हिमालयन लाइफको १ लाख १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
१५ जेष्ठ २०८२, बिहीबार ०७:५४

काठमाडौं । हिमालयन लाइप्m इन्स्योरेन्स लिमिटेडले १ लाख ज्ञ२ हजार २४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।
इच्छुक शेयरधनीले आवश्यक कागजात सहित अबको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित जानकारी दिनु पर्नेछ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट लिखित जानकारी नआएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले उल्लेख गरेको छ।