निश्चिन्त हुनको लागि बीमा होः जीवन बीमक संघका अध्यक्ष पौडेल

१ जेष्ठ २०८२, बिहीबार १८:०६

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पोषक पौडेलले जोखिमबाट निश्चिन्त हुन बीमा महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले मानिसको जीवनमा आकस्मिक रूपमा आइपर्न सक्ने जोखिमलाई बीमा कम्पनीमार्फत हस्तान्तरण गर्न सकिने बताए । उनले जनताको जीवनमा उत्पन्न हुने सम्भावित आर्थिक संकटबाट पार पाउन बीमाले सघाउने उल्लेख गरे ।

उनले भने, ‘यहाँहरु सबैलाई विमित समाज निर्माण गर्ने यस समारोहले एउटा अभियानको रुपमा यस वर्षबाट अगाडि बढ्नेछ । देशमा जोखिम दिनदिनै बढ्दै गएको छ । जोखिम, चुनौती र चिन्तालाई हस्तान्तरण गर्न बीमा आवश्यक छ ।’

पौडेलले आगामी दिनमा सबै नेपालीलाई जीवन बीमाको पहुँचमा ल्याउने लक्ष्यसहित सबै जीवन बीमा कम्पनीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘हामी सबैले उहाँहरुलाई हुने आर्थिक जोखिमबाट बचाउन सकौं, यही शुभेच्छा र शुभकामना’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*