एलआइसी नेपालको वित्तीय सूचकमा उत्कृष्ट वृद्धि, खुद नाफा २३ करोड, जीवन बीमा कोष १ खर्ब २९ करोड

२९ बैशाख २०८२, सोमबार ०९:०८

काठमाडौं । एलआइसी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले लोभलाग्दो प्रगती गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले २३ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको यस्तो मुनाफा २२.६६ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीले १९ करोड २४ लाख रुपैयाँ बराबरको मुनाफा आर्जन गरेको थियो ।

एलआइसी नेपालको खुद बीमा शुल्क आर्जन ८.४३ प्रतिशतले बृद्धि भएर १३ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आवको सोही अवधिमा १२ अर्ब ८६ करोड ९२ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको थियो ।

आम बीमितहरुलाई बीमा गरेपछि आवश्यक रहने भनेको बीमा दावी भुक्तानी हो । एलआइसी नेपाल बीमा दावी भुक्तानीमा पनि अब्बल बन्दै आएको छ । चालु आवको नौ महिनामा कम्पनीले १९ अर्ब ५२ करोड ८५ लाख रुपैयाँको बीमा दावी भुक्तानी दिएको छ । जुन गत आवको तुलनामा ७.९१ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा कम्पनी कर्जा तथा लगानी मार्फत सात अर्ब ३९ करोड ८६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यस अबधिमा कम्पनीको कुल आम्दानी ७.९५ प्रतिशतले बृद्धि भई २३ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले वित्तीय रुपमा सबल र मजबुद बन्दै गएको छ ।

नौ महिनाको अन्तरालमा अभिकर्ता कमिसन ५ प्रतिशतले बृद्धि भएर ९३ करोड ५९ लाख रुपैयाँबाट ९८ करोड २८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसा र नेटवर्थ पर शेयर १९८ रुपैयाँ ९७ पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीमा ६८ लाख ३८ हजार बीमा पोलिसी कायम रहेका छन् ।

चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ रहेको नेपाल इन्स्योेरेन्सको जगेडा कोषमा तीन अर्ब ३७ करोड ३९ लाख रुपैयाँ, महाविपत्ती कोषमा ६७ करोड ७६ लाख रुपैयाँ र जीवन बीमा कोषमा एक खर्ब २९ अर्ब ८० करोड रुपैयाँ सञ्चिती रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*