नेपाल लाइफको बीमालेख रिन्यू गर्दा छुट पाउने अवधि थप

१४ जेष्ठ २०८२, बुधबार १४:०७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख रिन्यू (नवीकरण) गर्दा पाउने छुट अवधि थपेको छ।

कम्पनीले १८० दिनभन्दा बढी व्यतित सबै बीमालेख फागुन १५ देखि जेठ १३ गतेसम्म रिन्यू गरेमा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो।

तर समयसीमा सकिनै लाग्दा बीमितहरूबाट व्यापक रूपमा छुट अवधि लम्ब्याउनुपर्ने माग आएपछि असार ५ गतेसम्म लम्ब्याइएको कम्पनीले जनाएको छ।

अब यो मितिभित्र बीमालेख रिन्यू गरेमा बीमितहरूले ५० प्रतिशत विलम्ब शुल्कमा छुट पाउने सूचनामा उल्लेख गरिएको छ।

तर यस्तो सुविधा बीमा अवधिभर एकपटक मात्र पाउने र छुटबाट रिन्यू भएको बीमालेख १ वर्ष नपुग्दै सरेण्डर भएमा छुट रकम काटिने शर्त कम्पनीले राखेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*