बीमा प्राधिकरण सुदूरपश्चिमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३६ जनाको सहभागिता
३० बैशाख २०८२, मंगलवार १३:०६

काठमाडौँ । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयले आज अर्थात बैशाख ३० गते आफ्नो कार्यालय प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसंचार सेवा केन्द्र, धनगढीसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा बीमक, बीमा अभिकर्ता, सर्भेयर तथा नेपाल बीमा प्राधिकरणका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रह्यो।
कुल ३६ जना रक्तदाताहरूले सक्रिय सहभागिता जनाउँदै मानव सेवा तथा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता प्रकट गरेका थिए।