सूर्यज्योति लाइफद्वारा ७ महिनामा १३९९ जनालाई ५० करोड रुपैयाँको दावी भुक्तानी

२ फाल्गुन २०८१, शुक्रबार १६:४४

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा करिव आधा अर्ब रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार चालु आवको माघ मसान्तसम्मको अवधिमा कम्पनीले एक हजार ९९ वटा बीमा वापत ४९ करोड २९ लाख रुपैयाँको दावी भुक्तानी गरेको हो ।

कम्पनीले माघ महिनामै १४७ वटा बीमा दावी वापत पाँच करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*