लुम्बिनी प्रदेशले भोलि अभिकर्ताको परीक्षा गर्दै, यस्तो छ समय तालिका
१६ बैशाख २०८२, मंगलवार ११:५०

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशले भोलि अर्थात बैशाख १७ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । कार्यालयले उक्त परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन गर्ने जनाएको छ ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम कार्यालयले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो ।
जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।