बीमा कम्पनीका लगानीकर्ताले आज ठूलो लगानी गुमाए, कुनले कति ?

६ चैत्र २०८१, बुधबार १६:१३

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयरबजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा कायम भएको छ ।

आज कारोबार भएका बीमा कम्पनीहरुको मूल्यमा भारी गिरावट आएको छ । बुधबार लाइफ इन्स्योरेन्स इन्डेक्स १.४८ प्रतिशत र नन लाइफ इन्डेक्स ०.५१ प्रतिशतले घटेको छ । आज एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज कम्पनीको शेयरभाउ ३.४८ प्रतिशतले घटेर ९९८ रुपैयाँ कायम भएको छ ।

बुधबार सन नेपाल लाइफको ३.२० प्रतिशत, सिटिजन लाइफको २.७९ प्रतिशत, रिलायबल नेपाल लाइफको २.६५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.७१ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.०२ प्रतिशत, एशियन लाइफको ०.९५ प्रतिशत र हिमालयन लाइफको ०.८२ प्रतिशत, नेपाल लाइफको ०.७० प्रतिशत, आइएमई लाइफको ०.६१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४७ प्रतिशत र सुर्यज्योति लाइफको ०.२२ प्रतिशतले शेयरमूल्य घटेको छ ।


साथै प्रभु इन्स्योरेन्सको १.५१ प्रतिशत, शिखरको १.३२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.१६ प्रतिशत, हिमालयन एभरेष्टको १.१४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८२ प्रतिशत, सानिमा जिआइसीको ०.७७ प्रतिशत, युनाइटेड अजोडको ०.४६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१७ प्रतिशत र आरबीसीएलको ०.१० प्रतिशतले शेयरमूल्य घटेको छ ।

यता नेपाल रि को ०.५५ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.९१ प्रतिशतले शेयरमूल्य घटेको छ । यसदिन बीमा क्षेत्रका कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.४० प्रतिशत र एनएलजी इन्स्योरेन्सका ०.४६ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*