एशियन लाइफ इन्स्योरेन्स बीमा सचेतना कार्यक्रम सम्पन्न

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि.को आयोजनामा जनप्रकाश वहुमुखी क्याम्पस स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि शुक्रवार बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिका प्रवन्धक वद्रीनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनप्रकाश वहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले बीमाको महत्व राम्ररी वुझाउन सकेमा बीमाको दायरा विस्तार हुने र यस्ता कार्यक्रमले बीमा आम जनमानसमा सन्देष पुर्याउनका लागि विद्यार्थीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बीमाको दायरा विस्तारका लागि सम्पुर्ण बीमकलाई आमा समुह, विद्यालय, कलेज, पालिका पालिकाहरुमा कार्यक्रम संचालनका लागि निर्देशन दिए वमोजिम उक्त कार्यक्रम संचालन गरिएको हो् ।
कार्यक्रममा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिका प्रवन्धक वद्रीनाथ पौडेलले बीमाको ईतिहास, परिचय, आवश्यकता, महत्व र समसामयकि विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा क्याम्पसमा स्नातक तहमा अध्ययनरत करिव १०० जनाको विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम संचालन कम्पनीका सिनियर एजेन्सी मेनेजर सुजन न्यौपानेले गरेका थिए ।्