रोयल इनफिल्डमा गम्भीर समस्याः भारतले लगायो बिक्री प्रतिबन्ध, नेपालमा खुलेयाम ठगिदै उपभोक्ता

काठमाडौँ । रोयल इनफिल्डको मोटरसाइकलमा गम्भीर समस्या रहेको खुलासा भएको छ । मूल्य कम बनाई बजारमा आफ्नो दबदबा बढाउने लोभमा रोयल इनफिल्डका सवारीमा कम्पनीले गम्भीर त्रृटि गरेको पाइएको हो ।
कम्पनी उत्पादन गर्ने सवारीको ‘इन्जिन स्टार्ट’ मा समस्या देखिएपछि भारतमा बिक्री वितरणमा रोक लगाइएको छ । भारतिय बजारमा केही महिनाअघि मात्र सार्वजनिक गरिएका स्क्राम ४४० मोटरसाइकल गुणस्तरहीन भएको तथ्य सतहमा आएको छ । कम्पनीले रोयल इनफिल्डको गुणस्तरमा समस्या रहेको स्वीकार समेत गरेको हो । स्क्राम ४४० लगायत अन्य ब्रान्डमा समेत कम्पनीले सस्तो बनाउने नाममा बदमासी गरेको देखिएको छ । अहिले उक्त सवारीको समस्या मात्रै बाहिर आएपनि अन्य मोटरसाइकलमा समेत यस्तै अनेकौ त्रृटि रहेको देखिएको छ ।
अहिले रोयल इनफिल्डले ‘वुड्रफ की’ नामक एउटा विशिष्ट कम्पोनेन्ट समस्या रहेको छ जुन म्याग्नेटो सिस्टममा प्रयोग गरिएको हुन्छ । स्क्र्याम ४४० जनवरी २०२५ मा बजारमा सार्वजनिक गरिएको थियो । यो मोटरसाइकल स्क्राम ४११ को उत्तराधिकारी हो र हार्ले डेभिडसन ४४० तथा ट्रायम्फ स्क्राम्बलर ४०० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्न ल्याइएको थियो । ४४० सीसी क्षमताको एलएस इन्जिन, ६ गियरको ट्रान्समिसन, सहरदेखि अफ–रोड तथा हाईवेसम्म सजिलै चलाउन मिल्ने बहुपरिस्थितिमा अनुकूल हुने मोडेलको रूपमा स्क्राम ४४० लाई प्रस्तुत गरिएको थियो । तर, यो मोटरसाइकल बजारमा आएको केही महिनामै प्राविधिक समस्याले बदनाम बन्न पुगेको छ ।
सवारीमा इन्जिन चलेको अवस्थामा रोकिएपछि दोस्रो पटक स्टार्ट हुन नसक्ने त्रृटि रहेको छ । जुन समस्याले चालक बाटोमै अलपत्र पर्न सक्छन्, जुन सवारी सुरक्षाका हिसाबले गम्भीर चुनौती हो । कम्पनीका ब्रान्ड गुणस्तरहीन भएको कुरा सतहमा आएपनि रोयल इनफिल्डले अझै समस्या लुकाउन तिर अग्रसर भइरहेको देखि रहेको छ । कम्पनीले हालसम्म यो समस्या कम मोटरसाइकलमा मात्र देखिएको दाबी गरि रहेको छ । तर, यस्तो समस्याले ब्रान्डप्रति उपभोक्ताको विश्वास घटाउने सम्भावना प्रबल देखिन्छ । सवारी साधनको सन्दर्भमा सानो कमजोरीले पनि दुर्घटना र मानवीय क्षतिलाई निम्त्याउन भएको हुँदा ब्रान्ड माथि उपभोक्ताको प्रश्न उठ्न थालेको छ ।
रोयल इनफिल्ड अन्य ब्रान्डमा समेत यस्ता समस्या रहेका छन् । कम मूल्यको लोभमा गुणस्तरमा सम्झौता गर्नु ग्राहकका लागि हानिकारक हुने देखिएको छ । मोटरसाइकलमा प्रयोग गरिने इन्जिन, गियरबक्स, इलेक्ट्रोनिक सिस्टम, स्टार्टिङ सिस्टम आदिजस्ता मुख्य भागहरूमा समस्या आउनु निर्माण कम्पनीको गम्भीर लापरवाहीको रहेको देखिएको हो ।
यो समस्या सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा अटोबाईक फोरमहरूमा रोयल इनफिल्डको आलोचना चर्किएको छ । उपभोक्ताहरूले मोटरसाइकल किनेकै केही दिनमा यस्तो समस्या देखिनु भनेको कम्पनीले ‘फाइनल प्रोडक्ट टेस्टिङ’ नगरेको प्रमाण हो भनेर टिप्पणी गरेका छन् । नेपाल लगायत भारतका बजारमा रोयल इनफिल्डको सवारीहरू लोकप्रिय छन् । विशेषगरी युवा पुस्ता, बाइक टुरर तथा अफरोड प्रेमीहरूका बीच स्क्र्याम सिरिजको माग उच्च थियो । तर, स्क्र्याम ४४० मा आएको समस्याले कम्पनीको ब्रान्ड इमेजमा ठूलो धक्का पुगेको छ । प्राविधिक दृष्टिले पनि ‘वुड्रफ की’ सस्तो मूल्यको एक सानो भाग हो, तर त्यसको खराबीले पूरै इन्जिन सिस्टम प्रभावित भएको देखिन्छ । यस्तो सामान्य भागमा समेत गुणस्तर परीक्षण नहुनु कम्पनीको लापरवाही हो भन्ने आशंका अझ बढेको छ ।
कुनै पनि मोटरसाइकल उत्पादन गर्दा त्यसमा प्रयोग गरिने सबै कम्पोनेन्टहरू ‘रिलायबिलिटी टेस्ट’, ‘ड्युराबिलिटी टेस्ट’ र ‘क्लाइमेट रेसिलिएन्स टेस्ट’ जस्ता प्रक्रियाबाट पार गरिन्छ । रोयल इनफिल्डले भने निर्माण नै त्रृटि गरी उपभोक्तालाई ठगि रहेको छ ।
दिनप्रति दिन रोयल इनफिल्डमा अनेकौ समस्या आउन थालेपछि नेपालको आधिकारीक बिक्रेता त्रिवेणी समूहअन्तर्गतको टीजी अटो ग्रुपले खुलेयाम बिक्री वितरण गरी रहेको छ । अन्य ब्रान्ड भन्दा मूल्य कम बनाउने नाममा नेपालमा एसेम्बल भएका रोयल इनफिल्डमा एबीएस र डिस्क ब्रेक हटाएको टीजी अटोले उपभोक्ता ठगि रहेको छ ।
केटीएम, यामाहा, बेनेलीजस्ता ब्राण्डहरूले गुणस्तरीय र प्रविधिसँगै सुसज्जित मोटरसाइकलहरू उपलब्ध गराउँदै उपभोक्ताहरूको मन जितिरहेका छन् । यस्तो अवस्थामा, रोयल इन्फिल्डले सुरक्षा र गुणस्तरमा सम्झौता गर्दा प्रतिस्पर्धामा पछि गरि रहेको छ । उपभोक्ताहरूबाट आएका गुनासाहरूका बाबजुद टीजी अटो ग्रुप र रोयल इन्फिल्ड कम्पनीले यस विषयमा स्पष्ट प्रतिक्रिया दिन सकेको छैन । उपभोक्ताहरूलाई आश्वस्त पार्ने कदम नचालिँदा यो समस्या झनै जटिल बन्दै गएको छ । कम्पनीले गुनासाहरूलाई वेवास्ता गर्दा उपभोक्ताहरूको असन्तुष्टि अझै बढ्दै गएका छन् ।
सम्बन्धित समाचार:
- रोयल इन्फिल्डको बदमासी: ग्राहकको सुरक्षामा गम्भिर खेलवाड, बाइक सस्तोको नाममा मुख्य पार्टनै हटाइयो
- नेपालमा एसेम्बल रोयल इनफिल्डमा गम्भीर सुरक्षा खतरा, एबीएस र डिस्क ब्रेक हटाउँदा जोखिम कति ?