स्टार माइक्रोले बोलायो साधारण सभा, केके छन् प्रस्ताव?
८ बैशाख २०८२, सोमबार ०७:२६

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख २९ गते जनकपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजेदेखि बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।
कम्पनीले शेयरधनीलाई हल प्रवेशका लागि आफ्नो आधिकारिक परिचयपत्र ल्याउन पनि आग्रह गरेको छ।