ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धिका लागि बीमापोष्टले खेलेको भूमिका सराहनीयः ऊर्जामन्त्री दिपक खड्का

३१ बैशाख २०८२, बुधबार ११:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले बीमापोष्टको पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिनुहुँदै ऊर्जा क्षेत्रमा आम जनताको लगानी अभिवृद्धिका लागि बीमापोष्टले खेलेको भूमिका सराहनीय भएको बताउनु भएको छ।

ऊर्जामन्त्री खड्काले बीमा, बैंक तथा वित्तीय सेवाको पहुँच आम जनताको बीचमा पुर्याउन सामूहिक रूपमा सार्थक प्रयास जरुरी रहेको र गरीब र न्यून आय भएका जनतामाझ वित्तीय पहुँच पुर्याइ समाजवादी अर्थव्यवस्था निर्माण गर्ने कार्यमा सञ्चार माध्यमहरूको अहम् भूमिका हुने बताउनु भएको छ।

साथै आगामी दिनमा व्यवसायिक, मर्यादित, स्वच्छ र निर्भीक पत्रकारिताको माध्यमबाट बीमा, बैंक–वित्तीय क्षेत्र र ऊर्जा तथा जलस्रोतको क्षेत्रको उन्नयनका लागि थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नु भएको छ।

 

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले दिनुभएको शुभकामना सन्देशः

शुभकामना

राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा सञ्चालित बीमापोष्ट डटकम (www.beemapost.com) अनलाईन सञ्चार माध्यम चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

बीमा, बैंक तथा वित्तीय सेवाको पहुँच आम जनताको बीचमा पुर्याउन सामूहिक रूपमा सार्थक प्रयास जरुरी हुन्छ । गरीब र न्यून आय भएका जनतामाझ वित्तीय पहुँच पुर्याइ समाजवादी अर्थव्यवस्था निर्माण गर्ने कार्यमा सञ्चार माध्यमहरूको अहम् भूमिका हुन्छ । बीमा तथा वित्तीय क्षेत्रमा समावेशी पहुँच स्थापित गराउनु सरकार, निजि क्षेत्र र सञ्चार माध्यम सबैको दायित्व हो । ऊर्जा, जलविद्युत क्षेत्रमा निजि क्षेत्रको बढ्दो लगानी र थप लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने अवस्था छ ।

देशमा बढ्दो ऊर्जा अभावलाई सन्तुलनमा ल्याउन र प्राकृतिक स्रोत साधनका क्षेत्रमा आम जनताको लगानी अभिवृद्धिका लागि बीमापोष्टले खेलेको भूमिका सराहनीय रहेको छ । बीमाको पहुँच देशका दूरदराजसम्म पुर्याउन, वित्तीय साक्षरता जगाउन तथा ऊर्जा र जलस्रोतको क्षेत्रमा थप लगानी अभिवृद्धि गर्ने वातावरण सिर्जना गर्न आगामी दिनमा तथ्यपरक, खोजमूलक समाचार र रचनात्मक विचारमार्फत अझै प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।

अन्त्यमा व्यवसायिक, मर्यादित, स्वच्छ र निर्भीक पत्रकारिताको माध्यमबाट बीमा, बैंक–वित्तीय क्षेत्र र ऊर्जा तथा जलस्रोतको क्षेत्रको उन्नयनका लागि आगामी दिनमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गर्दै बीमापोष्टले मनाउन लागेको पाँचौं बार्षिकोत्सवको अवसरमा सम्पूर्ण सम्पादक टिम तथा व्यवस्थापन टिमलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

मिति २०८२ । ०१ । ३१

मा. दिपक खड्का
मन्त्री
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*