पुनर्बीमा कम्पनीको २२ अर्ब लगानीमध्ये पौने १९ अर्ब बैंकको मुद्दती निक्षेपमा, ३ अर्ब मात्रै अन्य क्षेत्रमा लगानी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २२ अर्ब २८ करोड बैंकको मुद्धती निक्षेपदेखि विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
नेपाली बीमा प्राधिकरणको लगानी सम्बन्धी निर्देशिकामा रहेर नेपाल बीमा प्राधिकरणले सो मात्राको लगानी गरेको हो ।
नेपाल पुनर्बीमा कम्पनीले कुल २२ अर्ब २८ करोडको कुल लगानीमा बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेपमा १८ अर्ब ८७ करोड रुपैयाँ बचत गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।बैंकको मुद्धती निक्षेप बाहेक अन्य क्षेत्रमा कम्पनीको ३ अर्ब ४१ करोडको मात्रै लगानी रहेको छ।
बीमा प्राधिकरणको प्रावधान अनुसार बीमा कम्पनीहरुले पुनर्बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम वाणिज्य बैंक, विकास बैंक र पूर्वाधिक विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न पाउने व्यवस्था छ भने ग वर्गको वित्तीय संस्थामा ५ प्रतिशत, कुल लगानीको २० प्रतिशतसम्म लगानी गर्न पाइने व्यवस्था रहेको छ।
नेपाल पुनर्बीमा कम्पने तेस्रो त्रैमासको अवधिसम्मा वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै लगानी गरेका छन् । कम्पनीले यस अवधिसम्ममा १६ अर्ब १० करोड रुपैयाँ लगानी गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
दोस्रोमा ख वर्गको बैंकहरुमा २ अर्ब ३१ करोड रुपैयाँ मुद्धती निक्षेपमा रकम राखेको छ ।
तेस्रोमा अग्राधिकार शेयर, वण्ड, डिभेञ्चर, ऋणपत्रमा १ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, अन्य संस्थापक शेयरमा साढे ५९ करोड रुपैयाँ, सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको शेयरमा ५० करोड रुपैयाँ, ग वर्गको बैंकको मद्धती निक्षेपमा ४५ करोड रुपैयाँ, नेपाल सरकारको बचतपत्र र ऋणपत्रमा ३० करोड रुपैयाँ , पूर्वधार बैंकको मुद्धती निक्षेपमा २६ करोड रुपैयाँ, अन्य लगानीमा १५ करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ९ करोड ४७ लाख रुपैयाँ, नागरिक लगानी कोषमा ९ करोड ९ लाख रुपैयाँ लगानी गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।