जन्मदिनमा छोरीलाई रिलायबल लाइफको बीमा पोलिसी उपहार

२९ बैशाख २०८२, सोमबार ०९:४०

काठमाडौं । पछिल्लो समय जन्मोत्सव, बर्षगाँठ, विवाह, व्रतबन्ध लगायका पर्व तथा उत्सवहरूमा अनावश्यक खर्च गर्नुको सट्टा जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ।

यसैको थप एक उदाहरणस्वरूप अत्तरियाको एक दम्पतीले छोरीको पहिलो जन्मदिनको अवसरमा भड्किलो खर्च नगरी भविष्य सुरक्षित बनाउने उपाय स्वरूप जीवन बीमा पोलिसी उपहार दिएका छन्।

बिष्टले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अत्तरिया शाखासँग समयन्वय गरी उक्त बीमा पोलिसी उपहार दिएका हुन्।

वैदेशिक रोजगारीमा रहेका अभिकर्ता कृष्ण बिष्टले आफू परदेशमा रहे तापनि आफ्ना आफन्तहरूलाई बीमाको महत्व बुझाउँदै आएका छन्। उनले कृष्णपुर नगरपालिका–१ का रघुबीर ऐरसँग सहकार्य गर्दै छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार दिलाएका हुन्।

बिष्टको सक्रियताको सम्मानस्वरूप शाखा प्रमुख मोहन बहादुर बोहरा स्वयं ऐरको घरमा पुगेर केक र बीमा पोलिसी हस्तान्तरण गरेका थिए। कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक र कम्पनीका अभिकर्ता हुकुम बोहरा, ओम भण्डारी, दानबहादुर बोहरा पनि सहभागी थिए।

शाखा प्रमुख बोहराले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विशेष दिनहरूमा बचत र सुरक्षा दुवैको सन्देश दिन सकिने बताए।

यसरी जन्मदिनजस्ता अवसरमा बीमा पोलिसी उपहार दिने चलन विस्तार हुँदै गएको छ। अब आम नागरिकमा पनि नगद वा जिन्सीभन्दा दीर्घकालीन सुरक्षामा केन्द्रित उपहार दिने चलनले मान्यता पाउँदै गएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*