हिमालयन रिको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

८ जेष्ठ २०८२, बिहीबार ०७:०९

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वितरण गर्न लागेको लाभांश सुरक्षित गर्ने आज जेठ ८ गते अन्तिम दिन रहेको छ।

यस कम्पनीले लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुक क्लोज गर्दैछ। भोलि र पर्सि शुक्रबार र शनिबार भएकाले आजसम्म कायम शेयरधनी मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको सञ्चालक समितिले चुक्ता पूँजी १० अर्ब ४० करोड रूपैयाँको ४.५० प्रतिशत बोनस शेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ।

घोषित लाभांश पारित गर्नका लागि यही जेठ २५ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि चौथो वार्षिक साधारण सभा बस्दैछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*