लाभांश पारित र हकप्रद रद्द गर्न प्रभु महालक्ष्मी लाइफले बोलायो साधारण सभा

२ जेष्ठ २०८२, शुक्रबार ०६:४९

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २६ गते काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजे आठौं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

कम्पनीको सातौं वार्षिक साधारण सभाले ७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेकोमा बोनस शेयर वितरणपछि नियामक निकायले तोकेको चुक्ता पूँजी पुग्ने भएकाले उक्त निर्णय रद्द गर्नेछ।

यसका साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा लागि तय गरिएका छन्।

सभा प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा जेठ १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*