आर्थिक जगतप्रति आम नागरिकलाई सुसूचित गराउन बीमापोष्ट सफलः पेशागत बीमा अभिकर्ता संघ

३१ बैशाख २०८२, बुधबार ११:३९

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमापोष्ट डटकमको पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै आर्थिक जगतप्रति आम नागरिकलाई सुसूचित गराउन बीमापोष्ट डटकम सफल भएको बताउनु भएको छ।

संघका महासचिव ओम बहादुर के.सी. र अध्यक्ष केदारनाथ अधिकासीले संयुक्त रूपमा शुभकामना मन्तव्य व्यक्त गर्दै बैंक तथा वित्तीय क्षेत्रका सत्य, तथ्य समाचारहरू निरन्तर सम्प्रेषण गरी आर्थिक क्षेत्रमा सरोकार राख्ने सबैको मन मस्तिष्कमा अटाउन बीमापोष्ट सफल भएको उल्लेख गर्नु भएको छ।

 

पेशागत बीमा अभिकर्ता संघ नेपालले दिएको शुभकामना सन्देशः

महोदय,

प्रस्तुत विषयमा राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरले अनलाईन सञ्चार माध्यमबाट बीमा, बैंक तथा समग्र वित्तीय क्षेत्रका विषयमा बीमा पोष्ट डटकम (beemapost.com) मार्फत खोज तथा अनुसन्धान मूलक लेख, रचना र समाचारहरू नियमित रूपमा पस्किएर नेपाली जनतालाई जागरुक बनाइरहेको छ। नेपालको संविधानले पूर्ण प्रेश स्वतन्त्रतामा प्रतिवद्धता गरेसँगै विश्वभरका पाठकहरूले अनलाईन सञ्चार माध्यमबाट विहानीको रश्मिसँगै आफ्नै वासस्थल / कार्यस्थलमा रहेर समाचारहरू हेर्न र सुन्न पाइरहेका छन् ।

वि.सं २०७८ साल वैशाख ३१ गते स्थापना भएको अनलाईन सञ्चार माध्यम बीमापोष्ट डटकम परिवारले अथक मेहेनत गरेर हामीलाई आर्थिक जगतप्रति सुसूचित गराउँदै बीमा, बैंक तथा वित्तीय क्षेत्रका सत्य, तथ्य समाचारहरू निरन्तर रूपमा सम्प्रेषण गरिरहनु भएकोले यस क्षेत्रमा सरोकार राख्ने सबैको मन, मस्तिष्कमा अटाउन बीमापोष्ट डटकम परिवार सफल भएको छ ।

समग्र वित्तिय क्षेत्रको विकास र विस्तारमा बीमाको महत्त्व र आवश्यकता अपरिहार्य भएजस्तै वर्तमान विश्व परिवेशमा बीमापोष्ट डटकम जस्ता अनलाईन मिडियाको महत्त्व र आवश्यकता पनि अझ धेरै बढेर गएको छ । आगामी दिनमा यस अनलाईन सञ्चार माध्यमले अनुसन्धानमूलक लेख तथा रचना आफ्ना लाखौं पाठकहरूमाझ पस्किरहने छ भन्ने हाम्रो विश्वास रहेको छ ।

स्थापनाको पाँचौं वर्ष प्रवेश गरेको यस सुखद् अवसरमा बीमापोष्ट डटकम (beemapost.com) का सम्पादक लगायत सम्पूर्ण परिवारमा पेशागत बीमा अभिकर्ता संघ नेपालका तर्फबाट सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभ–कामना व्यक्त गर्दछौं ।

ओम बहादुर के.सी.
महासचिव

केदारनाथ अधिकारी
अध्यक्ष

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*