पुरानो नगद लाभांश लिन नेपाल पुनर्बीमा कम्पनीको आग्रह

२६ बैशाख २०८२, शुक्रबार ०७:१३

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले शेयरधनीहरूलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ।

कम्पनीको साधारणसभाले पारित गरेको नगद लाभांश ५ वर्षसम्म पनि नलिएमा त्यस्तो नगद लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने प्रावधान रहेको छ।

कम्पनीले नगद लाभांश लिन छुटेका शेयरधनीलाई लाभांश लिन भनेको हो। साथै शेयर अभौतिकीकरण नगरेको भए सो समेत गर्न पनि आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*