जन्मदिनमा श्रीमानलाई नेशनल लाइफको २० लाखको बीमा पोलिसी उपहार

२६ बैशाख २०८२, शुक्रबार १५:४७

काठमाडौं । जन्म दिन, वैवाहिक वर्षगाँठ लगायतका उत्सव तथा पर्वहरूमा महंगो र क्षणिक रमाइलोको सामग्री उपहार दिने र फजुल खर्च गर्नुको सट्टा दिगो हुने गरी जीवन बीमा पोलिसी उपहार दिने प्रचलन अहिले बढ्दै गइरहेको छ ।

यसै क्रममा सिरानचौक गाउँपालिका वडा नम्बर ८ हाल वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरिया रहेका सिता कोइरालाले आफ्नो श्रीमानलाई २० लाखको बीमा उपहार दिएकी छिन् । कोइरालाले आफ्नो ३५ वर्षीय श्रीमान जित बहादुर मिजारलाई जन्मदिनको अवसरमा उपहार दिएकी हुन् ।

नेशनल लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता समेत रहेकी कोइरालाले १५ वर्षे अमृत श्री बीमा योजना उपहार दिएकी हुन् । पहिलो र दोस्रो वर्ष १ लाख ७२ हजार ९२ र तेस्रो वर्षदेखि बाँकी १३ वर्ष ७२ हजार ९२ रुपैयाँ मात्र पर्ने भएको हुँदा आफूहरूलाई उक्त बीमा उपयुक्त हुने अभिकर्ता कोइरालाले बताइन्।

वैदेशिक रोजगारीमा हुनेहरुको लागि सस्तो किस्तामा उच्च जोखिम बहन र राम्रो प्रतिफल रहेको अमृत श्री बिमा योजना खरिद गरेकोमा नारायणगढ शाखा प्रमुख राजु शाहले धन्यवाद समेत दिएका हुन । सुरक्षित आर्थिक भविष्यको लागि बीमा अनिवार्य रहेको शाहले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*