श्रीमानको जन्मदिनमा रिलायबल लाइफको बीमा पोलिसी उपहार

८ बैशाख २०८२, सोमबार १०:५९

काठमाडौं । कंचनपुर जिल्लास्थित पुनर्बास नगरपालिका–०५ की मिना थापाले आफ्नो श्रीमानको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छिन्।

उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय (आईबीआरडी) बाट १० लाख रुपैयाँको ‘सुलभ जीवन बीमा’ पोलिसी खरीद गरेर श्रीमानलाई उपहारमा दिएकी हुन्।

बार्षिक रूपमा ५२ हजार ६६० रुपैयाँ तिर्ने गरी लिइएको यस बीमा पोलिसीले जीवन सुरक्षासँगै बचतको सुविधा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।

उक्त बीमा पोलिसी कम्पनीका आईबीआरडी मार्केटिङ प्रमुख अनिता चन्द र एजेन्सी म्यानेजर राम बहादुर रोकायाले संयुक्त रुपमा जीवन थापा र मिना थापालाई हस्तान्तरण गरेका थिए।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक लगायतका प्रमुख प्रवद्र्धक सहितको एक अग्रणी जीवन बीमा कम्पनी हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*