सिटिजन लाइफको वित्तीय विवरणमा लोभलाग्दो प्रगति, सबै सूचक मजबूत

२९ बैशाख २०८२, सोमबार ०८:३४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चैत मसान्तसम्म ३५ करोड ७६ लाख रूपैयाँ खुद नाफा गरेको छ।

गत आवको यसै अवधिसम्म कम्पनीले २८ लाख १३ करोड रूपैयाँ मात्रै खुद नाफा गरेकोमा यस वर्ष कम्पनीले २७.१४ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो।

यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि करीब ४ अर्ब रूपैयाँबाट २० प्रतिशतभन्दा बढीले वृद्धि भएर ४ अर्ब ८१ करोड रूपैयाँ नाघेको छ।

यस वर्ष कम्पनीको कुल आम्दानी २२.५२ प्रतिशतले वृद्धि हुँदा कुल खर्च २०.८० प्रतिशतले बढेको छ। कम्पनीको कुल आम्दानी ५ अर्ब २१ करोड रूपैयाँबाट बढेर ६ अर्ब ३९ करोड नाघ्दा कुल खर्च ४ अर्ब ९३ करोडबाट बढेर ५ अर्ब ९६ करोड रूपैयाँ नाघेको छ।

चुक्ता पूँजी ५ अर्ब रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २१ करोड १२ लाख रूपैयाँ र जगेडा कोषमा करीब साढे ९८ करोड रूपैयाँ सञ्चिति रहेको छ।

गत वर्ष १२ अर्ब ५१ करोड रूपैयाँ रहेको जीवन बीमा कोषको आकार करीब ४४ प्रतिशतले वृद्धि भएर १८ अर्ब रूपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ९.५४ रूपैयाँ र प्रतिशेयर नेटवर्थ १४६.९१ रूपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*