बजेडी आधारभूत विद्यालयका विद्यार्थीलाई सानिमा रिलायन्सको झोला सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वैशाख २४ गते बाजुराको बजेडी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई झोला वितरण गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीका क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा विद्यार्थीहरूलाई १४७ थान झोला वितरण गरिएको हो।
हाल यस विद्यालयमा ईसीडीदेखि कक्षा ८ सम्म १४७ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन्। कम्पनीले पिछडीएको जिल्लामा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरूको दुःखमा मलम लगाउने उद्देश्य सहित झोला वितरण गरेको जनाएको छ।
कम्पनीले आगामी दिनहरूमा पनि यस्तै प्रकारको कार्यक्रम गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको छ।
यस्ता प्रयासहरू मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ। भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना रहेको कम्पनीले जनाएको छ।
देशभर १६९ शाखा सञ्जाल रहेको यस कम्पनिको पूँजी ५ अर्बभन्दा बढी र २० अर्बभन्दा बढीको लगानी रहेको छ भने २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत छन्।