पाँचौं बर्षमा हाम्रो यात्रा

‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने अभियानका साथ २०७८ वैशाख ३१ गते अर्थात आजैका दिनबाट औपचारिक रूपमा शुभारम्भ भएको बीमा, बैंक तथा वित्तीय क्षेत्रको प्रतिनिधिमूलक समाचार संस्था बीमापोष्ट डटकम आजबाट चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ ।
नेपालको वित्तीय तथा आर्थिक क्षेत्रका अग्रणी सञ्चार माध्यमको रूपमा नेपालको सञ्चार जगतमा आफ्नो उपस्थिति दर्शाउन पाउँदा सिंगो बीमापोष्ट परिवार अत्यन्तै खुशी र गौरव अनुभूति गर्दछौं । नेपाली बीमा क्षेत्रको सर्वाधिक लोकप्रिय बीमापोष्ट डटकम बीमा, बैंक–वित्त तथा समग्र आर्थिक क्षेत्रको नीति निर्माणका विषयमा सरकार र जनताका बीचमा नीतिगत बहसदेखि सूचना र समाचारमा निर्भीकतापूर्वक कलम चलाउँदै आइरहेको छ । स्वतन्त्र, निष्पक्ष, तथ्यपरक, सन्तुलित तथा विश्वसनीय समाचार र यथार्थपरक विचारहरू सार्वजनिक गरेकै कारण तपाईहरु पाठकवर्गबाट हामीले आजको यो उडान हासिल गर्न सम्भव भएको हो ।
नेपाली बीमा क्षेत्रको सशक्त सञ्चार माध्यम हुनुका नाताले आम बीमित, बीमाकर्मी, बीमा कम्पनी र नियामक तथा सरकारको बीचमा सूचना सम्प्रेषण गर्ने पुल बनेर अघि बढ्न पाउँदा गहन जिम्मेवारी र उच्च दायित्वबोधको अनुभूति गरेका छौं । आगामी दिनमा आम पाठक वर्गले गर्नुभएको अपेक्षा, विश्वास र जनपक्षधरतालाई कहीँकतै विचलित हुन नदिई निरन्तर अघि बढाउने दृढता व्यक्त गर्दछौं ।
हामीलाई आजको दिनसम्म सद्भाव, माया र विश्वास गर्नुहुने आम पाठक, बीमित तथा बीमा अभिकर्ता, बीमाकर्मी, नेपाल सरकार तथा नियामक निकाय अनि बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाहरू, अन्य व्यापारिक तथा औद्योगिक प्रतिष्ठानहरूमा पाँचौं बार्षिकोत्सवको अवसरमा हृदयदेखि नै आभार व्यक्त गर्दछौं ।
राईनिसी मिडिया एण्ड रिसर्च सेन्टर मातहत सञ्चालित बीमापोष्ट डटकम स्थापनाको चार वर्षको अवधीमा नेपालसहित विश्वभरबाट मासिक १५ लाखभन्दा बढी पाठक पुर्याउन सफल हुनु हाम्रो लागि गौरवको विषय हो ।
देशमा बीमा व्यवसायको प्रवद्र्धन, सम्वद्र्धन, उत्थान, बीमाको दीगो विकास र पुनर्संरचनाका लागि राज्यको चौथो अंगको रूपमा बीमापोष्टले सदैव बीमित र बीमा क्षेत्रको हितमा कलम चलाउने प्रतिवद्धता जाहेर गर्दछौं । साथै नेपालका गरीब बस्तीहरूमा बीमाको पहुँच पुर्याउन, बीमा साक्षरता फैलाउन र सिंहदरवारदेखि गाउँसम्म बीमाको पहुँच समन्यायिक रूपमा विकास र विस्तारमा हाम्रो प्रतिवद्धता रहनेछ ।
आम सञ्चारमार्फत देशमा सुशासन, विधिको शासन, दण्डहीनताको विरुद्ध र आर्थिक अनुशासनको पक्षमा कलम चलाउन प्रोत्साहन गर्नुहुने, सहयोग गर्नुहुने, हौसला प्रदान गर्नुहुने, प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने, सूचना र समाचारहरूका स्रोतहरू सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं । बीमापोष्टमा प्रकाशित समाचारहरू पढिदिनुहुने, पढेर टिप्पणी गरिदिनुहुने तमाम पाठकहरूलाई नमन् गर्न चाहन्छौं । यस अवधिसम्म बीमापोष्टलाई सञ्चालनमा सहज हुने गरी विज्ञापन दिई व्यापार प्रवद्र्धनमार्फत सहयोग गर्नुहुने सबै निकाय तथा कम्पनीहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
धन्यवाद ।
नबराज न्यौपाने
सम्पादक