गार्डियन माइक्रो लाइफको नाफा उल्लेख्य बढ्यो, जीवन बीमाकोष साढे १२ करोड बढी

१६ बैशाख २०८२, मंगलवार ०७:३६

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू अर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ।

कम्पनीले गत वर्षको यसै अवधिमा गरेको ७ लाख रुपैयाँ खुद नाफाको तुलनामा चालू आवमा उल्लेख्य वृद्धि आएको हो। गत वर्ष कम्पनीले भर्खरै व्यवसाय शुरू गरेको हुनाले यस्तो देखिएको हो।

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि गत वर्ष १ करोड ७८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर साढे १९ करोड नजिक पुगेको छ। यससँगै कुल आम्दानी पनि ५ करोड ४२ लाख रुपैयाँबाट बढेर साढे २५ करोड रुपैयाँ नाघेको छ।

यसै अवधिमा कम्पनीको सञ्चालन खर्च पनि ५ करोड ३५ लाख रुपैयाँबाट बढेर २२ करोड ७७ लाख रुपैयाँ पुगेको छ। बीमाकोष पनि बढेर १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २९ लाख रुपैयाँ र जगेडा कोषमा करीब २ करोड रुपैयाँ सञ्चिति रहेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत वर्ष कम्पनीको ईपीएस १८ पैसा मात्रै रहेकोमा यस वर्ष बढेर ४ रुपैयाँ ८८ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*