गणतन्त्रविरुद्ध ‘चेक’ अघि दलहरुलाई राजा ज्ञानेन्द्रको अन्तिम सन्देश, पुर्खाको नासो फिर्ता मागिँदै

समाचार विश्लेषण
काठमाडौं । गत फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्र शाहले एउटा शुभकामना सन्देश जारी गरे । उक्त शुभकामना सन्देशमार्फत राजा ज्ञानेन्द्र शाहले कुटनीतिक रुपमा गणतन्त्रविरुद्धमा चेक दिनुअघि नेपालका राजनीतिक दलहरुलाई अन्तिम सन्देश दिएका छन् । साथै फागुन ६ गते यताका राजा ज्ञानेन्द्र शाहका गतिविधिहरुले समेत गणतन्त्रका विरुद्धमा अब छिट्टै चेक दिइने स्पष्ट संकेतहरु देखापरेका छन् ।
शनिबार पूर्व राजा ज्ञानेन्द्र शाहले पोखरामा स्व. राजा बीरेन्द्रको शालिक अनावरण कार्यक्रम सम्पन्न गरेका छन् । हजारौं समर्थकका बीचमा स्व. राजा बीरेन्द्रको शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ । फागुन ६ गते बिज्ञप्ति जारी गरेर देशव्यापी अभियानमा दौडिएका ज्ञानेन्द्र शाह जहाँ जहाँ पुगे ति ठाउँहरुमा भव्य स्वागत पाइरहेका छन् । आइतबार अपरान्ह ३ः०० बजे राजा पोखराबाट जहाज चढेर काठमाडौं आउने छन् । सो दिन हजारौं मानिसहरु विमानस्थलको गेटमा पुगेर राजा ज्ञानेन्द्र शाहलाई भव्य र दिव्य स्वागत गरेर निर्मल निवास लैजाने निर्णय गरेका छन् ।
पछिल्लो एक सातायता सामाजिक सञ्जालहरु राजामय भएका छन् । स्व. राजा बीरेन्द्र र महेन्द्रको भिडियोहरु भाइरल बनाइएको छ । अझ स्व. राजा महेन्द्रको अमेरिका भ्रमणको भिडियो समेत राखेर पञ्चायती व्यवस्थाका बेला अन्तर्राष्ट्रिय जगतमा नेपालको इज्जन, शान अनि वैभवलाई आजको पासपोर्ट समेत नबिक्ने अवस्थासँग तुलना गरेर संघीय लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाइएको अवस्था छ ।
यो घटनाक्रममा सुरुवात गत फागुन ६ गते साँझ (फागुन ७ गतेको लागि इम्बार्गो) जारी बिज्ञप्तिबाट भएको हो । उक्त बिज्ञप्तिमा राजा ज्ञानेन्द्र शाहले उल्लेख गरेको एउटा वाक्यले १५ बर्षअघि अन्त्य भएको राजतन्त्रको पक्षमा जुरुक्कै माहौल खडा गरिदिएको छ । फागुन ६ गतेको बक्तव्यमा भनिएको थियो, ‘अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ, अब समय आयो, राष्ट्र जोगाउने हो भने र राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ ।’
उक्त शुभकामना बक्तव्यले शाह परिवार राजसंस्था पुनस्र्थापनाको पक्षमा अघि बढ्दा आउन सक्ने जस्तोसुकै चुनौति सामना गर्न तयार रहेको स्पष्ट संकेत देखिन्छ भने नयाँ संघर्षको लागि आफू तयार रहेकोले जनतालाई साथ दिन अपिल गरिएको छ । जसका कारण राजा ज्ञानेन्द्रको पक्षमा अहिलेसम्मकै बेजोड माहौल बनाइदिएको छ ।
चरम भ्रष्टाचार, कुशासन, बेथितीले बर्वादतर्फ अघि बढिरहेको देशका जनताले तीव्र प्रतिक्रिया जनाए, सयौं राजाभन्दा एक राजा धेरै ठीक, दलालहरुले सत्ता चलाउने व्यवस्था गएर राजतन्त्र आउछ भने स्वीकार गर्न तयार छौं भन्ने खालका सन्देशहरु सामाजिक सञ्जालभरि भाइरल भइरहेका छन् ।
सामाजिक सञ्जालमा मात्रै नभई सामाजिक अभियान्ताहरुले समेत गणतन्त्रको विकल्प राजतन्त्र हुनसक्ने भन्दै खुलेआम चुनौति दिइरहेका छन् । अधिवक्ता स्वागत नेपाल जो झापामा सभामुख देवराज घिमिरेका विरुद्धमा २६ हजार मत ल्याई थोरै मात्रै मतले पराजित भएका थिए, उनले समेत राजतन्त्रको पक्षमा खुलेआम वकालत गरिरहेका छन् । त्यस्तै, संस्कृतिविद् डा.जगमान गुरुङले राष्ट्र बचाउन राजा र धर्म जोगाउनु पर्नेभन्दै खुलेआम अभियान चलाइरहेका छन् । दुर्गा प्रसाईले त राजा र आफू खुरुखुरु हिडेर नारायणहिटी पसेमा कसैले रोक्न नसक्ने चेतावनी समेत दिइरहेका छन् ।
२०६३ साल जेठ ४ गते मध्यरातिसम्म चलेको प्रतिनिधि सभाको बैठकले तत्कालिन िराजाका अधिकारहरु कटौति गर्दै श्री ५ को सरकारलाई नेपाल सरकार, शाही नेपाली सेनाको नाम परिवर्तन गरी नेपाली सेना, राजाबाट लगाइने लालमोहरलाई सभामुखबाट विधेयक प्रमाणिकरण गर्ने गरी कानु संशोधन गरिएको थियो । त्यस्तै, २०६४ जेठ १५ गते बसेको पहिलो प्रतिनिधिसभाको बैठकबाट राजतन्त्र अन्त्य गर्दै गणतन्त्र कार्यान्वयन गर्ने प्रस्ताव पारित गरिएको थियो । त्यसपछि नेपालबाट राजतन्त्रको अन्त्य भयो भने गणतन्त्रको औपचारिक शुभारम्भ भयो ।
तर, गणतन्त्र स्थापना भएको १५ बर्षे कलिलै अवस्थामा नेपालका राजनीतिक दलहरुले लुछेर, चुसेर खोक्रो बनाई दिए । आज देशको आर्थिक अवस्था यति जर्जर भइसकेको छ कि, चालु आवको आठ महिना नपुग्दै २०० अर्ब ऋण लिइसकिएको छ । जस मध्ये ७८ अर्ब रुपैयाँ मात्र विकास योजनामा खर्च गरिएको छ भने १२२ अर्ब रुपैयाँ सांसदहरुको भत्ता र कर्मचारीहरुको तलवमा समेत खर्च भएको छ अर्थात देश ऋणको भरमा चलेको छ । यस्तो अवस्थाबाट देश कतिदिन अगाडि जान सक्छ ? मात्रै बर्ष गणना गर्न सकिने अवस्था छ, तर अन्त्य निश्चित छ ।
देशमा दर्जनौं भ्रष्टाचार काण्डहरु भए, सरकारी जग्गाहरु नेता र मन्त्रीहरुले कब्जा गर्न थाले भने जनतामाथि राजनीतिक आस्थाको आधारमा विकास सुविधा, अनुदान वितरण गरेर राजकीय अधिकारको समुह र पार्टीगत पृष्ठपोषण गरी राज्य दोहन गरियो । सरकारी नियुक्तीहरु माफियाहरुले चलाउने थाले, पैसाको अगाडि दलहरुले आदर्श, नैतिकता, कर्तव्य अनि दायित्व सबै भुले । अझ पछिल्लो पटक कांग्रेस र एमालेसहितको गठबन्धनमा बनेको सरकार त झन् अन्तिम भोजको शैलीमा पेट अटस मटस हुने गरी राज्यमा लूटतन्त्र मच्चाउन उद्यत भइरहेको छ । नियुक्तीदेखि अध्यादेशसम्ममा यस्तै आभाष भइरहेको छ ।
अन्ततः देशको अवस्था जर्जर बन्दै गएको अवस्थामा १५ बर्षअघि संविधानसभाबाट किनारा लगाइएका राजा जनताको बीचमा उभिएर भने, यो देशमा आमूल परिवर्तन हुन्छ भने म बाधक बन्दिन भनेर जनतालाई नासो सुम्पिएका थिए, तर त्यो नासोलाई दलहरुले कमाउने भाँडो बनाएको भन्दै राजाले पुनः आफ्नो नासो अर्थात राजकीय सत्ताको चावी फिर्ता गर्न दलहरुलाई अपिल गरेका छन् । ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरवार छोड्दा जनतालाई आफ्ना पुर्खाहरुको नासो सुम्पिएको भन्दै जनताको हितमा काम गर्न आग्रह गर्दै बाहिरिएका थिए ।
फागुन ६ गते राजा ज्ञानेन्द्र शाहले जारी गरेको शुभकामना बक्तव्य र त्यसपछि विकसित भएको घटनाक्रमले अहिलेको राजनीतिक अवस्थालाई क्रमभंग गर्ने संकेत गरिसकेको छ । एउटा बक्तव्यले सिंगो देश जुरुक्कै उठेको छ । यसलाई राजा ज्ञानेन्द्रले राजतन्त्रलाई प्रतिस्थापन गरेर २०६५ सालमा स्थापना गरिएको गणतन्त्रलाई औपचारिक रुपमा चेक बाउन्स गर्नुअघि अन्तिम सन्देशका रुपमा दलहरुलाई सहमतिको लागि प्रस्ताव गरेको रुपमा बुझ्न सकिन्छ । जसरी चेक नसाटिएपछि मुद्दा प्रक्रियाका लागि बाउन्स गरिन्छ । त्यसैगरी ज्ञानेन्द्र शाहले अहिले गणतन्त्रविरुद्धको चेक बाउन्स गराएका छन् । जनताबाट बाउन्स गराएपछि सम्भवतः ज्ञानेन्द्र शाहले चेकको दावी औपचारिक रुपमा प्रस्तुत गर्नेछन् ।
गणतन्त्र स्थापना भएको २०६५ जेल १५ पछि राजा ज्ञानेन्द्र शाह धेरै पटक जहाज चढे, विदेश र स्वदेशका जहाँ जहाँ मन लाग्यो त्यहाँ त्यहाँ पुगेर घुमे, रमाए, पुजाआजा गरे । तर, अहिलेको जस्तो माहौल २०५८ पछि राजा भएर जनताबाट अभिनन्दन ग्रहण गर्दा पनि देखिएको थिएन । ज्ञानेन्द्र शाह सयौं पटक जहाजमा आउजाउ गरे । यस्तो खालको स्वागत गरिएको थिएन । तर, पहिलो पटक पोखराबाट काठमाडौं आउँदा विमानस्थलमा स्वागत गर्ने भनेर राजतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्न खोजिएको छ । यसले राजाकको पक्षमा अभूतपूर्व जनसमर्थन पाएको देखाएको छ । यो फगत स्वागत र शक्ति प्रदर्शन नभएर दलहरुलाई चेक बाउन्स गर्नुअघिको अन्तिम चेतावनीको रुपमा बुझ्न सकिन्छ ।
तत्कालिन ७ दल र राजाका बीचमा जुन ५ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतालाई चेक मान्ने हो भने अब राजा ज्ञानेन्द्र शाहले उक्त चेक बाउन्स गर्ने संकेत देखिएको छ । उक्त सम्झौता राजाले पटक पटक सम्झाउँदै आएपनि दलहरुले वास्ता गरेका छैनन् ।
अब राजाका सामू दुई वटा विकल्प छ, दलहरुलाई सहमतिमा सम्झौता पालना गराउने वा लहरुले ब्रम्हलूट मच्चाइरहेको सत्ता शान्तिपूर्ण संघर्ष (जुन रुपमा दलहरुले राजतन्त्र खोसेका थिए सोही मोडल) मार्फत खोसेर पुनः लिने ।
पछिल्लो दुई सातामा विकसित भएको घटनाक्रमले सफल होस कि असफल राजा ज्ञानेन्द्रले गणतन्त्रका विरुद्धमा चेक बाउन्स दिने निश्चित देखिएको छ । तर, गणतन्त्रविरुद्धमा ‘चेक’ दिइसकेपछि राजासँग पनि पछाडि फर्कने ठाउँ हुनेछैन भने दलहरुसँग सहमतिमा आउने ठाउँ हुनेछैन ।
अतः राजाले दलहरुलाई २०६३ बैशाख ११ गते मध्यराति १ बजेको सहमति पालना गर्ने कि नगर्ने भनेर अन्तिम सन्देश दिएको रुपमा फागुन ६ गते यताका घटनाक्रमलाई बुझ्ने हो भने यसलाई गणतन्त्रविरुद्धमा चेक दिनुअघिको अन्तिम सन्देश दिएको रुपमा बुझ्न सकिन्छ । अहिले कार्यान्वयनमा रहेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा राजाले ‘चेक’ दिइसकेपछि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता सबै बढार्ने वार कि पारको संघर्ष हुदैन भनेर भन्न सकिँदैन ।
उल्लेखित तथ्यहरु राजाको कदमबाट दलका शीर्ष नेताहरु अत्तालिएको घटनाबाट समेत पुष्टि हुन आएको छ । पछिल्लो दुई सातामा राजा ज्ञानेन्द्रको गतिविधि र जनताबाट पाइरहेको समर्थन देखेर दलहरु अत्तालिन थालेका छन् । सत्ता गुम्ने भए र त्रासले तीव्र दौडधुप भइरहेको छ । माओवादी केन्द्रले जारी मधेश अभियान नै स्थगित गरेर अध्यक्ष प्रचण्ड आजै काठमाडौं आइपुगेका छन् । त्यस्तै, फागुन २४ गते शनिबार राति नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीबीचमा परिस्थिति गम्भिर रहेको भन्दै छलफल गरेका छन् ।
विपक्षी दलका नेता प्रचण्ड र सत्ता गठबन्धन नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच पनि भेटवार्ता र छलफल गरेका छन् । शनिबार मध्यरातिसम्म दलका शीर्ष नेताहरु छलफल गरिरहेको समाचार प्राप्त भइरहेको छ । दलहरु अब अन्तिम साहाराको रुपमा नेपाली सेनालाई गुहार्ने अवस्थामा पुग्न सक्नेछन् । तर, देशको जर्जर अबस्थाको कारण नेपाली सेनाले समेत दलहरुलाई साथ दिन्छ भनेर विश्वास गर्न सकिने अवस्था छैन ।
आँधी आउनुअघिको सन्नाटा जस्तै गरी मौन रहेका राजाले एकाएक गणतन्त्रविरुद्ध ‘चेक’ दिने गरी गतिविधि अघि बढाएपछि अब दलहरुले कसरी रणनीति बनाएर काम गर्छन त्यो भने हेर्न बाँकी छ । आइतबार राजाको स्वागत पछि आउने प्रतिक्रिया र निर्णयले दलहरुको हैसियत, ल्याकत र तागत निर्धारण गर्नेछ ।
अबको विकल्प राजतन्त्र भन्दा पनि राजालाई अबिभाबक को स्थानमा
राखेर देश लुट्ने भ्रष्टाचारी लाई जेल हाल्ने र देश बचाउने हो
व्यर्थकाे समय वर्वाद न गराैं!
कहिले सासुकाेपालाे त कहिले वुहारीकाे पालाे । याे त पुरानाे उखानहाे ।तर देशकाे वर्तमान अवस्थालाई विचारगर्दा कानून जनताले मात्रै मान्नुपर्ने नेताले ठुलाबडाले तिनकाआसेपासेले मान्नुनपर्ने ।रिणकाढेकाे पैसाले ७ प्रदेश धान्ननसक्ने ।पुराना उद्याेग पुनर्स्थापनागर्न कुनैदल नखाेज्ने विदेशी दलालहरुकाे ईशारामा साशन चलाउने ।हुदाहुदै विद्युत प्राधिकरण जस्ताे पवित्र नाफामूलक संस्था विदेशीलाई जिम्मालगाउन खाेज्ने यस्ता हजाराै राष्ट्रघाति कामहरुकाे विरुद्दमा देशभक्त नेपालीहरु एकहाेआै ।व्यवस्था परिवर्तनभयाे अवस्था परिवर्तन भएन । ७ प्रदेश खारेजगरी संवैधानिक राजा र जनताद्वारा निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था उद्याेगमा आधारित अर्थतन्त्र हुनुपर्छ ।कमिशनका आधारमा हैन । देश रिणले थिचिने । नेताका विदेशीबैकखातमा अरबाै जम्माहुने । सहकारी ठगिकाे खाेजीगर्नुनपर्ने भ्रष्ट कर्मचारीहरु माैलाईरहने ।याे अन्त्य हुनपराे ।तर डेमाक्रेसी मासिनुभएन । शुभं भवतु कल्याणम्… हरिॐ…