मेटलाइफको ‘डबल प्रोटेक्सन प्लस’ योजना सार्वजनिक, एक घण्टामै सयभन्दा बढी पोलिसी बिक्री

काठमाडौं । मेटलाइफ नेपालले आफ्नो नयाँ बीमा योजना ‘डबल प्रोटेक्सन प्लस (डीपीपी) सार्वजनिक गरेको छ। उच्च बीमा सुरक्षा र बचत सुविधा एउटै योजनामा समेटिएको यो नवप्रवर्तन नेपाली बीमा बजारमा पहिलोपटक ल्याइएको कम्पनीले जनाएको छ।
शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको यो योजनाले सार्वजनिक भएको केही समयमै उल्लेखनीय सफलता हात पारेको कम्पनीले बताएको छ। शुरूवातको एक घण्टामै सयभन्दा बढी पोालिसीहरू बिक्री भएर ग्राहकहरूको उत्साहजनक प्रतिक्रिया देखिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार यो योजनाले १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूलाई लक्षित गरी ७५ वर्षसम्मको बीमा सुरक्षा प्रदान गर्दछ। यसमा लचिलो प्रिमियम भुक्तानी विकल्प राखिएकाले ग्राहकले एकमुष्ट, पाँच वा दस वर्षको सीमित अवधिमा प्रिमियम तिर्न सक्ने व्यवस्था छ।
कम्पनीले बताए अनुसार बीमा अवधिभर कुनै दुर्घटना, रोग वा अन्य कारणले बीमितको मृत्यु, स्थायी अपाङ्गता वा असक्षमता भएमा बीमाङ्क रकमको दोब्बर भुक्तानी गरिने व्यवस्था यस योजनाको प्रमुख विशेषता हो। साथै वार्षिक बुस्टर फन्ड लाभ र हरेक पाँच वर्षमा लोयल्टी रिवार्डको सुविधा पनि समावेश गरिएकोले दीर्घकालीन बचतमा सहयोग पुर्याउनेछ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले कार्यक्रममा बोल्दै मेट लाइफ नेपाली परिवारहरूलाई सुरक्षित भविष्यको अनुभूति दिलाउन प्रतिबद्ध भएको उल्लेख गरे। उनले डबल प्रोटेक्सन प्लस योजना यही संकल्पको एक नयाँ पाटो भएको र यसले ग्राहकहरूलाई वित्तीय सुरक्षासँगै मानसिक शान्ति दिने बताए।