मानव जीवन, घर, भौतिक सम्पत्तिको जोखिम बीमा कम्पनीहरुलाई हस्तान्तरण गरी विपत्ति न्यूनिकरण गर्न सकिन्छः कार्यकारी निर्देशक सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७ औं बार्षिकोत्सवको अवसरमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक सुशिल सुवेदीले मानव जीवन, घर, भौतिक सम्पत्तिको जोखिमहरु बीमा कम्पनीहरुलाई हस्तान्तरण गरेर सुरक्षित रहन आग्रह गरेका छन् ।
बीमा प्राधिकरणको बार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य दिँदै कार्यकारी निर्देश सुवेदीले बीमाको पहुँच गाउँ गाउँमा पुर्याएर गरिबीका रेखामुनी रहेका आम जनताको जोखिम रक्षावरण गर्नुपर्ने कार्यभार पूरा गर्न प्राधिकरण सक्रिय भएर लागिरहेको बताए ।
‘बीमा आर्थिक सुरक्षाको आधारभूत माध्यम हो । प्राकृतिक प्रकोप, दुर्घटनामा जोखिन न्यूनिकरण गरेर आर्थिक सुरक्षा प्रदान गर्दछ ।’ कार्यकारी निर्देशक सुवेदीले भने, ‘हरेक नागरिकको आर्थिक जोखिम रक्षावरण जरुरी छ ।’
कार्यकारी निर्देशक सुवेदीले बीमाको पहुँच ४४ प्रतिशतभन्दा माथि पुगेको चर्चा गर्दै बीमा सम्बन्धी तथ्याङ्कहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बीमा क्षेत्रका सबै सरोकारवालाहरुको उपस्थिति रहेको छ ।