लागि निवेदन दिन सक्नेछ।
- सर्भेयरको वर्गीकरण: (१) प्राधिकरणले बीमा सर्भेयरलाई देहाय बमोजिम वर्गीकरण गर्नेछ:-
(क) प्राधिकरणले तोकेको न्यूनतम रकम र सङ्ख्या बराबरको सर्भे गरी कम्तीमा पन्ध्र वर्ष काम गरेको सर्भेयर- “क” वर्ग,
(ख) प्राधिकरणले तोकेको न्यूनतम रकम र सङ्ख्या बराबरको सर्भे गरी कम्तीमा सात वर्ष काम गरेको सर्भेयर- “ख” वर्ग,
(ग) प्राधिकरणबाट इजाजतपत्रप्राप्त गरी खण्ड (क) र (ख) बमोजिमको योग्यता पूरा नभएको सर्भेयर- “ग” वर्ग।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संस्थागत सर्भेयरको वर्गीकरण गरिने छैन।
- सर्भे गर्न पाउने सीमा: सर्भेयरले गर्न पाउने सर्भेको सीमा प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।
- सर्भेयरको पारिश्रमिक: सर्भेयरको पारिश्रमिक प्राधिकरणले निर्धारण गरेको मापदण्डको आधारमा बीमकले तोक्न सक्नेछ।
- सर्भे प्रतिवेदन बुझाउने अवधिः बीमालेखमा अन्यथा उल्लेख भएकोमा बाहेक बीमा सर्भेयरले बीमकले सर्भेमा खटाएको पैंतीस कार्य दिनभित्र सर्भे प्रतिवेदन बुझाउनु पर्नेछ।
तर हवाई वा इञ्जिनियरिङ्ग बीमामा त्यस्तो अवधि लागू हुने छैन।
- बीमा दलालको इजाजतपत्रः (१) बीमा दलालको इजाजतपत्र लिन इच्छुक व्यक्ति वा संस्थाले प्रचलित कानून बमोजिम कम्पनीको रुपमा दर्ता हुनुअघि प्राधिकरणबाट पूर्वस्वीकृति लिएको हुनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पूर्वस्वीकृति लिएको कम्पनीले बीमा दलालको इजाजतपत्र लिन देहायका कागजात संलग्न गरी अनुसूची-६ बमोजिमको ढाँचामा प्राधिकरणमा निवेदन दिनु पर्नेछः-
- सङ्गठित संस्था दर्ताको प्रमाण,
- प्रबन्धपत्र र नियमावली,
- सम्भाव्यता अध्ययन प्रतिवेदन,
- सङ्गठित संस्थाको प्रमुख कार्यकारीको व्यक्तिगत विवरण तथा योग्यता खुल्ने कागजात।
(३) बीमा दलालको लागि इजाजतपत्र शुल्क र नवीकरण शुल्क अनुसूची-7 मा उल्लेख भए बमोजिम हुनेछ।
(४) उपनियम (२) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा निजलाई बीमा दलालको इजाजतपत्र दिन उपयुक्त देखिएमा अनुसूची-12 बमोजिमको ढाँचामा इजाजतपत्र दिइनेछ।
- बीमा दलालको योग्यता: बीमा दलाल हुन ऐनको दफा ९२ को उपदफा (३) को अतिरिक्त देहायका योग्यता तथा शर्त पूरा गरेको हुनु पर्नेछ:-
- प्राधिकरणले निर्धारण गरे बमोजिमको चुक्ता पुँजी कायम गरी प्रचलित कानून बमोजिम कम्पनीको रूपमा दर्ता भएको,
- मुख्य व्यवस्थापकले स्नातकोत्तर उपाधि हासिल गरेको,
- प्रचलित कानून बमोजिम मुख्य व्यवस्थापक भई कार्य गर्ने व्यक्ति तथा बीमा दलाल भई कार्य गर्ने संस्था कालोसूचीमा नरहेको।
- बीमा दलालको प्रकार: बीमा दलालको प्रकार देहाय बमोजिम हुनेछः-
- प्रत्यक्ष बीमा दलाल,
- पुनर्बीमा दलाल,
- संयुक्त बीमा दलाल।
- बीमा दलालले वार्षिक विवरण पेश गर्नु पर्नेः बीमा दलालले आफूले गरेको काम कारबाहीको वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र प्राधिकरणमा पेश गर्नु पर्नेछ।
- तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्र लिन पूर्वस्वीकृति लिनु पर्ने: (१) तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्र लिन इच्छुक व्यक्ति वा संस्थाले प्रचलित कानून बमोजिम दर्ता हुनुअघि प्राधिकरणबाट पूर्वस्वीकृति लिन निवेदन दिनु पर्नेछ।
(2) उपनियम (१) बमोजिम निवेदन दिँदा कर चुक्ता भएको प्रमाण र प्राधिकरणले तोकेको बैङ्क खातामा दश हजार रुपैयाँ दस्तुर बुझाएको निस्सा समेत पेश गर्नु पर्नेछ।
- तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्रः (1) तेस्रो पक्ष सहजकर्ताको कार्य गर्न प्रचलित कानून बमोजिम स्थापना भएको कम्पनी हुनु पर्नेछ।
(२) तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्र प्राप्त गर्न पेश गर्नु पर्ने निवेदनको ढाँचा अनुसूची-६ बमोजिम हुनेछ।
(3) तेस्रो पक्ष सहजकर्ताको न्यूनतम चुक्ता पुँजी तथा पेश गर्नु पर्ने कागजात प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।
(४) उपनियम (2) र (3) बमोजिम प्राप्त निवेदन र कागजात उपर जाँचबुझ गर्दा निजलाई तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्र दिन उपयुक्त देखिएमा अनुसूची-13 बमोजिमको ढाँचामा इजाजतपत्र दिइनेछ।
(5) तेस्रो पक्ष सहजकर्ताको इजाजत र नवीकरण शुल्क अनुसूची-7 बमोजिम हुनेछ।
- तेस्रो पक्ष सहजकर्ताको योग्यता: (१) तेस्रो पक्ष सहजकर्ताको मुख्य व्यवस्थापक भई कार्य गर्ने व्यक्ति स्नातक उपाधि हासिल गरेको हुनु पर्नेछ।
(२) तेस्रो पक्ष सहजकर्ताको रुपमा कार्य गर्ने संस्थामा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको कम्तीमा एक जना चिकित्सक कार्यरत रहेको हुनु पर्नेछ।
- तेस्रो पक्ष सहजकर्ताले सम्झौता गर्नु पर्ने: (१) तेस्रो पक्ष सहजकर्ताको कार्य गर्नुअघि बीमकसँग लिखित सम्झौता गरी प्राधिकरणमा पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सम्झौतामा तेस्रो पक्ष सहजकर्ताले उपलब्ध गराउने सेवा, शर्त र सुविधा उल्लेख भएको हुनु पर्नेछ।
- तेस्रो पक्ष सहजकर्ताले वार्षिक विवरण पेश गर्नु पर्नेः तेस्रो पक्ष सहजकर्ताले आफूले गरेको काम कारबाहीको वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र प्राधिकरणमा पेश गर्नु पर्नेछ।
- कम्पनी स्थापना गरी कार्य गर्न पूर्वस्वीकृति लिनु पर्नेः विदेशी बीमा सर्भेयर, बीमा दलाल तथा तेस्रो पक्ष सहजकर्ताले नेपालमा शाखा कार्यालय खोली वा संयुक्त लगानीमा कम्पनी स्थापना गरी कार्य गर्न प्राधिकरणको पूर्वस्वीकृति लिनु पर्नेछ।
- बीमा मध्यस्थकर्ताको परीक्षाः (१) बीमा अभिकर्ता, बीमा सर्भेयर, तेस्रो पक्ष सहजकर्ता वा बीमा दलालको इजाजतपत्र दिने प्रयोजनको लागि प्राधिकरण आफैँले वा कुनै संस्थामार्फत परीक्षा सञ्चालन गर्न वा गराउनेछ।
(२) बीमा अभिकर्ता, बीमा सर्भेयर, तेस्रो पक्ष सहजकर्ता वा बीमा दलालको इजाजतपत्र लिन इच्छुक व्यक्ति वा संस्थाको सञ्चालक वा मुख्य व्यवस्थापकले प्राधिकरण वा प्राधिकरणबाट मान्यताप्राप्त संस्थाले सञ्चालन गरेको उपनियम (१) बमोजिमको सम्बन्धित विषयको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ।
- बीमा मध्यस्थकर्ताको इजाजतपत्र खारेजीः (१) बीमा अभिकर्ता, बीमा सर्भेयर, तेस्रो पक्ष सहजकर्ता, बीमा दलाल वा अन्य बीमा अभिकर्ताले स्वेच्छिक रुपमा इजाजतपत्र खारेजीको लागि प्राधिकरणमा निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा देहायका विवरण तथा कागजात समेत पेश गर्नु पर्नेछः-
(क) बीमा मध्यस्थकर्ता सम्बद्ध बीमकले त्यस्तो मध्यस्थकर्ताको कुनै दायित्व नरहेको भनी गरेको सिफारिसपत्र,
(ख) इजाजतपत्रको सक्कल प्रति।
(३) उपनियम (२) बमोजिम पेश भएको निवेदन उपरको जाँचबुझ गर्दा उपयुक्त देखिएको र नेपाल सरकार तथा प्राधिकरणमा निजले बुझाउनु पर्ने कुनै दायित्व समेत नरहेको देखिएमा प्राधिकरणले त्यस्तो इजाजतपत्र खारेज गर्नेछ।
परिच्छेद-१२
अन्य बीमा सेवा प्रदायक
- दाबी अन्वेषकः बीमालेख अनुरूप बीमा दाबी भए वा नभएको र बीमामा छलकपट वा जालसाजी भए वा नभएको विषयमा छानबिन गर्नको लागि बीमकले दाबी अन्वेषकलाई नियुक्त गर्न सक्नेछ।
- अन्डरराइटर: बीमायोग्य व्यक्ति तथा सम्पत्तिमा निहित जोखिमको विश्लेषण गरी जोखिमाङ्कन गर्न सो विषयमा विज्ञता भएको व्यक्ति तथा संस्थाले निवेदन पेश गरेमा प्राधिकरणले अन्डरराइटरको इजाजतपत्र प्रदान गर्न सक्नेछ
- बीमा एग्रिगेटर: बीमकले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्क समेतको तुलनात्मक विश्लेषण गरी उपयुक्त शर्त तथा बीमालेख छनोट गर्न सहयोग गर्ने उद्देश्यले कुनै संस्थाले निवेदन दिएमा प्राधिकरणले बीमा एग्रिगेटरको इजाजतपत्र प्रदान गर्न सक्नेछ।
- बीमालेख निर्माता: बीमा क्षेत्रमा उपयुक्त बीमालेख तयार गर्ने संस्थालाई प्राधिकरणले बीमालेख निर्माता (प्रोडक्ट डेभलपर) को इजाजतपत्र प्रदान गर्न सक्नेछ।
- पूर्वस्वीकृति लिनु पर्नेः विदेशी अन्य बीमा सेवा प्रदायकले नेपालमा शाखा कार्यालय खोली वा संयुक्त लगानीमा कम्पनी स्थापना गरी कार्य गर्न नियम ७० बमोजिम प्राधिकरणको पूर्वस्वीकृति लिनु पर्नेछ।
- शुल्क सम्बन्धी व्यवस्था: अन्य बीमा सेवा प्रदायकको इजाजतपत्र शुल्क, नवीकरण शुल्क र विलम्ब शुल्क अनुसूची-14 मा उल्लेख भए बमोजिम हुनेछ।
परिच्छेद-१३
नियमन, निरीक्षण तथा अनुगमन
- विवरण तथा कागजात उपलब्ध गराउनु पर्नेः ऐनको दफा ९८ बमोजिम बीमक, बीमा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक वा त्यस्तो बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकसँग सम्बन्धित व्यक्ति वा संस्थाको काम कारबाहीको सम्बन्धमा नियमन, निरीक्षण वा अनुगमन गर्न प्राधिकरणबाट खटिएको विशेषज्ञ वा कर्मचारीले माग गरेको विवरण तथा कागजात त्यसरी खटिएको विशेषज्ञ वा कर्मचारीले तोकेको समयमा उपलब्ध गराउनु बीमा व्यवसायसँग सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ।
- नियमन शुल्कः (१) ऐनको दफा ७९ र १०० बमोजिमको नियमन शुल्क बीमकले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र प्राधिकरणमा बुझाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बीमकले नियमन शुल्क नबुझाएमा बुझाउन बाँकी रहेको शुल्कको अतिरिक्त त्यसमा वार्षिक दश प्रतिशतका दरले हुन आउने रकम व्याज समेत प्राधिकरणमा बुझाउनु पर्नेछ।
(३) बीमकले आर्जन गरेको कुल बीमाशुल्कमा बीमकको अन्तिम लेखापरीक्षण पश्चात तयार भएको वित्तीय विवरणमा फरक पर्न गएमा त्यसरी फरक पर्न गएको रकम प्राधिकरणले मिलान गर्नु पर्नेछ।
(४) ऐनको दफा १०० को उपदफा (२) बमोजिमको नियमन शुल्क बीमा मध्यस्थकर्ताको हकमा अनुसूची-७ मा उल्लेख भए बमोजिम र अन्य बीमा सेवा प्रदायकको हकमा अनुसूची-१४ मा उल्लेख भए बमोजिम हुनेछ।
(५) उपनियम (४) बमोजिमको नियमन शुल्क प्रत्येक पटक इजाजतपत्र नवीकरण गर्दा बुझाउनु पर्नेछ।
परिच्छेद-१४
समस्याग्रस्त बीमक तथा विशेष व्यवस्थापन समूह
- बीमकको सुधारका लागि आदेश दिन सक्नेः (१) ऐनको दफा १०२ को उपदफा (१) बमोजिम अवधि तोकी प्राधिकरणले समस्याग्रस्त बीमकको सुधारका लागि कुनै आदेश दिन सक्नेछ।
(२) ऐनको दफा १०२ को उपदफा (१) को खण्ड (झ) बमोजिम बीमकले प्राधिकरणले तोकेको अवधिभित्र सञ्चालक, व्यवस्थापक वा कर्मचारी कटौती नगरेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरण आफैँले त्यस्तो सञ्चालक, व्यवस्थापक वा कर्मचारीलाई सात दिनको समय दिई स्पष्टीकरण सोध्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम स्पष्टीकरण पेश नगरेमा वा निजले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएमा ऐनको दफा १०२ को उपदफा (२) बमोजिम प्राधिकरणले त्यस्तो सञ्चालक, व्यवस्थापक वा कर्मचारीलाई पदबाट हटाउन सक्नेछ।
- विशेष व्यवस्थापन समूह गठनः (१) ऐनको दफा १०२ बमोजिम नियन्त्रणमा लिइएको बीमकको सञ्चालन तथा व्यवस्थापनको लागि प्राधिकरणले ऐनको दफा ५७ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिमको योग्यता पुगेका व्यक्तिमध्येबाट तीन जना सदस्य रहेको विशेष व्यवस्थापन समूह गठन गरी त्यस्तो समूहमार्फत उक्त बीमकको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य अघि बढाउनेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष व्यवस्थापन समूहको कुनै सदस्यको कार्यसम्पादन सन्तोषजनक नभएमा प्राधिकरणले निजलार्इ जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।
तर प्राधिकरणले त्यसरी पदबाट हटाउनुअघि निजलार्इ सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
- उपयुक्तताको परीक्षण गर्नु पर्नेः विशेष व्यवस्थापन समूहले ऐनको दफा १०४ को उपदफा (२) बमोजिम बीमकले जारी गरेको कुनै वा सबै शेयरधनीको शेयर वा अन्य उपकरण अन्य कुनै व्यक्ति वा संस्थाको नाममा नामसारी वा हस्तान्तरण गर्नुअघि त्यस्तो शेयर वा उपकरण हस्तान्तरण वा नामसारी गरी लिने व्यक्ति वा संस्थाको उपयुक्तताको परीक्षण (फिट एण्ड प्रोपर टेष्ट) गर्नु पर्नेछ।
- वित्तीय विवरण पेश गर्नु पर्नेः ऐनको दफा १०४ को उपदफा (७) बमोजिम विशेष व्यवस्थापन समूहले बीमकको वित्तीय विवरण, सो संस्थाको सम्पत्ति बिक्रीको योजना र सो सम्बन्धमा आफ्नो दृष्टिकोण, सो संस्थाको दायित्वको पूर्वानुमान वा सोको भुक्तानीको तरिका, सम्पत्तिको वास्तविक हस्तान्तरण र दायित्वको अनुमान सहितको विवरण प्राधिकरणमा पेश गर्नु पर्नेछ।
- बीमकको सम्पत्ति बिक्री गर्ने तरिकाः ऐनको दफा १०४ को उपदफा (६) बमोजिम विशेष व्यवस्थापन समूहले सम्बन्धित बीमकको आर्थिक प्रशासन विनियमावली अनुसार आधारभूत न्यूनतम मूल्य निर्धारण गरी त्यस्तो बीमकको सम्पत्ति बिक्री गर्नु पर्नेछ।
- विस्तृत वित्तीय विवरण तयार गरी पेश गर्नु पर्ने: नियन्त्रणमा लिइएको बीमकको वास्तविक स्थिति देखिने गरी विशेष व्यवस्थापन समूहले ऐनको दफा १०७ बमोजिम नयाँ वित्तीय विवरण र सो सम्बन्धी विस्तृत विवरण तयार गरी प्राधिकरणमा पेश गर्नु पर्नेछ।
- जफत गरिएको शेयर लिलाम बिक्री गर्ने अवधिः ऐनको दफा १०९ को खण्ड (क) बमोजिम विशेष व्यवस्थापन समूहले जफत गरेको शेयरलाई लिलाम बढाबढको माध्यमबाट तीन महिनाभित्र बिक्री गरी हस्तान्तरण गर्नु पर्नेछ।
- अन्तिम प्रतिवेदन पेश गर्नु पर्ने: ऐनको दफा ११२ बमोजिम विशेष व्यवस्थापन समूहले आफूले नियन्त्रणमा लिएको बीमकको सम्बन्धमा ऐन बमोजिम गर्नु पर्ने कार्य सम्पन्न गरेको, आफ्नो कार्यावधि समाप्त भएको वा कुनै कारणले सो समूह विघटन भएकोमा त्यसरी कार्य सम्पन्न गरेको, कार्यावधि समाप्त भएको वा विघटन भएको मितिले तीस दिनभित्र आफूले सम्पन्न गरेको काम कारबाही सम्बन्धी विवरण समावेश गरी अन्तिम प्रतिवेदन तयार गरी प्राधिकरणमा पेश गर्नु पर्नेछ।
परिच्छेद…१५
बीमा व्यवसाय हस्तान्तरण तथा बीमक गाभ्ने वा गाभिने सम्बन्धी व्यवस्था
- बीमा व्यवसाय हस्तान्तरणः (१) ऐनको दफा ११३ बमोजिम बीमा व्यवसायको प्रकार (पोर्टफोलियो) हस्तान्तरण गरी लिन वा दिन चाहने बीमकले देहायका कागजात सहित प्राधिकरणमा संयुक्त निवेदन दिनु पर्नेछः-
- पोर्टफोलियो लिने दिने दुवै बीमकको साधारण सभाबाट पारित भएको विशेष प्रस्ताव,
- पोर्टफोलियो हस्तान्तरण सम्बन्धमा एकआपसमा भएको सम्झौता,
- पोर्टफोलियो हस्तान्तरणपश्चात उक्त पोर्टफोलियो अन्तर्गत सिर्जना हुने दायित्व स्वीकार गर्ने सम्बन्धमा पोर्टफोलियो लिने बीमकको सञ्चालक समितिले गरेको निर्णय,
- पोर्टफोलियो हस्तान्तरण गरी लिने बीमकले प्राधिकरणले निर्धारण गरे बमोजिमको पुँजीकोष र सोल्भेन्सी कायम हुने आधार।
(२) विदेशी बीमकले स्वदेशी बीमकलाई पोर्टफोलियो हस्तान्तरण गर्न चाहेमा निज बीमकको प्रधान कार्यालयले आफ्नो नियमनकारी निकायसँग स्वीकृति लिएको हुनु पर्नेछ।
(3) यस नियम बमोजिम व्यवसाय हस्तान्तरण गर्दा प्राधिकरणले आवश्यक शर्त सहित स्वीकृति प्रदान गर्न सक्नेछ।
- बीमा व्यवसाय हस्तान्तरण सम्बन्धी अन्य व्यवस्थाः (१) नियम ८९ मा जुनसुकै कुरा लेखिएको भए तापनि पुनर्बीमकले अर्को पुनर्बीमकलाई पोर्टफोलियो हस्तान्तरण गर्नुपूर्व प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ।
तर प्राधिकरणले निर्धारण गरेको रेटिङ्ग कायम नभएको पुनर्बीमकलाई पोर्टफोलियो हस्तान्तरण गर्न पाइने छैन।
(२) यस नियम बमोजिम हस्तान्तरण गरेको व्यवसायको जानकारी कम्तीमा दुई पटक राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन तथा अन्य प्रसारण संस्थामार्फत प्रसारण गर्नु पर्नेछ।
- गाभ्ने, गाभिने र प्राप्ति सम्बन्धी अन्य व्यवस्था: (१) ऐनको दफा ११४ बमोजिम गाभ्न वा गाभिन वा दफा ११६ बमोजिम प्राप्ति गर्न चाहेमा त्यस्तो बीमकले आफ्नो सञ्चालक समितिबाट निर्णय गरी सैद्धान्तिक स्वीकृतिको लागि देहायका कुरा खुलाई प्राधिकरणमा संयुक्त रुपमा निवेदन दिनु पर्नेछः-
- बीमक एकआपसमा गाभ्नु, गाभिनु वा प्राप्ति गर्नुको आवश्यकता तथा औचित्य र सोबाट बीमा क्षेत्रमा पर्ने असरको सामान्य प्रक्षेपण,
- गाभ्ने र गाभिने वा प्राप्ति गर्ने दुवै बीमकको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण,
- बीमितको हित सुरक्षार्थ गरिएको व्यवस्था,
- गाभिने बीमकको चल अचल सम्पत्ति र दायित्वको भुक्तानी अवधि सहितको यथार्थ विवरण,
- बीमकका कर्मचारीको व्यवस्थापनको विवरण,
- बीमकहरुले गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी गरेको प्रारम्भिक सम्झौतापत्र।
(२) उपनियम (१) बमोजिम सैद्धान्तिक सहमति प्राप्त गरेको बीमकले आ-आफ्नो सम्पत्ति र दायित्वको मूल्याङ्कन गर्नुअघि बीमा सम्बन्धी दायित्वको बीमाङ्कीय मूल्याङ्कन गर्नु पर्नेछ।
(३) उपनियम (१) को प्रयोजनको लागि ऐनको दफा ११४ र ११६ बमोजिम नियुक्त भएको मूल्याङ्कनकर्ताले सो उपनियममा उल्लिखित विषयका अतिरिक्त प्राधिकरणले तोकिदिएका अन्य विषयमा समेत अध्ययन गरी प्रतिवेदन पेश गर्नु पर्नेछ।
(४) ऐनको दफा ११६ को उपदफा (८) बमोजिम लक्षित बीमकको विस्तृत लेखापरीक्षण प्रतिवेदन (ड्यू डिलिजेन्स अडिट रिपोर्ट) तयार गरी आपसी सम्झौताबाट कायम भएको स्वाप अनुपात अनुरुपको शेयर सङ्ख्या प्राप्ति गर्ने बीमकले खरिद गर्नु पर्नेछ।
(५) प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति प्राप्त गरेपश्चात गाभ्ने, गाभिने वा प्राप्ति गर्ने बीमकले साधारणसभाबाट सो सम्बन्धी प्रस्ताव पारित गरी अन्तिम स्वीकृतिको लागि प्राधिकरणमा पेश गर्नु पर्नेछ।
(६) गाभ्ने, गाभिने तथा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका बीमकलाई प्राधिकरणले आवश्यकता र औचित्यका आधारमा अवधि तोकी छुट सुविधा दिन सक्नेछ।
(७) प्राधिकरणले बीमा व्यवसायलाई व्यवस्थित गर्न बीमकहरुको बीचमा गाभ्ने, गाभिने तथा प्राप्तिको लागि प्रोत्साहन गर्न बीमकलाई आवश्यक छुट सुविधा दिन सक्नेछ।
परिच्छेद…१६
बीमा कम्पनीको दामासाही
- प्राधिकरणले दामासाहीको कारबाही प्रारम्भ गर्न सक्ने: ऐनको दफा ११९ बमोजिम भुक्तानी अवधि पूरा भइसकेको वा तत्काल भुक्तानी गर्नु पर्ने दायित्व तीन वर्षसम्म पूरा गर्न नसकेमा सो कुरा पुष्टि गर्ने पर्याप्त आधार सहित प्राधिकरणले कुनै बीमकको दामासाहीको कारबाही प्रारम्भ गर्न प्रक्रिया अगाडि बढाउन सक्नेछ।
- बीमकले खर्च गर्न नपाउने गरी रोक्का गर्नु पर्नेः (१) ऐनको दफा १२२ को उपदफा (४) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि नेपालमा त्यस्तो कार्यालयले व्यहोर्नु पर्ने दायित्व बापतको रकम असुल उपर गर्न त्यस्तो बीमकले खर्च गर्न नपाउने गरी प्राधिकरणले देहाय बमोजिम निजको सम्पत्ति रोक्का गर्नु पर्नेछः-
- बैङ्क तथा वित्तीय संस्थामा रहेको रकमको हकमा नेपाल राष्ट्र बैङ्कमार्फत खाता रोक्का गर्ने,
- अचल सम्पत्तिको हकमा सम्बन्धित मालपोत कार्यालयमा रोक्का राख्न लेखी पठाउने,
- गाडी लगायतका चल सम्पत्तिको हकमा सम्बन्धित कार्यालयमार्फत रोक्का राख्ने,
- अन्य चल सम्पत्तिको हकमा आफ्नो जिम्मामा लिई सुरक्षित राख्ने,
- आसामीको हकमा सो बीमकले बुझी लिनु पर्ने रकम समेत बुझिलिई रोक्का गर्ने व्यवस्था गर्ने।
(२) विदेशी बीमा कम्पनीको नेपालमा रहेको शाखा कार्यालयको उपनियम (१) बमोजिम रोक्का राखिएको रकमबाट त्यस्तो कार्यालयबाट व्यहोर्नु पर्ने दायित्व पूरा गर्नु पर्नेछ।
परिच्छेद-१७
दाबी भुक्तानी सम्बन्धी व्यवस्था
- दाबी नगरिएको रकमः (1) ऐनको दफा १२३ को प्रयोजनको लागि एक वर्षभित्र बीमा दाबी भुक्तानी हुन नसकेमा उक्त दाबी नगरिएको रकम बीमकले दाबी नभएको कोष (अनक्लेम्ड फण्ड) मा जम्मा गर्नु पर्नेछ।
(२) जीवन बीमकको हकमा उपनियम (१) बमोजिमको रकम दश वर्षसम्म बीमित वा निजको हकवालालाई भुक्तानी हुन नसकेमा एक वर्षभित्र त्यस्तो रकम बीमित हित संरक्षण कोषमा जम्मा गर्नु पर्नेछ।
(३) निर्जीवन बीमकको हकमा उपदफा (१) बमोजिमको रकम दश वर्षसम्म बीमित वा निजको हकवालालाई भुक्तानी हुन नसकेमा त्यस्तो रकमको प्रयोग प्राधिकरणले दिएको निर्देशन बमोजिम गर्नु पर्नेछ।
- हकवाला पहिचान सम्बन्धी व्यवस्था: बीमकले दाबी भुक्तानी गर्नुअघि भुक्तानी लिने व्यक्ति प्रचलित कानून बमोजिम हकवालाभित्र पर्ने व्यक्ति भए वा नभएको पहिचान गर्नु पर्नेछ।
- जानकारी दिनु पर्ने: (१) बीमकले बीमा दाबी भुक्तानी गर्नु नपर्ने भएमा सोको कारण सहित सात दिनभित्र दाबीकर्तालाई लिखित जानकारी दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम दिएको जानकारी सम्बन्धित व्यक्तिले प्राप्त गरेको सुनिश्चित गरी सोको प्रमाण सुरक्षित राख्नु पर्नेछ।
(३) दाबी भुक्तानी गर्नु नपर्ने बीमालेखको हकमा दाबी भुक्तानी दिन नमिल्ने भए सोको कारण सहित त्रैमासिक रूपमा त्यस्तो अवधि समाप्त भएको तीस दिनभित्र प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ।
- सानो रकम तथा स्पष्ट क्षति वा हानि नोक्सानीको दाबी भुक्तानीः बीमकले ऐनको दफा १२५ बमोजिम सानो रकमको दाबी वा दफा १२६ बमोजिम स्पष्ट क्षति वा हानि नोक्सानीको बीमा दाबी भुक्तानी गर्दा दाबी सम्बन्धी आवश्यक कागजात प्राप्त भएको सात दिनभित्र फर्स्यौट गर्नु पर्नेछ।
- जीवन बीमाको दाबी फर्स्यौट: (१) बीमकले जीवन बीमा परिपक्व हुनुभन्दा सात दिनअगावै त्यस्तो जीवन बीमाको दाबी भुक्तानीको लागि बीमित वा बीमालेख धारकको नाममा लिखित सूचना जारी गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बीमित वा बीमालेख धारकले जीवन बीमाको दाबी भुक्तानीको निमित्त कागजात बीमक समक्ष पेश गरेमा बीमकले आवश्यक जाँचबुझ गरी जीवन बीमालेखको अवधि भुक्तान भएको सात दिनभित्र निजलाई जीवन बीमाको दाबी भुक्तानी दिनु पर्नेछ।
(३) कुनै जीवन बीमालेखको अवधि समाप्त हुनुअगावै सो बीमालेख लिने बीमितको मृत्यु भएमा ऐनको दफा १२७ बमोजिम भुक्तानी पाउने व्यक्तिले त्यस्तो जीवन बीमाको रकम लिनको लागि देहायका विवरण खुलाई दाबी भुक्तानीको निवेदन बीमक समक्ष पेश गर्नु पर्नेछ:-
(क) दाबी सम्बन्धी विवरण,
(ख) बीमितको मृत्यु दर्ता प्रमाणपत्र,
(ग) दुर्घटनाबाट बीमितको मृत्यु भएकोमा मृत्युको कारण सम्बन्धमा शवपरीक्षणको प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन,
(घ) बीमितसँगको नाता प्रमाणपत्र।
(४) उपनियम (३) बमोजिमको निवेदन प्राप्त भएपछि बीमकले जीवन बीमा दाबीको सम्बन्धमा पेश भएका कागजात समेतका विवरण छानबिन गरी आवश्यक भए अन्य कुराहरु समेत बुझी आफू समक्ष त्यस्ता कागजात प्राप्त भएको मितिले पन्ध्र दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनको निमित्त निवेदकको नाममा सूचना जारी गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम जारी गरेको सूचनामा निवेदकले सहमति जनाएमा तीन कार्य दिनभित्र बीमकले दाबी भुक्तानी गर्नु पर्नेछ।
- निर्जीवन बीमाको दाबी फर्स्यौटः (१) बीमा गरिएको जोखिमको कारणले बीमा गरिएको वस्तुमा क्षति भएको खण्डमा बीमालेखमा उल्लेख भएकोमा सोही बमोजिम र अन्यको हकमा यथासम्भव छिटो वा क्षतिको प्रमाण नष्ट हुनुअगावै वा निरन्तर क्षति भइरहेको अवस्था भएमा सम्भव भएसम्म त्यसरी क्षति भइरहेको अवधिभित्रै बीमितले बीमकलाई टेलिफोन, एसएमएस, इमेल, फ्याक्स, लिखित पत्र वा अन्य कुनै भौतिक वा विद्युतीय माध्यमबाट खबर वा जानकारी गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम क्षतिको खबर वा जानकारी प्राप्त गरेपछि दाबी सहजीकरण गर्न र बीमितलाई सहयोग गर्न बीमकले तुरुन्त कर्मचारी वा प्रतिनिधि खटाउनु पर्नेछ।
(३) बीमकले बीमितसँग दाबी फाराम सहित आवश्यक कागजात एकमुष्ठ माग गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिम बीमा दाबीको सूचना वा जानकारी प्राप्त भएपछि बीमक आफैँले क्षति मूल्याङ्कन गर्ने अवस्था बाहेक बढीमा सात दिनभित्र सर्भेयरलाई खटाई सोको जानकारी बीमितलाई समेत दिनु पर्नेछ।
(5) उपनियम (4) बमोजिम खटिएको सर्भेयरले आवश्यक जाँचबुझ गरी निर्जीवन बीमाको किसिम अनुसार दायित्व निर्धारण गरी नियम ६० बमोजिमको अवधिभित्र विस्तृत विवरण सहितको प्रतिवेदन बीमक समक्ष पेश गर्नु पर्नेछ र बीमालेखको शर्त र सुविधाको अधीनमा रही बीमितले पाउने रकम उल्लेख गरी सोको जानकारी बीमितलाई दिनु पर्नेछ।
(6) सर्भेयरले बीमा गरिएको वस्तुको क्षति र सर्भेस्थल स्पष्ट रूपमा देखिने गरी विभिन्न कोणबाट खिचेको फोटो तथा भिडियो क्षति मूल्याङ्कन प्रतिवेदनसँग संलग्न गर्नु पर्नेछ।
(7) उपनियम (5) बमोजिम सर्भेयरले प्रतिवेदन पेश गरेको सात दिनभित्र बीमकले दाबी फर्स्यौट गर्नु पर्नेछ र दाबी भुक्तानी गर्नु नपर्ने भएमा कारण सहित सोही अवधिभित्र दाबीकर्तालाई लिखित जानकारी दिनु पर्नेछ।
(८) उपनियम (७) बमोजिमको जानकारी बीमितले बुझी लिएको सुनिश्चित गरी सोको प्रमाण बीमकले सुरक्षित राख्नु पर्नेछ।
(9) उपनियम (4) बमोजिम खटिएको सर्भेयरले गरेको काम उपयुक्त नदेखिई अर्को सर्भेयर खटाउनु पर्ने भएमा बीमकले सोको स्पष्ट आधार र कारण खुलाई अर्को सर्भेयर खटाउन सक्नेछ।
- निर्जीवन बीमाको दाबी फर्स्यौट सम्बन्धी अन्य व्यवस्थाः (1) नियम ९९ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास बीमा दाबीको क्षति मूल्याङ्कन गर्न नेपालमा इजाजतपत्रप्राप्त सर्भेयर उपलब्ध हुन नसकी विदेशी सर्भेयर नियुक्त गर्नु पर्ने भएमा सोको स्पष्ट आधार र कारण खुलाई प्राधिकरणमा स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा विदेशी सर्भेयरले इजाजतपत्रप्राप्त नेपाली सर्भेयरसँग संयुक्त सर्भे गर्ने गरी प्राधिकरणले स्वीकृति दिन सक्नेछ।
(३) बीमक आफैँले क्षति मूल्याङ्कन गर्ने अवस्थामा नियम ६० बमोजिमको अवधिभित्र क्षति मूल्याङ्कन गर्नु पर्नेछ।
(४) बीमालेखमा अन्यथा उल्लेख गरिएकोमा बाहेक बीमकले दाबी भुक्तानी गर्दा घटना घटेको समयमा भएको वास्तविक क्षति वा बीमाङ्क रकम जुन कम हुन्छ सो बराबरको रकम मात्र दाबी भुक्तानी गर्नु पर्नेछ।
(५) यस नियममा जुनसुकै कुरा लेखिएको भए तापनि गम्भीर प्रकृतिको प्राकृतिक वा गैरप्राकृतिक विपद् वा महामारी घोषणा भएको क्षेत्रमा त्यस्तो अवधिभर प्राधिकरणले दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि बनाई लागू गर्न सक्नेछ।
(६) काबु बाहिरको परिस्थिति परी तोकिएको समयभित्र बीमकले सर्भेयर खटाउन वा खटाइएको सर्भेयरले क्षति मूल्याङ्कन प्रतिवेदन बीमक समक्ष पेश गर्न नसकेमा बीमितको सहमतिमा थप समय प्रदान गर्न सकिनेछ र सोको जानकारी प्राधिकरणमा दिनु पर्नेछ।
(७) कुनै बीमा दाबी शङ्कास्पद देखिएमा बीमकले आवश्यकता अनुसार दाबी अन्वेषक खटाउन सक्नेछ र सोको जानकारी प्राधिकरणलाई दिनु पर्नेछ।
परिच्छेद-1८
उजुरी सम्बन्धी व्यवस्था
- उजुरी सम्बन्धी व्यवस्था: (१) ऐनको दफा १२८ वा १२९ बमोजिम बीमितले प्राधिकरणमा उजुरी गर्दा अनुसूची-15 को ढाँचामा गर्नु पर्नेछ।
(२) ऐनको दफा १२९ बमोजिम हानि नोक्सानीमा परेको मितिले तीन महिनाभित्र उजुरी गर्नु पर्नेछ।
(३) यस नियम बमोजिम दिएको उजुरी रीतपूर्वकको भए वा नभएको प्राधिकरणले जाँच गरी रीत पुगेको भए दायरी किताबमा दर्ता गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम रीत नपुगेको उजुरीको हकमा तीन दिनभित्र रीत पुर्याई ल्याउन उजुरकर्तालाई उजुरी फिर्ता दिनु पर्नेछ र सो अवधिभित्र उजुरीकर्ताले रीत पुर्याई ल्याएमा उजुरी दर्ता गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र रीत पुर्याई उजुरी नगरेमा सम्बन्धित अधिकारीले कारण खुलाई दरपीठ गर्न सक्नेछ।
(६) उपनियम (५) बमोजिमको दरपीठ सम्बन्धी निर्णयमा चित्त नबुझेमा उजुरीवालाले अध्यक्ष समक्ष निवेदन गर्न सक्नेछ।
(७) उपनियम (३) वा (४) बमोजिम उजुरी दर्ता भएको एक हप्ताभित्र ऐनको दफा १२८ को उपदफा (२) बमोजिमको म्याद दिई प्रतिउत्तर पेश गर्न सम्बन्धित पक्षलाई सूचना पठाउनु पर्नेछ।
(८) उपनियम (७) बमोजिम प्राधिकरणमा प्रतिउत्तर पेश गर्दा अनुसूची-१6 बमोजिमको ढाँचामा पेश गर्नु पर्नेछ।
(९) उपनियम (३) बमोजिम दर्ता हुन आएको उजुरी उपर प्राधिकरणले तारिख तोकी कारबाही तथा सुनुवाई गर्नु पर्नेछ।
(१०) प्राधिकरणले बीमा दाबी सम्बन्धी उजुरीको सम्बन्धमा पेश हुन आएका कागज प्रमाणको आधिकारिकता बुझ्न आवश्यक देखेमा सम्बन्धित निकायमा लेखी पठाउन वा सो सम्बन्धी विशेषज्ञको राय लिन सक्नेछ।
(११) यस नियम बमोजिम प्राधिकरणले उजुरीको सुनुवाई गर्दा खुला र पारदर्शी रुपमा गर्नु पर्नेछ।
(१२) यस नियम बमोजिमको उजुरीको सम्बन्धमा विवादका पक्षले कानून व्यवसायी तथा वारेसमार्फत प्राधिकरणमा प्रतिनिधित्व गर्न सक्नेछ।
(१३) उजुरीको सुनुवाई वा निर्णय गर्दा पक्षहरुको उपस्थितिमा गर्नु पर्नेछ।
तर सुनुवाईको लागि तोकिएको तारिखमा कुनै पक्ष उपस्थित नभए पनि उजुरीको सम्बन्धमा निर्णय गर्न बाधा पुगेको मानिने छैन।
(१४) उजुरीको सुनुवाई गर्ने अधिकारीले आफ्नो वा आफ्नो नजिकको नातेदारको हक, हित वा सरोकार रहेको उजुरीको कारबाही, सुनुवाई र किनारा गर्नु हुँदैन।
स्पष्टीकरण: यस उपनियमको प्रयोजनको लागि “नजिकको नातेदार” भन्नाले प्रचलित कानून बमोजिम अपुताली प्राप्त गर्न सक्ने प्राथमिकताक्रममा रहेको व्यक्ति, मामा, माइजु, सानीआमा, ठूलीआमा, सानोबाबु, ठूलोबाबु, पति वा पत्नीतर्फका सासू, ससुरा, फुपू, फुपाजु, साला, जेठान, साली, दिदी, बहिनी, भिनाजु, बहिनी ज्वाई, छोरी ज्वाई, भाञ्जा, भाञ्जी, भाञ्जी ज्वाई, भाञ्जी बुहारी तथा त्यस्तो नाताका व्यक्तिको परिवारको सदस्य सम्झनु पर्छ।
- कागज प्रमाण बुझ्नेः प्राधिकरणले आफू समक्ष परेको उजुरीको सुनुवाईको क्रममा आवश्यक देखिएमा सम्बन्धित पक्षलाई कागज पेश गर्न लगाउने तथा मुचुल्काको रोहबरमा बसेको व्यक्तिलाई बुझ्न सक्नेछ।
- निर्णय वा आदेश कार्यान्वयन सम्बन्धी व्यवस्था: (१) प्राधिकरणले आफू समक्ष परेको उजुरीको छ महिनाभित्र निर्णय गरी सक्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निर्णय भएको पन्ध्र दिनभित्र अनुसूची-17 बमोजिमको ढाँचामा निर्णय वा आदेश तयार गर्नु पर्नेछ र त्यसरी तयार भएको निर्णय वा आदेश कार्यान्वयनका लागि प्राधिकरणले सात दिनभित्र सम्बन्धित पक्षलाई लेखी पठाउनु पर्नेछ।
(३) ऐनको दफा १२८ को उपदफा (५) वा दफा १२९ को उपदफा (५) बमोजिम पुनरावेदन परी निर्णय अन्तिम भएको अवस्थामा कुनै पक्षले प्राधिकरणमा निर्णय कार्यान्वयनका लागि निवेदन दिन सक्नेछ।
(4) उपनियम (२) बमोजिमको निर्णयको कार्यान्वयन गर्न प्राधिकरणले सम्बन्धित पक्षलाई लेखी पठाउनु पर्नेछ।
- बीमा मध्यस्थताः (१) ऐनको दफा १३० बमोजिम मध्यस्थता गर्नको लागि ऐनको दफा ६ को उपदफा (१) को खण्ड (ग) बमोजिमको सदस्यको संयोजकत्वमा प्राधिकरणको कार्यकारी निर्देशक र सम्बन्धित विभागको विभागीय प्रमुख सदस्य रहने गरी तीन सदस्यीय मध्यस्थता समिति रहनेछ।
(२) मध्यस्थता समितिका संयोजक तथा सदस्यले आफ्नो स्वार्थ बाझिने विषय वा पक्षहरू रहेछन् भने मध्यस्थता समितिलाई जानकारी गराई निर्णय प्रक्रियाबाट अलग हुनु पर्नेछ।
परिच्छेद-१९
प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन
- प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन: प्रदेशले बीमा सञ्चालन र व्यवस्थापन सम्बन्धमा ऐनको दफा १३१ बमोजिमका अतिरिक्त बीमाको प्रचारप्रसार तथा प्रवर्द्धन र देहायका विषयको गुनासो सुनुवाई गर्ने कार्य गर्नेछः-
(क) बीमकको सेवा प्रवाह सम्बन्धी गुनासो,
(ख) बीमा कर्मचारी, मध्यस्थकर्ता तथा तिनको सेवा प्रवाह सम्बन्धी गुनासो,
(ग) दाबी भुक्तानी सम्बन्धी गुनासो।
- वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेः प्रदेशमा कार्यरत बीमकले वर्षभरिमा आफूले गरेको काम कारबाहीको कम्तीमा देहायको विषय खुलाई प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको मितिले नब्बे दिनभित्र प्रदेशको सम्बन्धित निकाय र प्राधिकरणमा पेश गर्नु पर्नेछः-
(क) प्रत्येक प्रकारको बीमाशुल्क रकम र बिक्री भएको बीमालेख सङ्ख्या,
(ख) प्रत्येक प्रकारको बीमाको दाबी भुक्तानी सङ्ख्या र रकम,
(ग) प्रवाह गरिएको बीमा सेवाको विवरण।
परिच्छेद…२०
कारबाही तथा अनुसन्धान
- इजाजतपत्र निलम्बन गर्न वा व्यवसाय गर्न रोक लगाउन सक्ने अवधिः बीमकले ऐनको दफा १३६ को उपदफा (१) बमोजिमको कुनै काम गरेमा प्राधिकरणले त्यस्तो बीमकको इजाजतपत्र बढीमा एक वर्षसम्मको अवधिको लागि निलम्बन गर्न वा त्यस्तो बीमकलाई बीमा व्यवसाय गर्न आंशिक वा पूर्ण रुपमा रोक लगाउन सक्नेछ।
- स्पष्टीकरण पेश गर्ने मौका दिनु पर्नेः (१) ऐनको दफा १३७ बमोजिम कुनै बीमकको इजाजतपत्र खारेज गर्नु पर्ने भएमा प्राधिकरणले त्यसरी इजाजतपत्र खारेज गर्नुअघि सम्बन्धित बीमकलाई तीस दिनको समय दिई स्पष्टीकरण पेश गर्ने मौका दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको आधारमा बीमकको इजाजतपत्र खारेज गर्नु पर्ने भएमा त्यस्तो इजाजतपत्र खारेज हुनुभन्दा अगाडि बीमकले लिएको दायित्व देहाय बमोजिमको प्राथमिकताको आधारमा फर्स्यौट गर्नु पर्नेछः-
(क) खारेजी गर्दा लाग्ने खर्च,
(ख) बीमितलाई दिनु पर्ने बीमा दाबी बापतको रकम,
(ग) बीमकको कर्मचारीले पाउनु पर्ने पारिश्रमिक तथा अन्य बाँकी रकम,
(घ) ऋण रकम,
(ङ) नेपाल सरकारलाई तिर्नु पर्ने रकम,
(च) प्राधिकरणलाई तिर्नु पर्ने रकम।
- अनुसन्धान तथा जाँचबुझ सम्बन्धी व्यवस्था: (१) ऐनको दफा १४३ बमोजिम बीमितको अनुसन्धान वा जाँचबुझ गर्नु पर्दा प्राधिकरणले आफ्नो अधिकृतस्तरको कुनै कर्मचारीलाई अनुसन्धान अधिकृत तोक्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम तोकिएको अनुसन्धान अधिकृतले बीमितको अनुसन्धान वा जाँचबुझ गर्दा देहायका अधिकार प्रयोग गर्न सक्नेछ:-
(क) सम्बन्धित बीमितलाई कागजपत्र पेश गर्न लगाउने र आवश्यकता अनुसार सोधपुछ गर्ने,
(ख) सम्बन्धित कार्यालय वा कुनै व्यक्तिको साथमा रहेको सम्बद्ध कागजात, अभिलेख, सूचना वा प्रमाण प्राप्त गर्ने,
(ग) सम्बन्धित विषयमा विशेषज्ञको राय लिने,
(घ) अनुसन्धान वा जाँचबुझ सम्बन्धमा अन्य आवश्यक कार्य गर्ने।
(३) उपनियम (२) बमोजिम अनुसन्धान अधिकृतले माग गरेको प्रमाण, सूचना, विवरण वा कागजात उपलब्ध गराई सहयोग गर्नु वा गराउनु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ।
(४) यस नियम बमोजिम अनुसन्धान वा जाँचबुझ कार्य सम्पन्न भएको सात दिनभित्र अनुसन्धान अधिकृतले आफ्नो राय सहित प्रतिवेदन प्राधिकरणमा पेश गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम पेश भएको प्रतिवेदन समेतबाट बीमितले ऐनको दफा १४० बमोजिमको कसूर मानिने कुनै कार्य गरेको देखिएमा प्राधिकरणले ऐनको दफा १४५ र १४६ बमोजिमको अनुसन्धान, जाँचबुझ तथा कारबाहीको लागि सङ्कलित प्रमाण तथा कागजात सहित त्यस्तो प्रतिवेदन प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारी समक्ष पठाउनु पर्नेछ।
परिच्छेद…२१
विविध
- बीमित हित संरक्षण कोष सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा १५० बमोजिमको बीमित हित संरक्षण कोष सञ्चालन तथा व्यवस्थापनको लागि बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजतपत्रप्राप्त “क” वर्गको वाणिज्य बैङ्कमा छुट्टै खाता खोली कारोबार सञ्चालन गर्नु पर्नेछ।
(२) बीमित हित संरक्षण कोषको रकमको प्रयोग देहाय बमोजिम हुनेछ:-
(क) बीमक खारेजी वा दामासाहीमा परेको अवस्थामा बीमकको सम्पत्तिबाट बीमितलाई दायित्व भुक्तानी गर्न नसक्ने भएमा प्राधिकरणले निर्धारण गरे बमोजिमको रकम भुक्तानी गर्न,
(ख) ऐनको दफा १५० को उपदफा (२) को खण्ड (ग) बमोजिम कोषमा जम्मा भएकोमा बीमित पहिचान भएमा वा बीमितको मृत्यु भई दफा १२७ बमोजिम भुक्तानी प्राप्त गर्न सक्ने व्यक्तिबाट पहिचान सहित दाबी हुन आएमा त्यस्तो दाबी भुक्तानी गर्न,
(ग) देशको कुनै भू-भाग वा क्षेत्रमा महाविपत्ति लगायतका अन्य सङ्कट आइपरेको अवस्थामा बीमित हित सम्बन्धी प्राधिकरणले निर्धारण गरे बमोजिमको कार्यको लागि हुने खर्च गर्न।
(3) उपनियम (२) बमोजिम भुक्तानीमा प्रतिकूल असर नपर्ने गरी बाँकी रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कको बचतपत्र वा ऋणपत्र वा “क” वर्गको वाणिज्य बैङ्कको मुद्दती निक्षेपमा लगानी गर्न सकिनेछ।
(४) उपनिमय (3) बमोजिमको लगानीबाट प्राप्त व्याज ऐनको दफा १५० बमोजिमको कोषमा जम्मा गर्नु पर्नेछ।
- बीमा विकास कोषको प्रयोगको क्षेत्र: बीमा विकास कोषमा रहेको रकमको प्रयोग आर्थिक रुपले विपन्न वर्गका नागरिक समक्ष बीमाको पहुँच पुर्याउन देहायका क्षेत्रमा प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ:-
(क) बीमाशुल्कमा अनुदान कार्यक्रम सञ्चालन गर्न,
(ख) बीमा सम्बन्धी समुदाय लक्षित नमुना (पाइलट) परियोजना सञ्चालन गर्न,
(ग) बीमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न,
(घ) बीमा सम्बन्धी आवश्यकता पहिचान गर्न अध्ययन तथा अनुसन्धान गर्न,
(ङ) बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गर्न,
(च) लघु तथा स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न,
(छ) नेपाल सरकारको गरिबी निवारण सम्बन्धी रणनीति अन्तर्गत अतिविपन्न वर्गको प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको बीमाद्वारा रक्षावरण गर्न,
(ज) नेपाल सरकारले तोकेको कुनै खास समुदाय वा क्षेत्रलाई बीमाको दायरामा ल्याउने कुनै कार्यक्रम सञ्चालन गर्न,
(झ) नागरिकको बीमा हित संरक्षण सम्बन्धी अन्य आवश्यक कार्यक्रम सञ्चालन गर्न।
- बीमा विकास कोषको सञ्चालन तथा व्यवस्थापन: (१) ऐनको दफा १५१ बमोजिमको कोष सञ्चालन तथा व्यवस्थापनको लागि बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजतपत्रप्राप्त “क” वर्गको वाणिज्य बैङ्कमा छुट्टै खाता खोली कारोबार सञ्चालन गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम भुक्तानीमा प्रतिकूल असर नपर्ने गरी बाँकी रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कको बचतपत्र वा ऋणपत्र वा ‘क’ वर्गको वाणिज्य बैङ्कको मुद्दती निक्षेपमा लगानी गर्न सकिनेछ।
(३) उपनिमय (२) बमोजिमको लगानीबाट प्राप्त व्याज ऐनको दफा १५१ बमोजिमको कोषमा जम्मा गर्नु पर्नेछ।
- गुनासो सुन्ने अधिकारी सम्बन्धी व्यवस्थाः ऐनको दफा १५२ को प्रयोजनको लागि प्राधिकरणले अधिकृतस्तरको कर्मचारीलाई गुनासो सुन्ने अधिकारी तोक्नेछ।
- विज्ञ समूहः (१) ऐनको दफा १५४ को प्रयोजनको लागि देहाय बमोजिमको विज्ञ समूह गठन हुनेछः-
- ऐनको दफा ६ को उपदफा (१) को खण्ड (घ) वा (ङ) मध्ये
समितिले तोकेको एक जना सञ्चालक – संयोजक - महान्यायाधिवक्ताको कार्यालयको कम्तीमा राजपत्राङ्कित प्रथम
श्रेणीको प्रतिनिधि – सदस्य - नेपाल प्रहरीको नायब प्रहरी महानिरीक्षक – सदस्य
- बीमकको एक जना कार्यकारी प्रमुख – सदस्य
- प्राधिकरणको सम्बन्धित विभागको विभागीय प्रमुख – सदस्य-सचिव
(२) उपनियम (१) को खण्ड (घ) बमोजिमको प्रतिनिधि प्राधिकरणले मनोनयन गर्नेछ।
(३) उपनियम (1) बमोजिमको विज्ञ समूहले दिएको राय अध्यक्ष समक्ष पेश गरिनेछ र अध्यक्षले त्यस्तो प्रतिवेदन समिति समक्ष पेश गर्नु पर्नेछ।
(४) विज्ञ समूहले बैठकमा आवश्यकता अनुसार सम्बन्धित विषयको विज्ञ आमन्त्रण गर्न सक्नेछ।
(५) उपनियम (१) बमोजिमको बैठक सम्बन्धी अन्य कार्यविधि समूह आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
- बीमा सूचना केन्द्रः (१) ऐनको दफा १५५ बमोजिम प्राधिकरणले स्थापना गरेको बीमा सूचना केन्द्रले देहाय बमोजिमको कार्य गर्नेछ:-
- बीमा सम्बन्धी सूचनाको सङ्कलन, भण्डारण तथा वितरण,
- बीमा ठगी, जालसाजी, किर्ते लगायतका बीमा अपराध गरेको वा अस्वाभाविक वा शङ्कास्पद बीमा गतिविधि गर्ने बीमितलाई आवश्यकता अनुसार कालोसूची वा शङ्कास्पदको सूचीमा राख्ने,
(ग) ऐनको दफा १४३ को उपदफा (४) बमोजिमको सूचना सङ्कलन गरी अभिलेख राख्ने,
(घ) बीमा सम्बन्धी आवधिक प्रतिवेदन तयार गर्ने,
(ङ) बीमा सम्बन्धी अन्य आवश्यक तथ्याङ्क सङ्कलन गर्ने,
(च) केन्द्रको प्रबन्धपत्र र नियमावलीमा उल्लेख भएका अन्य उद्देश्य अनुरूप कार्य गर्ने।
(२) उपनियम (१) बमोजिमको कार्यसम्पादन गर्न आवश्यक विवरण, सूचना तथा जानकारी बीमकले बीमा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ।
- बीमा प्रतिष्ठान (इन्टिच्युट) सम्बन्धी व्यवस्थाः ऐनको दफा १५६ बमोजिम प्राधिकरणले स्थापना गरेको बीमा प्रतिष्ठान (इन्स्टिच्युट) ले बीमा सम्बन्धी जनशक्तिको क्षमता अभिवृद्धि, तालिम, अध्ययन, अनुसन्धान तथा विकास लगायत अन्य कार्यक्रम सञ्चालन गर्नेछ।
- तथ्याङ्क सम्बन्धी विवरणः (१) ऐनको दफा १५७ बमोजिम प्राधिकरणले बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकबाट सङ्कलन गर्ने तथ्याङ्क वा आवधिक रूपमा प्राप्त गर्ने विवरण, सूचना तथा जानकारी विद्युतीय माध्यमबाट लिनु पर्नेछ।
(२) प्राधिकरणले देहाय बमोजिमको बीमा क्षेत्रसँग सम्बन्धित काम, कारबाही, विवरण तथा तथ्याङ्क मासिक रूपमा सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नेछ:-
- बीमा क्षेत्रसँग सम्बन्धित मुख्य सूचकाङ्क,
- जोखिमाङ्कन, पुनर्बीमा र दाबी सम्बन्धी विवरण,
- बीमा दाबी उजुरी, गुनासो र मध्यस्थता सम्बन्धी विवरण,
- प्राधिकरणको आवधिक गतिविधि।
(३) उपनियम (१) बमोजिमको विवरण प्राधिकरणले वेबसाइटमा प्रकाशन गर्नेछ।
- दर्ता किताब राख्नु पर्ने: प्राधिकरणले इजाजतपत्रप्राप्त बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको इजाजतपत्र, नवीकरण वा कारबाहीको अभिलेख राख्न अनुसूची-18 बमोजिमको ढाँचामा छुट्टाछुट्टै दर्ता किताब राख्नु पर्नेछ।
- आचरण सम्बन्धी व्यवस्थाः बीमा मध्यस्थकर्ता र अन्य बीमा सेवा प्रदायकले प्राधिकरणले निर्धारण गरे बमोजिमको आचारसंहिता पालना गर्नु पर्नेछ।
- अनुसूचीमा संशोधन: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेछ।
- खारेजी तथा बचाउ: (१) बीमा नियमावली, २०४९ खारेज गरिएको छ।
(२) उपनियम (१) बमोजिम खारेज गरिएको नियमावली बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
अनुसूची-1
(नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
बीमकको दर्ताको पूर्वस्वीकृतिको लागि दिइने निवेदनको ढाँचा
श्री अध्यक्ष,
नेपाल बीमा प्राधिकरण।
बीमा ऐन, २०७९ को दफा २६ को उपदफा (१) तथा बीमा नियमावली, २०८१ को नियम ९ को उपनियम (१) बमोजिम बीमा व्यवसाय सञ्चालनको लागि कम्पनी संस्थापना गर्न चाहेकोले देहायका विवरण तथा कागजात र लाग्ने शुल्क बुझाएको निस्सा सहित पूर्वस्वीकृति पाउनको लागि यो निवेदन पेश गरेको छुः-
- प्रस्तावित बीमा कम्पनीको नाम: ………………………………………………………………
- व्यवसायको प्रकार: ……………………………………………………………………………..
- सम्भाव्यता अध्ययन प्रतिवेदन: ………………………………………………………………….
- संस्थापकहरुको व्यक्तिगत विवरण: …………………………………………………………….
- पछिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता भएको प्रमाण: ……………………………………..
- अन्य विवरण: ………………………………………………………………………………………..
………………………………………………………………………………………………………..
………………………………………………………………………………………………………..
निवेदकको,
दस्तखत:-
नाम:-
ठेगाना:-
मिति:-
अनुसूची-2
(नियम ९ को उपनियम (३) र नियम १० को उपनियम (२) सँग सम्बन्धित)
बीमकको पूर्वस्वीकृति तथा इजाजतपत्र शुल्क
क्र.सं. | बीमकको प्रकार | पूर्वस्वीकृति शुल्क | इजाजतपत्र शुल्क |
१. | जीवन बीमा | पाँच लाख रूपैयाँ | पाँच करोड रूपैयाँ |
२. | निर्जीवन बीमा | दुई लाख पचास हजार रूपैयाँ | दुई करोड पचास लाख रूपैयाँ |
३. | लघुबीमा | एक लाख रूपैयाँ | पचास लाख रूपैयाँ |
४. | पुनर्बीमा | दश लाख रूपैयाँ | दश करोड रूपैयाँ |
अनुसूची-3
(नियम ९ को उपनियम (४) सँग सम्बन्धित)
पूर्वस्वीकृतिको ढाँचा
नेपाल बीमा प्राधिकरण
……………………..
श्री ……………………………………,
(प्रस्तावित बीमा कम्पनीको नाम) ………………….,
विषयः बीमा कम्पनी संस्थापनाको पूर्वस्वीकृति सम्बन्धमा।
तपाईले ……………………………………….. नामको ………………………….. बीमा कम्पनी संस्थापना गर्न मिति ……………………….. मा दर्ता गर्नु भएको प्रस्ताव सम्बन्धमा बीमा ऐन, २०७९ को दफा २६ को उपदफा (५) बमोजिम ……………….. बीमा गर्ने उद्देश्य राखी देहायका शर्तको अधीनमा रही बीमा कम्पनी संस्थापना गर्न पूर्वस्वीकृति दिइएको व्यहोरा निर्णय अनुसार जानकारी गराइन्छ।
शर्तहरु:
१. प्राधिकरणबाट पूर्वस्वीकृति प्राप्त गरेको पैंतीस दिनभित्र प्रचलित कानून बमोजिम पब्लिक कम्पनी संस्थापना गर्नु पर्नेछ।
२. पूर्वस्वीकृतिको लागि प्राधिकरणमा पेश गरिने संस्थापकको नाम, शेयर स्वामित्व र अन्य विवरण कम्पनीले बीमकको रुपमा इजाजतपत्रप्राप्त नगरेसम्म संशोधन गर्न पाइने छैन।
३. ………………………………………………………………………………………………………
४. ………………………………………………………………………………………………………
५. ………………………………………………………………………………………………………
………………………………………………………………………………………………………
………………………………………………………………………………………………………
दस्तखत:
नाम:
पद:
मिति:
अनुसूची-4
(नियम १० को उपनियम (१) सँग सम्बन्धित)
बीमकको दर्ताको लागि दिइने निवेदनको ढाँचा
श्री अध्यक्ष,
नेपाल बीमा प्राधिकरण।
बीमा ऐन, २०७९ को दफा २८ को उपदफा (१) तथा बीमा नियमावली, २०८१ को नियम १० बमोजिम बीमकको रुपमा नाम दर्ता गरी प्रमाणपत्र पाउनको निमित्त लाग्ने दस्तुर सहित देहायका विवरण तथा कागजात संलग्न गरी निवेदन गरेको छुः-
- संस्थाको नाम र ठेगाना:-
- प्रधान कार्यालयको ठेगाना:-
(क) प्रदेश:- (ख) जिल्ला:-
(ग) नगरपालिका/गाउँपालिका:- (घ) टेलिफोन नम्बर:-
- पब्लिक लिमिटेड कम्पनी दर्ता गराएको प्रमाणपत्रको प्रतिलिपि,
- बीमा कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,
- आधारभूत शेयरधनीको विवरण र निजका एकाघर परिवारको विवरण,
- बीमकले गर्न चाहेको बीमा व्यवसायको किसिम र प्रकार,
- व्यवसाय सञ्चालन गर्न आवश्यक पूर्वाधारको विवरण,
- कार्यकारी प्रमुख तथा व्यवस्थापक तहका पदाधिकारीको व्यक्तिगत विवरण,
- नेपालभित्रका प्रधान तथा शाखा कार्यालयको नाम र पूरा ठेगाना,
- लगानी नीति, जोखिमाङ्कन, दाबी, पुनर्बीमा, सूचना प्रविधि सम्बन्धी विवरण,
- प्रस्तावित बीमालेख वा पुनर्बीमा कम्पनीको हकमा प्रस्तावित पुनर्बीमा करारको मस्यौदा,
- संस्थापकले लिन कबुल गरेको शेयरको रकम चुक्ता भएको प्रमाणित हुने कागजात,
- कम्पनीको सङ्गठनात्मक संरचना सम्बन्धी विवरण,
- कम्पनीका कर्मचारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी विनियमावली,
- कम्पनीको आर्थिक प्रशासन तथा खरिद सम्बन्धी विनियमावली।
निवेदकको,
दस्तखत:-
नाम:-
ठेगाना:-
मिति:-
अनुसूची-5
(नियम १० को उपनियम (२) सँग सम्बन्धित)
बीमकको इजाजतपत्रको ढाँचा
नेपाल बीमा प्राधिकरण
……………………..
श्री……………………………….
…………………………………….।
विषयः बीमा व्यवसाय गर्ने इजाजतपत्र सम्बन्धमा।
बीमा ऐन, २०७९ को दफा २९ को उपदफा (१) तथा बीमा नियमावली, २०८१ को नियम १० बमोजिम बीमकको रुपमा दर्ता गरी देहाय बमोजिमको बीमा व्यवसाय गर्न पाउने गरी यो इजाजतपत्र दिइएको छः-
- बीमा व्यवसायको किसिम र प्रकार:- ………………………………………………………….
- बीमा व्यवसाय गर्न पाउने क्षेत्र:- ………………………………………………………………
- शर्तहरु:
(क) ………………………………………………………………………
(ख) ………………………………………………………………………
(ग) ………………………………………………………………………
(घ) ………………………………………………………………………
(ङ) ………………………………………………………………………
इजाजतपत्र दिनेको,-
दस्तखत :-
नाम :-
दर्जा :-
मिति:-
अनुसूची-6
फोटो
|
(नियम ४९ को उपनियम (१), नियम ५३ को उपनियम (१), नियम ६१ को उपनियम (२),
नियम 6६ को उपनियम (2) सँग सम्बन्धित)
बीमा मध्यस्थकर्ताको इजाजतपत्रको लागि दिइने निवेदनको ढाँचा
(बीमा अभिकर्ता/सर्भेयर/दलाल/तेस्रो पक्ष सहजकर्ता)
श्री अध्यक्ष,
नेपाल बीमा प्राधिकरण।
बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा (१) बमोजिम बीमा अभिकर्ता/सर्भेयर/ दलाल/तेस्रो पक्ष सहजकर्ता भई काम गर्ने इजाजतपत्रको लागि सोको परीक्षा उत्तीर्ण गरेको प्रमाण सहित देहायका कागजात संलग्न गरी निवेदन गरेको छु।
संलग्न:-
१. ……………………………………………………….
२. ……………………………………………………….
३. ……………………………………………………….
४. ……………………………………………………….
५. ……………………………………………………….
निवेदकको,
दस्तखत:-
नाम:-
ठेगाना:-
मिति:-
अनुसूची-7
(नियम ४९ को उपनियम (३), नियम ५१ को उपनियम (३) र (४), नियम ५३ को उपनियम (२), नियम ५६ को उपनियम (२) र (३), नियम ६१ को उपनियम (३), नियम ६६ को उपनियम (5) र नियम ८० को उपनियम (४) सँग सम्बन्धित)
बीमा मध्यस्थकर्ताको इजाजत, नियमन, नवीकरण तथा विलम्ब शुल्क
(बीमा अभिकर्ता/सर्भेयर/दलाल/तेस्रो पक्ष सहजकर्ता)
क्र. सं. | मध्यस्थकर्ताको प्रकार | इजाजतपत्र शुल्क | नियमन शुल्क | नवीकरण शुल्क | विलम्ब शुल्क |
१. | बीमा अभिकर्ता | व्यक्तिगत अभिकर्ताको हकमा दुई हजार पाँच सय रूपैयाँ र संस्थागत अभिकर्ताको हकमा दश हजार रूपैयाँ | पाँच सय रूपैयाँ | एक हजार रूपैयाँ | एक हजार रूपैयाँ |
२. | बीमा सर्भेयर | व्यक्तिगत सर्भेयरको हकमा दश हजार रूपैयाँ र संस्थाको हकमा बीस हजार रूपैयाँ शुल्क | एक हजार रूपैयाँ | व्यक्तिगत सर्भेयरको हकमा दश हजार रूपैयाँ र संस्थागत सर्भेयरको हकमा बीस हजार रूपैयाँ | पाँच हजार रूपैयाँ |
३. | बीमा दलाल | पाँच लाख रूपैयाँ | पाँच हजार रूपैयाँ | पच्चीस हजार रूपैयाँ | प्रतिदिन एक सय रूपैयाँ |
४. | तेस्रो पक्ष सहजकर्ता | पाँच लाख रूपैयाँ | पाँच हजार रूपैयाँ | पच्चीस हजार रूपैयाँ | प्रतिदिन एक सय रूपैयाँ |
अनुसूची-8
फोटो
|
(नियम ४९ को उपनियम (३) सँग सम्बन्धित)
बीमा अभिकर्ताको इजाजतपत्रको ढाँचा
श्री …………………………………
……………………………………..।
विषयः बीमा अभिकर्ताको इजाजतपत्र।
तपाईलाई बीमा ऐन, २०७९ को दफा ९१ को उपदफा (२) तथा बीमा नियमावली, २०८१ को नियम ४९ बमोजिम ……………………… बीमकको बीमा अभिकर्ता भई काम गर्न पाउने गरी यो इजाजतपत्र दिएको छ।
कार्यालयको छाप:- इजाजतपत्र दिनेको,-
दस्तखत:-
नाम:-
दर्जा:-
मिति:-
नवीकरणको विवरण
नवीकरणको अवधि | नवीकरण गर्नेको दस्तखत र मिति | कैफियत |
अनुसूची-9
(नियम ५२ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित)
बीमा अभिकर्ताको कमिशन तालिका
बीमाको प्रकार | बीमालेखको अवधि | पहिलो वर्ष (प्रतिशत) | दोस्रो वर्ष (प्रतिशत) | तेस्रो वर्षदेखि दशौँ वर्षसम्म (प्रतिशत) |
सावधिक र आजीवन जीवन बीमाको लागि | ५ देखि ७ वर्षसम्म | १० | ५ | ५ |
८ देखि ९ वर्षसम्म | १० | १० | ५ | |
१० देखि १४ वर्षसम्म | १५ | १५ | ५ | |
१५ देखि १९ वर्षसम्म | २५ | १५ | ५ | |
२० वा सोभन्दा बढी | २५ | २५ | ५ | |
एकल बीमाशुल्क प्राप्त गरी हुने बीमा | बीमालेख जारी भएको पहिलो पाँच वर्षमा समानुपातिक रूपमा भुक्तानी पाउने गरी बीमाशुल्कको छ प्रतिशतसम्म। | |||
म्यादी जीवन बीमाको लागि | जुनसुकै अवधिको लागि बीमालेख जारी भएको भए तापनि बीमाशुल्कको दश प्रतिशतसम्म। | |||
विविध बीमाको लागि | प्राधिकरणले निर्धारण गरे बमोजिम। |
अनुसूची-10
(नियम ५२ को उपनियम (3) सँग सम्बन्धित)
नवीकरण दरको आधारमा बीमा अभिकर्ताको इन्सेन्टिभ कट्टी सम्बन्धी तालिका
अभिकर्ताको नवीकरण दर | कट्टी गर्नु पर्ने प्रतिशत |
बीमा अभिकर्ताको कार्य गरेको पहिलो वर्ष | – |
पचहत्तर प्रतिशत वा सोभन्दा बढी नवीकरण दर भएको | – |
साठी प्रतिशतदेखि पचहत्तर प्रतिशतसम्म | १० |
पैंतालीस प्रतिशतदेखि साठी प्रतिशतसम्म | २० |
तीस प्रतिशतदेखि पैंतालीस प्रतिशतसम्म | ३० |
तीस प्रतिशतभन्दा कम | ४० |
अनुसूची-11
(नियम ५३ को उपनियम (२) सँग सम्बन्धित)
सर्भेयरको इजाजतपत्रको ढाँचा
इजाजतपत्र नं.:-
श्री …………………………………….
…………………………………………।
विषयः सर्भेयरको इजाजतपत्र।
बीमा ऐन, २०७९ को दफा ९१ को उपदफा (४) तथा बीमा नियमावली, २०८१ को नियम ५३ बमोजिम …………………………. पोर्टफोलियोको ……………… वर्गको सर्भेयरको रुपमा काम गर्न पाउने गरी यो इजाजतपत्र दिइएको छ।
कार्यालयको छाप:-
इजाजतपत्र दिनेको,
दस्तखत:-
नाम:-
दर्जा:-
मिति:-
नवीकरणको विवरण
नवीकरणको अवधि | नवीकरण गर्नेको दस्तखत र मिति | कैफियत |
अनुसूची-12
फोटो
|
(नियम ६१ को उपनियम (४) सँग सम्बन्धित)
बीमा दलालको इजाजतपत्रको ढाँचा
श्री …………………………………..
………………………………………………।
विषयः बीमा दलालको इजाजतपत्र।
बीमा ऐन, २०७९ को दफा ९१ को उपदफा (२) तथा बीमा नियमावली, २०८१ को नियम ६१ बमोजिम प्रत्यक्ष/पुनर्बीमा/संयुक्त बीमा दलाल भई काम गर्न पाउने गरी इजाजतपत्र दिइएको छ।
कार्यालयको छाप:- इजाजतपत्र दिनेको,-
दस्तखत:-
नाम:-
दर्जा:-
मिति:-
नवीकरणको विवरण
नवीकरणको अवधि | नवीकरण गर्नेको दस्तखत र मिति | कैफियत |
अनुसूची-13
फोटो
|
(नियम ६६ को उपनियम (४) सँग सम्बन्धित)
तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्रको ढाँचा
श्री ……………………………………
……………………………………………….।
विषयः तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्र।
बीमा ऐन, २०७९ को दफा ९१ को उपदफा (२) तथा बीमा नियमावली, २०८१ को नियम ६६ बमोजिम तेस्रो पक्ष सहजकर्ताको कार्य गर्न पाउने गरी इजाजतपत्र दिइएको छ।
कार्यालयको छाप:- इजाजतपत्र दिनेको,-
दस्तखत:-
नाम:-
दर्जा:-
मिति:-
नवीकरणको विवरण
नवीकरणको अवधि | नवीकरण गर्नेको दस्तखत र मिति | कैफियत |
अनुसूची-14
(नियम ७८ र नियम ८० को उपनियम (४) सँग सम्बन्धित)
अन्य बीमा सेवा प्रदायकको इजाजत, नियमन नवीकरण तथा विलम्ब शुल्क
क्र.सं. | अन्य बीमा सेवा प्रदायक प्रकार | इजाजतपत्र शुल्क | नियमन शुल्क | नवीकरण शुल्क | नवीकरण विलम्ब शुल्क |
१. | बीमा अन्वेषक | पाँच हजार रूपैयाँ | एक हजार रूपैयाँ | दुई हजार रूपैयाँ | प्रतिदिन दश रूपैयाँ |
२. | अन्डरराइटर | पाँच हजार रूपैयाँ | एक हजार रूपैयाँ | दुई हजार रूपैयाँ | प्रतिदिन दश रूपैयाँ |
३. | बीमा एग्रिगेटर | पचास हजार रूपैयाँ | पाँच हजार रूपैयाँ | दश हजार रूपैयाँ | प्रतिदिन पचास रूपैयाँ |
४. | बीमालेख निर्माता (प्रोडक्ट डेभलपर) | पाँच हजार रूपैयाँ | एक हजार रूपैयाँ | दुई हजार रूपैयाँ | प्रतिदिन दश रूपैयाँ |
अनुसूची-१5
(नियम १०१ को उपनियम (१) सँग सम्बन्धित)
कार्यालयले भर्ने
उ. दर्ता नं.:
|
उजुरीको ढाँचा
श्री नेपाल बीमा प्राधिकरणमा पेश गरेको
उजुरी
……………………………………………………………………… उजुरवाला
विरुद्ध
……………………………………………………………………….. विपक्षी
विषयः ……………………….
- म/हामी निवेदक निम्नलिखित प्रकरणमा लेखिए बमोजिम निवेदन गर्दछु/गर्दछौँ
(उजुरीको विषयवस्तु, दाबी गर्ने आधार र दाबी उल्लेख गर्ने)
(क)
(ख)
(ग)
(घ)
- दाबी पुष्टि गर्ने कागज/प्रमाण:-
- यसमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुठ्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
……………………..
उजुरीवालाको दस्तखत
इति संवत् …… साल …… महिना ….. गते रोज ……. शुभम्।
अनुसूची-१6
(नियम १०१ को उपनियम (८) सँग सम्बन्धित)
प्रतिउत्तरपत्रको ढाँचा
श्री नेपाल बीमा प्राधिकरणमा पेश गरेको
प्रतिउत्तरपत्र
उ. दर्ता नं …………
प्रतिउत्तरकर्ता |
…………………………………………………………………………………….
उजुरवाला |
विरुद्ध
………………………………………………………………………………….
विषय: ………………………………….।
उल्लिखित विपक्षीले दर्ता गरेको उजुरी सम्बन्धमा प्राधिकरणबाट मेरा/हाम्रा नाममा जारी भएको सूचना मिति ……………. मा प्राप्त भएकोले सो उजुरीको सम्बन्धमा देहायको व्यहोराको प्रतिउत्तरपत्र लिई उपस्थित भएको छु/छौँ।
- उजुरीकर्ताले दाबी गरेका विषयहरुका सम्बन्धमा मेरो/हाम्रो भएको यथार्थ व्यहोरा निम्न प्रकरणहरुमा खुलाएको छु/छौँ:-
(क)
(ख)
(ग)
- उजुरीमा उल्लिखित दाबी पूर्ण रूपमा वा आंशिक रूपमा स्वीकार गर्दछु/छौँ/गर्दिन/गर्दैनौँ।
- उजुरी गर्ने हकदैया नभएको/क्षेत्राधिकार नभएको जिकिर लिएको भए सोको आधार र कारण।
- प्रमाण: यस विषयमा देहायको प्रमाण सम्बन्धी कागजातको प्रतिलिपि संलग्न गरेको छु/छौँ।
(क)
(ख)
- यसमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
………………………………..
प्रतिउत्तरपत्र पेश गर्नेको दस्तखत
इति संवत् …………. साल …………. महिना ………… गते रोज …. शुभम्।
अनुसूची-१7
(नियम १०३ को उपनियम (२) सँग सम्बन्धित)
निर्णय/आदेशको ढाँचा
नेपाल बीमा प्राधिकरणबाट भएको निर्णय/आदेश
निर्णय गर्ने अधिकारी
- ……………………… (अध्यक्ष)
- ……………………… (सदस्य)
- ……………………… (सदस्य)
- ……………………… (सदस्य)
- ……………………… (सदस्य)
(उ.द.नं. ……..)
उजुरवाला/वादी |
…………………………………………………………………………………………..
विरुद्ध
विपक्षी/प्रतिवादी |
…………………………………………………………………………………………….
विषय: ………………………।
बीमा ऐन, २०७९ को दफा ५ को खण्ड (झ)/(ञ) र दफा १२८/१२९ तथा बीमा नियमावली, २०८१ को नियम १०३ बमोजिम यस प्राधिकरणको अधिकारक्षेत्रभित्र रहेको उजुरीको सम्बन्धमा भएको काम कारबाहीको व्यहोरा यस प्रकार रहेको छ।
तथ्य खण्ड
- उजुरीको संक्षिप्त तथ्य सहितको विवरणः
उजुरी दाबीको व्यहोरा: ………………………………………………………………………..
…………………………………………………………………………………………………..
विपक्षीको प्रतिउत्तरको जिकिरको मुख्य व्यहोरा: …………………………………………….
………………………………………………………………………………………………….
ठहर खण्ड
- ठहर गर्नु पर्ने विषय:
- पक्षहरुको दाबी/जिकिरको मुख्य बुँदा: ………………………………………………………
- प्राधिकरणको ठहर, सोको आधार तथा सम्बद्ध कानून: …………………………………….
तपसील खण्ड
निर्णय/आदेश कार्यान्वयन सम्बन्धी विषय: ………………………………………………….
पुनरावेदन सम्बन्धी विषय: …………………………………………………………………..
अन्य आवश्यक विषय: …………………………………………………………………………
(…………………………………………….)
निर्णय गर्ने अधिकारीको पूरा नाम र दस्तखत
निर्णय/आदेश तयार गर्न सहयोग पुर्याउने
कर्मचारीको नाम:………………………….
निर्णय मिति:…………………………………
निर्णय/आदेश प्रमाणीकरण भएको मिति:………..
प्राधिकरणको छाप
अनुसूची-१8
(नियम 1१८ सँग सम्बन्धित)
दर्ता किताबको ढाँचा
………. को दर्ता किताब
क्र.सं. |
नाम | किसिम/प्रकार | ठेगाना | इजाजतपत्र नं. | इजाजत/नवीकरण मिति | कारबाहीको विवरण र मिति | कैफियत |