सिन्धु विकास बैंकले पुनः बोलायो स्थगित साधारणसभा

२९ फाल्गुन २०८१, बिहीबार ०८:५२

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले चैत ८ गते शुक्रबार स्थगित साधारणसभा पुनः बोलाएको छ। बैंकको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको हो।

यसअघि फागुन २८ गते बोलाएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएपछि पुनः चैत ८ गते काभ्रेपलाञ्चोकको मिरावल रिसोर्टमा बिहान ९ बजेदेखि बस्ने गरी सभा बोलाएको हो।

सभाले यसअघि नै समावेश गरिएका प्रस्तावहरू छलफल गरी पारित गर्नेछ।

सिन्धु विकास बैंकको वार्षिक साधारण सभा किन भयो स्थगित ?

हकप्रद र मर्जर प्रस्ताव सहित सिन्धु विकास बैंकको साधारणसभा आज बस्दै

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*