हिमालयन रिको शेयर मूल्य हजार कट्यो

१३ फाल्गुन २०८१, मंगलवार १३:००

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता शेयर मूल्यले १ हजार नाघेको छ।

अहिले १ बज्नै लाग्दा यस कम्पनीको शेयरमूल्य १.१६ प्रतिशतले वृद्धि भएर १००१ रुपैयाँ ५० पैसा पुगेको हो। त्यस्तै यस अवधिसम्म कम्पनीको २८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

यति बेलासम्म नेप्से सूचक पनि १६.७५ प्रतिशतले वृद्धि भएर २७७५.५० को विन्दुमा कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*