सुदूरपश्चिम बीमा प्राधिकरणमा केदारनाथ भट्टको स्वागत, पण्डित र अवस्थीलाई बिदाई

५ बैशाख २०८२, शुक्रबार १८:३०

काठमाडौँ । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कैलालीद्वारा एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रमुख केदारनाथ भट्टको स्वागत तथा पूर्वप्रमुख हृदयश्वर पण्डित र गेहेन्द्र अवस्थीको बिदाई गरिएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुखको रूपमा पदभार ग्रहण गरेका भट्टलाई शुभकामना दिँदै बीमा क्षेत्रमा उनको अनुभव र योगदानले प्रदेशस्तरीय बीमा नियमन र व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेश कार्यालयबाट सरुवा भई नेपाल बीमा प्राधिकरणको केन्द्रिय कार्यालयमा आएका पूर्वप्रमुख पण्डित र अधिकारी गेहेन्द्र अवस्थीलाई संस्था र सहभागीहरूले हार्दिक कृतज्ञता प्रकट गर्दै सम्मानपूर्वक बिदाई गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*