जीवन बीमा कम्पनीमा बीमितले लिन नआएको १ अर्ब रकममा प्राधिकरणको वेवास्ता, अनुगमन शून्य

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा बीमा गरेवापत बीमितले लिन नआएको १ अर्बको रकममा नेपाल बीमा प्राधिकरणले अनुमगन शून्य भएको पाइएको छ ।
बीमितको बीमा अवधि समाप्त पश्चात् पनि रकम लिन नगएका कारण बीमा कम्पनीहरुमा १ अर्ब १९ करोड रुपैयाँ रकममा प्राधिकरणले वेवास्ता गर्दै आईरहेको पाइएको छ ।
बीमालेख परिपक्व भइसकेको भुक्तानी हुन बाँकी ३७ करोड ३७ लाख ९ हजार रुपैयाँ जीवन बीमा कम्पनीले नै प्रयोग गर्दै आइरहेको देखिन्छ ।
प्राधिकरणले भुक्तानी नहुनुको कारण बारे बीमकहरूसँग जानकारी लिने नगरेको साथै बीमा दाबी भुक्तानीमा ढिलाइ हुनुको कारण बीमित मात्र नभई बीमक जिम्मेवार हुने हुँदा सो सम्बन्धमा प्राधिकरणले अनुगमन गरी आवश्यक निर्देशन दिएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनमा कम्पनीले उक्त रकममा कम्पनी स्वयंमले नै प्रयोग गर्दै आईरहेको हुँदा बीमा प्राधिकरणलाई बीमक माथि निगरानी राख्न निर्देशन दिएको छ ।
जीवन बीमा कम्पनीले बीमितलाई भुक्तानी गर्न बाँकी दाबी सम्बन्धमा प्राप्त तथ्याङ्क अनुसार लामो समयदेखि जीवन बीमा कम्पनीबाट पूर्ण परिपक्व दाबी, चुक्ता दाबी, समर्पण दाबी तथा मृत्यु दाबीअन्तर्गत १ वर्षभन्दा बढी समयदेखि भुक्तानी हुन १ अर्ब १९ करोड ९४ लाख १३ हजार रुपैयाँ रहेको पाइएको हो ।
बीमालेख परिपक्व भइसकेको भुक्तानी हुन बाँकी ३७ करोड ३७ लाख ९ हजार रुपैयाँ जीवन बीमा कम्पनीले नै प्रयोग गर्दै आइरहेको देखिन्छ ।