राष्ट्र र जनताको पक्षमा बीमापोष्टले महत्त्वपूर्ण भूमिका खेल्न सकोस्ः निर्देशक कमलप्रसाद रेग्मी, बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमापोष्टको पाँचौं बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै आगामी दिनमा बीमाको दीगो विकास र सुशासनको पक्षमा कलम चलाउन सफल हुन सकोस् भन्ने कामना गरेका छन् ।
बीमापोष्टलाई दिनु भएको भिडियो सन्देशमा निर्देशक रेग्मीले देशमा सुशासन कायम गर्न र बीमा क्षेत्रको दीगो विकासको पक्षमा बीमापोष्टले भूमिका खेलेको स्मरण गर्दै पाँचौं बार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिएका छन् ।
‘बीमापोष्टले बीमा क्षेत्र लगायत आर्थिक पक्षमा उजागर गरेको समाचारहरूको माध्यमबाट नेपालमा भ्रष्टाचार तथा बीमा क्षेत्रमा भएका अनियमितताको नियन्त्रण गर्न ठूलो योगदान पुगेको मैले व्यक्तिगत रूपमा महसूस गरेको छु’ निर्देशक रेग्मीले भिडियो सन्देशमा उल्लेख गरेका छन्, ‘आर्थिक क्षेत्रमा भएका अनियमितता तथा गलत विचारलाई समाचार, लेख तथा सम्पादकीयको माध्यमबाट रोक्दै सुशासन कायम गर्न तथा राष्ट्र र जनताको लागि महत्त्वपूर्ण भूमिका खेल्न सकोस् भनि शुभकामना दिन चाहन्छु।’
आगामी दिनहरूमा पनि बीमापोष्टले बीमा तथा आर्थिक पक्षमा भएका अनियमितता तथा भ्रष्टाचारजन्य कार्यहरू निरुपण गर्न विशेष योगदान पुर्याउने अपेक्षा निर्देशक रेग्मीले गरेका छन् ।