जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो अनुपात २.३४, हिमालयन र रिलायबलको जोखिम धारण क्षमता उच्च

१ जेष्ठ २०८२, बिहीबार १४:४३

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात २.३४ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात सामान्य अंकले घटेको देखिएको छ । गत वर्षको औसत सोल्भेन्सी रेसियो २.३९ रहेकोमा यस वर्ष सामान्य अंकले घटेको हो ।

नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनी मध्ये हिमालयन लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो सबैभन्दा बढी रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ३.८६ रहेको छ । सोल्भेन्सी रेसियोले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई सुरक्षित कम्पनीको रुपमा स्थापित गरेको छ ।

सोल्भेन्सी रेसियोको आधारमा दोस्रो सुरक्षित कम्पनीको सूचिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ३.६४ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो गत आर्थिक वर्षको तुलनामा उच्च अंकले बृद्धि भएको देखिएको छ । सोल्भेन्सी रेसियोको आधारमा कम्पनी एकदमै सुरक्षित रहेको प्रष्ट देखाउँछ ।

त्यस्तै, तेस्रो उत्कृष्ट कम्पनीमा सिटिजन लाइफ परेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ३.४२ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो १.८२ बाट उच्च अंकले बृद्धि भएको छ । अर्को उत्कृष्ट कम्पनीमा मेट लाइफ रहेको छ । मेट लाइफको सोल्भेन्सी रेसियो गत वर्ष र यो वर्ष २.७० रहेको छ ।

सुर्यज्योति लाइफको सोल्भेन्सी रेसियो ३.० बाट २.४७ मा झरेको छ । त्यस्तै, सन नेपाल लाइफको सोल्भेन्सी रेसियो २.३३ रहेको छ । सन नेपालको सोल्भेन्सी रेसियो गत बर्षकै अनुसार रहेको छ । कुनै परिवर्तन भएको छैन । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी रेसियो २.२२ रहेको छ । यस कम्पनीको पनि सोल्भेन्सी रेसियो गत वर्ष र यस वर्षमा परिवर्तन भएको छैन ।

एशियन लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो २.२३ रहेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २.१९ बाट सामान्य अंकले घटेर सोल्भेन्सी रेसियो १.९६ रहेको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी रेसियो १.४६ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियोमा गत वर्ष र यस वर्षमा कुनै फरक परेको छैन

समीक्षा अवधिमा नेपाल लाइफ र एलआइसी नेपालको १.४५ रहेको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको सोल्भेन्सी अनुपात १.३४ रहेको छ । सोल्भेन्सी रेसियो कम हुने कम्पनीको जोखिम धारण क्षमता कम हुन्छ । राष्ट्रिय जीवन बीमा कम्पनीले लामो समयदेखि अडिट नगरेको कारण उल्लेख गरेको छैन् ।

नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो नियामक बीमा प्राधिकरणले तोकिए भन्दा निकै राम्रो अवस्थामा देखिएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सोल्भेन्सी रेसियो १.५ अनिवार्य गरेको छ ।

चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको औसत सोल्भेन्सी रेसीयो २.५३ रहेको छ । नियामक बीमा प्राधिकरणले चुक्ता पुँजि बृद्धि गर्ने निर्णयको प्रभाव जीवन बीमा क्षेत्रमा परेसँगै सोल्भेन्सी रेसियो उच्च बृद्धि भएको देखिएको हो ।

नोटः सोल्भेन्सी रेसियो गणना गर्दा गत वर्ष सोल्भेन्सी रेसियोको सिद्धान्तको आधारमा गणना गरिएको र यस वर्ष रिक्स्ड बेस क्यापिटल सिद्धान्तको आधारमा गणना गरिएकोले बीमा कम्पनीहरुले वित्तीय विवरणमा उल्लेख गरिएको सोल्भेन्सी रेसियोमा एकरुपता नहुन सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*