रिलायबल नेपाल लाइफले बीमितको परिवारलाई दियो १५ लाख दाबी भुक्तानी

१२ जेष्ठ २०८२, सोमबार १२:३०

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भरतपुर ११ निवासी बिरेन्द्र कुमाल (बीमित) को मृत्युपछि परिवारलाई १५ लाख ४० हजार रूपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

कम्पनीका अनुसार कुमालले २०८० सालको फागुनमा हाकिमचोक शाखाबाट १५ लाख रूपैयाँको जीवन बीमा गरेका थिए। उनले पहिलो किस्ताको प्रिमियम मात्रै तिरेकोमा २०८१ साल मंसिरमा मृत्यु भएको थियो।

कम्पनीले मृतकको घरमै गएर एक कार्यक्रमको आयोजना गरी मृतककी पत्नी फूलमाया कुमाललाई बीमांक रकम १५ लाख रूपैयाँ र बोनस ४० हजार रूपैयाँ समेत गरी चेक हस्तान्तरण गरेको हो।

कार्यक्रममा भरतपुर–११ का वडाध्यक्ष कमल बहादुर मल्ल प्रमुख अतिथि रहेका थिए भने हाकिमचोक शाखा प्रमुख राजकुमार दाहालले अध्यक्षता गरेका थिए।

वडाध्यक्ष मल्लले जीवन बीमा गर्दा अप्ठ्यारो समयमा ठूलो राहत हुने भन्दै सबै नागरिकलाई आय अनुसार जीवन बीमा गर्न सुझाव दिए। उनले अहिले स्वस्थ छौं भनेर लापरवाही गर्न नहुने र भविष्यको लागि बीमा अनिवार्य गर्नुपर्ने बताए।

मृतककी पत्नी फूलमाया कुमालले शुरूमा बीमाबारे केही नबुझेर आनाकानी गरे तापनि आफन्त तथा बीमा अभिकर्ता सदीक्षा कुमालको सुझावपछि मात्र बीमा गर्न तयार भएको बताइन्। उनले आफ्नो श्रीमान साथमा नभए पनि श्रीमानको सपना पूरा गर्न सक्ने विश्वास लागेको बताइन्।

कार्यक्रममा वडा सदस्य लालूमाया कुमाल, एजेन्सी म्यानेजर मनोज चौलागाईं, विष्णुकुमारी कुँवर, समिता दराई, तारा कुमाल, एमडीआरटी जानकी शाह श्रेष्ठलगायत स्थानीय तथा बीमा कर्मचारीहरुको समेत उपस्थिति थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*