बीमा क्षेत्रको सर्वाङ्गीण विकास र समृद्धिको पक्षमा हौसला मिलिरहोस्ः बीमक संघ अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्री

३१ बैशाख २०८२, बुधबार ११:४८

काठमाडौं । बीमापोष्टको पाँचौें बार्षिक उत्सवको अवसरमा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले एक शुभकामना सन्देश दिँदै आगामी दिनहरुमा थप उर्जाका साथ सत्यतथ्य समाचार सम्प्रेषण गर्न उर्जा र हौसला मिलोस् भन्ने शुभकामना ज्ञापन गर्नु भएको छ ।

अध्यक्ष क्षेत्रीले दिनु भएको शुभकामना सन्देशमा बीमित, बीमा कम्पनीहरु दुवैको हित प्रबद्र्धनमा थप टेवा पुर्याउनुका साथै बीमा क्षेत्रमा घट्नसक्ने विकृति, विसंगति तथा बेथितिहरुका विरुद्धमा खबरदारी गर्न सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास लिएको उल्लेख छ ।

नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदरवार क्षेत्रीले दिनु भएको शुभकामना सन्देशः

बीमा क्षेत्रको अग्रणी सञ्चार माध्यम राईनिसी मिडियाद्वारा सञ्चालित बीमापोष्ट डटकमले पाँचौं वार्षिकोत्सव मनाउन लागेको भन्ने खबरले अत्यन्तै खुशी लागेको छ।

बीमाको पहुँच आम जनताको माझमा पुयाउन सबै खाले सञ्चार माध्यमहरूको ठूलो भूमिका रहेको हुन्छ । सुसूचित हुन पाउने नागरिकको नैसर्गिक अधिकारको उपयोग आम जनताले सञ्चार माध्यम मार्फत नै उपयोग गरिरहेका हुन्छन् । मिडियाले अतुलनीय योगदान पुर्याउदै आईरहेको जगजाहेर छ । बीमा क्षेत्रमा अनलाईन सञ्चार माध्यमको भूमिकामा रहेर समाचार सम्प्रेषण गर्दै आईरहेको बीमापोष्टलाई आगामी दिनहरुमा थप ऊर्जाका साथ बीमा क्षेत्रको सर्वाङ्गीण विकास र समृद्धिको पक्षमा समाचार र विचार सम्प्रेषण गर्ने ऊर्जा र हौसला दिन चाहन्छु।

बीमा कम्पनीहरूले अनलाईन सञ्चार माध्यमको उपयोग द्वाबारा समय, अर्थ र श्रमको बचत गर्न सक्दछन् भन्ने विश्वासका साथ यस अनलाईन सञ्चार माध्यमले समग्र बीमा क्षेत्रको विकास र विस्तारमा खेल्दै आएको भूमिका प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा समेत यस्ता सञ्चार माध्यमहरूले ग्राहक तथा बीमा कम्पनीहरू दुवैको हित प्रवर्धनमा थप टेवा पुर्याउनुका साथै बीमा क्षेत्रमा घट्न सक्ने विकृति, विसंगती तथा बेथितिहरूको विरुद्धमा खबरदारी गर्न सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास सहित बीमापोष्टले मनाउन लागेको पाँचौं बार्षिकोत्सवको पावन अवसरमा मेरो व्यक्तिगत तथा नेपाल बीमक संघको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*