कर छुटको सुविधा सहित शहरी क्षेत्रको घरबीमा अनिवार्य व्यवस्था एक बर्षभित्र लागू हुने

९ जेष्ठ २०८२, शुक्रबार १२:२४

काठमाडौं । सरकारले शहरी क्षेत्रमा घर निमार्णको नक्सा सम्पन्न प्रमाणपत्र लिँदा अनिवार्य रुपमा घरबीमा गनुपर्ने प्रावधान एक बर्षभित्र लागू गर्ने भएको छ।

सरकारले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनका लागि बनाएको कार्ययोजनामा एक वर्ष भित्र सो व्यवस्था कार्यान्वयन गर्ने सुभाव दिएको छ ।

घरको निर्माणको नक्सा सम्पन्न प्रमाणपत्र लिँदा नै अनिवार्य बीमाको व्यवस्था गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले भनेको थियो।

सरकारले घरको बीमा अनिवार्य गर्दा बीमा प्रिमियम तिरेको रकम करमा घटाउने योजना बनाएको छ ।

सहरी क्षेत्रमा घर निर्माणको नक्सा सम्पन्न प्रमाणपत्र लिंदा अनिवार्य रूपमा घरको बिमा गर्ने व्यवस्था गर्ने। बीमा प्रिमियम तिरेको रकम कर योग्य सम्पत्तिको मूल्य निर्धारण गर्दा घटाउने व्यवस्था गर्ने,ु सरकारले कार्ययोजनामा भनेको छ ।

स्थानीय तह, सहरी विकास मन्त्रालय र अर्थ मन्त्रालयले अनिवार्य बीमाको प्रावधानलाई लागू गराउन काम गर्ने भएका हुन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*