बीमा कम्पनीको सेवा सुगम क्षेत्रमा केन्द्रित, बागमती प्रदेशबाटै ७८ अर्ब ८९ करोड बीमा शुल्क आर्जन

२४ बैशाख २०८२, बुधबार १४:४२

काठमाडौं । बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेश अर्थात देशको राजधानी काठमाडौं उपत्यकामा सीमित रेहको छ । नेपाल बीमा प्राधिकरणले ग्रामिण क्षेत्रमा समेत गएर बीमा व्यवसाय गर्न निर्देशन दिएपनि कम्पनीहरु सुगम क्षेत्रमा नै बढी आकर्षित देखिएका हुन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बीमा कम्पनीहरुले एक खर्ब ५९ अर्ब ८५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमा जीवन बीमा कम्पनीहरुले एक खर्ब २७ अर्ब तीन करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । सम्पूर्ण व्यवसायको ४० प्रतिशत बढी व्यवसाय बागमती प्रदेशमा सीमित रहेको छ ।

जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशबाट सबैभन्दा बढी व्यवसाय गरेका छन् । कम्पनीहरुले बागमति प्रदेशबाट मात्रै ५६ अर्ब ७९ करोड २१ लख रुपैयाँको व्यवसाय गरेका छन् । देशको राजधानी र व्यवसायीक दृष्टिकोणले पनि सम्पन्न भएका कारण बागमति प्रदेशबाट कम्पनीहरुले बढी व्यवसाय गर्ने गरेका छन् ।

कम्पनीहरुले कोशी प्रदेशबाट १५ अर्ब ३१ करोड १२ लाख रुपैयाँ, मधेश प्रदेशबाट ११ अर्ब १६ करोड ८९ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १२ अर्ब ७६ करोड ६३ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट १९ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट तीन अर्ब ६० करोड रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट सात अर्ब ६० करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशबाट २२ अर्ब १० करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बागमति प्रदेशमा निर्माणाधिन संरचना बढी रहेका र व्यवसायीक दृष्टिकोणबाट पनि अगाडी भएकाले व्यवसाय बढी हुने गरेको बताउछन् ।

निर्जीवन बीमा कम्पनीहरुले कोशी प्रदेशबाट दुई अर्ब ८६ करोड ४५ लाख रुपैयाँ, मधेश प्रदेशबाट दुई अर्ब १५ करोड ७६ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट एक अर्ब ७० करोड ४२ लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट दुई अर्ब ८५ करोड ६८ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट ३० करोड ६८ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट ८२ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*