सिटिजन लाइफ र नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२७ फाल्गुन २०८१, मंगलवार ०७:२०

काठमाडौं । आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

यी दुबै कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि फागुन २८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरूले मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

सिटिजन लाइफ
यस कम्पनीले चुक्ता पूँजीको २६ दशमलव ९८४१२६९८ प्रतिशत बोनस शेयर र १ दशमलव ४२०२२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश पारितका लागि आगामी चैत १५ गते काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बोलाएको छ।

नेष्डो लघुवित्त

यस कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र ० दशमलव ७५ प्रतिशत नगद (कर तिर्न) लाभांश बाँड्ने घोषणा गरेको छ।

घोषित लाभांश पारितका लागि आगामी चैत १० गते पर्वतस्थित रोयल कुश्मा रिसोर्टमा बिहान साढे ११ बजेदेखि सभा बोलाएको छ।

लाभांश पारित गर्न सिटिजन लाइफले बोलायो साधारणसभा

लाभांश र मर्जर प्रस्ताव सहित नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*