मेटलाइफ नेपालद्वारा अभिकर्तालाई अन्तर्राष्ट्रिय स्तरको बीमा प्रशिक्षण प्रमाणपत्र वितरण

काठमाडौं । ग्राहकहरूलाई उत्कृष्ट सेवा दिन व्यावसायिक रूपमा दक्ष एजेन्टहरू तयार पार्ने लक्ष्यका साथ मेटलाइफ नेपालले आफ्ना जीवन बीमा अभिकर्ता, एजेन्सी तथा युनिट म्यानेजरहरूलाई लिम्रा (लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट रिसर्च एशोशियशन) द्वारा सञ्चालित दुई विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न प्रमाणपत्र वितरण गरेको छ।
सहभागीहरूले लिम्राको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त पाठ्यक्रममा आधारित एशोशिएट इन्स्योरेन्स सेल्स म्यानेजर (एआईएसएम) र एशोशिएट इन्स्योरेन्स एड्भाइजर (एआईए) कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेका छन् ।
यी प्रशिक्षणहरू जीवन बीमा अभिकर्ताहरूका लागि ‘गोल्ड स्ट्याण्डर्ड’ प्रमाणपत्र को रूपमा चिनिन्छन् जसले गर्दा उनीहरूको व्यवसायिक क्षमतालाई नयाँ स्तरमा पुर्याउने कम्पनीले जनाएको छ।
दुवै प्रशिक्षण मेटलाइफ डिस्ट्रिब्यूशन एडभान्टेज प्लाटफर्म (डीएपी) को भर्चुअल माध्यमबाट सञ्चालन गरिएका थिए । यस्ता कार्यक्रमहरू मार्फत मेटलाइफ नेपालले आफ्ना अभिकर्ताहरूको सीप विकास र पेशागत उन्नतिमा निरन्तर लगानी गर्दै आएको छ ।