बीमा कम्पनीहरुकोे ८ खर्बको लगानी, कुन क्षेत्रमा कति ?

काठमाडौं । बीमा कम्पनीहरुले ८ खर्ब रुपैयाँ बढीको लगानी गरेको पाइएको छ। नेपालमा हाल संचालमा रहेका जीवन बीमा कम्पनीहरुले ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ लगानी गरेको र निर्जिवन बीमा कम्पनीहरुले ६८ अर्ब ७ करोड ४३ लाख रुपैयाँ लगानी गरि कुल ८ खर्ब १ अर्ब रुपैयाँ बढीको लगानी गरेको पाइएको छ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका जीवन र निर्जिवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको अवधिमा ८ खर्बमाथि बैंक तथा वित्तिय संस्थादेखि विविध क्षेत्रमा लगानी गरेको तथ्यांकमा देखाइएको छ।
जीवन बीमा कम्पनी
हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले कुल ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ लगानी गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
व्यवसायिक रुपमा अग्रस्थामा रहेको नेपाल लाइफको लगानी सबैभन्दा धेरै रहेको छ। कम्पनीले यस अवधिमा १ खर्ब ८७ अर्ब ८३ करोड ४७ लाख रुपैयाँ लगानी गरेको पाइएको छ ।
दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले १ खर्ब १३ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ।
त्यस्तै, नेशनल लाइफले पनि विभिन्न क्षेत्रमा ६६ अर्ब २३ करोड ४७ लाख रुपैयाँ र हिमालयन लाइफले ७२ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले ६५ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ, एशियन लाइफले ४५ अर्ब २४ करोड ४० लाख रुपैयाँ, सूर्यज्योति लाइफले ३९ अर्ब २३ करोड ८४ लाख रुपैयाँ, मेट लाइफले ३१ अर्ब २७ करोड ९९ लाख रुपैयाँ, सिटिजन लाइफले २२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २० अर्ब ८४ करोड ९३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १९ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ, आइएमई लाइफले १६ अर्ब ७८ करोड ४९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १६ अर्ब ९७ करोड ४४ लाख रुपैयाँ र सन नेपाल लाइफले १३ अर्ब ४९ करोड ३१ लाख रुपैयाँ लगानी गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिमा वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा सबैभन्दा धेरै लगानी रहेको देखिएको छ। जीवन बीमा कम्पनीहरुको बैंकको मुद्दति निक्षेपमा५ खर्ब १४ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ रकम संचिति रहेको छ।
दोस्रोमा पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७ अर्ब १७ करोड रुपैयाँ लगानी रहेको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५७ अर्ब २० करोड ८० लाख रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ३ अर्ब ५ करोड ३९ लाख रुपैयाँ, फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ६ करोड अर्ब ८३ करोड रुपैयाँ,सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ३३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ,सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १८ अर्ब २८ करोड ४८ लाख रुपैयाँ,.कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा ११ अर्ब २४ करोड ४७ लाख रुपैयाँ, सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा १ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ३ अर्ब ७७ करोड ६० लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा २ अर्ब ५३ करोड ७० लाख रुपैयाँ,अन्य संस्थापक शेयरमा १४ अर्ब १३ करोड ३५ लाख रुपैयाँ र अन्य लगानी १० अर्ब २१ करोड ६९ लाख रुपैयाँ लगानी रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ।
निर्जीवन बीमा कम्पनी
निर्जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको अवधिमा ६८ अर्ब ७ करोड ४३ लाख रुपैयाँ लगानी गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा सबैभन्दा धेरै लगानी गरेको देखिएको छ । कम्पनीले ६ अर्ब ४७ करोड ८० लाख रुपैयाँ लगानी गरेको तथ्यांकले देखाएको छ।
दोस्रोमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले , ४ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ।
तेस्रोमा शिखर इन्स्योरेन्सले ४ अर्ब ८५ करोड ७६ लाख रुपैयाँ लगानी गरेको तथ्यांकले देखाएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टले ४ अर्ब ५८ करोड ४४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४ अर्ब ५४ करोड २४ लाख रुपैया, युनाइटेड अजोडले ३ अर्ब ८९ करोड ९२ लाख रुपैयाँ, ओरियन्टलले ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ, सानिमा जीआईसीले ३ अर्ब ५२ करोड ३६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ३४ करोड ३० लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले २ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ,प्रभु इन्स्योरेन्सले २ अर्ब ५४ करोड ७ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ।
तेस्रो त्रैमासमा निर्जिवन बीमा कम्पनीहरुले वाणिज्य बैंकहरुमा ४५ अर्ब ७० करोड ६१ लाख रुपैयाँ लगानी गरेका छन् ।
विकास बैंकहरुले यस अवधिमा ५ अर्ब २१ करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन् ।
त्यस्तै, अन्य वित्तिय संस्थामा १ अर्ब ३ करोड २० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन्।
सरकारी बचतपत्र तथा ऋणपत्रमा ६२ करोड ९१ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको शेयरमा ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ३ अर्ब १९ करोड ४६ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १ अर्ब ४० करोड २७ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८९ करोड ९ लाख रुपैयाँ र इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १५ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् ।
त्यस्तै, अन्य संस्थापक शेयरमा १ अर्ब ९९ करोड ७४ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा १४ करोड २० लाख रुपैयाँ, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब ४ करोड ८१ लाख रुपैयाँ र अन्य क्षेत्रमा २ अर्ब ११ करोड १५ लाख रुपैयाँ लगानी गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।